अक्रम खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्रम खान
व्यक्तिगत जानकारी
नाममोहम्मद आकरम हुसैन खान
जन्म (1968-11-01) १ नोभेम्बर १९६८ (उमेर ५५)
चट्टग्राम, पूर्व पाकिस्तान
उचाई५ फिट ११.५ इन्च (१.८२ मी)
ब्याटिङदायाँ-हाते ब्याट
बलिङदायाँ-हाते मध्यम
भूमिकाब्याट्सम्यान
सम्बन्धतामिम इकबाल (भतिजो),
नफीज इकबाल (भतिजो)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )१० नोभेम्बर २००० v भारत
अन्तिम टेस्ट१ मे २००३ v दक्षिण अफ्रिका
एदिअ पदार्पण (क्याप ४४)२९ अक्टोबर १९९८ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अप्रिल सन् २००३ v दक्षिण अफ्रिका
खेल जीवन तथ्याङ्क
Competition टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय
Matches ४४
Runs scored २५९ ९७६
Batting average १६.१८ २३.२३
100s/50s ०/० ०/५
Top score ४४ ६५
Balls bowled ११७
Wickets
Bowling average
5 wickets in innings
10 wickets in match
Best bowling ०/६
Catches/stumpings ३/- ८/-
स्रोत: Cricinfo, १३ September सन् २०१०

मोहम्मद अक्रम हुसैन खान (बङ्गाली: মোহাম্মদ আকরাম হুসেইন খান; जन्म: १ नोभेम्बर १९६८) एक बङ्गलादेशी पूर्व क्रिकेट खेलाडी हुन् जसले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् १९८८ देखि सन् २००३ सम्म ८ टेस्ट र ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको कप्तान भएपछि उनले आफ्नो कार्यकालमा १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। अक्रम चट्टग्राम विभागको प्रथम श्रेणीका क्रिकेट खेलाडी हुन्।

अक्रम खानले सन् २०००-०१ बङ्गलादेशको पहिलो टेस्ट क्रिकेट खेलमा भारतको विरुद्धमा खेल खेलेका थिए। खानले सन् १९८८ देखि बङ्गलादेशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए। उनी गाजी अशरफ लिपुको योग्य मार्गदर्शनमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा विकसित भए। खानले सन् १९९४ देखि ९८ सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद सम्हालेका थिए। हाल उनी हबीबुल बशर र मिन्हाजुल अबेदीन साथमा बीसीबीका प्रमुख चयनकर्ता छन्।[१]

टेस्ट खेलहरूमा[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको पहिलो टेस्ट खेलमा खेल्दा उनी ३० वर्ष पुगिसकेका थिए। उनले आफ्नो छोटो टेस्ट कार्यकालमा १६:१८ को मध्यम औसतसँग समाप्त गरे। सन् २००१ मा जिम्बाब्वेको हरारेमा जिम्बाब्वे विरुद्ध उनको सर्वाधिक ४४ रन बनाउन सफल भएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा[सम्पादन गर्नुहोस्]

खानले सन् १९८८ मा पाकिस्तानी विरुद्धमा आफ्नै गृहसहर चट्टग्राममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेका थिए भने उनी ८औं स्थानमा आउँदै ३५ बलमा अविजित रहँदै २१ रन जोडेका थिए। सन् १९९५ को एएफसी एसिया कपमा बङ्गलादेशको कप्तान पद सम्हाल्दै उनले संयुक्त राज्य इमिरेट्सको शिरजामा खेल खेलेका थिए। उनी बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीबाट भारत, श्रीलङ्का र पाकिस्तान विरुद्ध क्रमशः २४, २४ र ४४ रन बनाएका थिए। [२]

उनले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानको विरुद्धमा कोलम्बोमा खेल खेलेका थिए जहाँ उनी र अखतर आली खानको साझेदारीमा ११० जन जोड्न सफल भएका थिए। सन् १९९९ मा बङ्गलादेशको राजधानी ढाकामा खानले केन्याको विरुद्धमा सर्वाधिक ६५ रन बनाएका थिए धने जिम्बाब्वे विरुद्धको खेलमा उनी अविजित रहँदै ५० रन बनाएका थिए। खानले सन् १९९९ र सन् २००३ को क्रिकेट विश्वकप पनि खेलेका थिए। सन् १९९९ क्रिकेट विश्वकपको समूह 'ख'मा खानले बङ्गलादेशलाई पाकिस्तानको विरुद्धमा जित दिलाउन ठूलो भूमिका निर्वाह गरेका थिए।[३]

आइसिसि विश्वकप छनोट[सम्पादन गर्नुहोस्]

मलेसियाको क्वालालम्पुरमा आयोजित सन् १९९७ आइसिसि क्रिकेट विश्वकप छनोट खेलको फाइनलमा बङ्गलादेशले केन्यालाई २ विकेटले हराउँदै विजेता बन्न सफल भएको थियो जहाँ उनले २७ बलमा १ छक्का र १ चौका प्रहार गर्दे २२ रन जोडेका थिए। उक्त प्रतिस्पर्धाको फाइनलमा पुग्नु अधि दोस्रो चरणको खेलमा बङ्गलादेशको नेदरल्यमण्डलाई डकवर्थ लुइस पद्धति मार्फत ३ विकेटले हराउन सफल भएको थियो भने उक्त खेलमा अक्रम खानले अविजित रहँदा ६८ रन बनाएका थिए भने सोही खेलमा खानले मालहाजुल अबदिनसँग साझेदारी गर्दै एक शतक रन बनाएका थिए। उक्त खेलमा बङ्गलादेशले खेल समाप्ति हुँदा ३७.०० को अौसतमा १८५ रन को बनाएक‍ थियो। नेदरल्याण्डको विरुद्ध उनको प्रयास अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ट्राफी इतिहास मा एक मात्र खेल जितेको पारी होईन उनले सन् १९९४ मा सातौँ स्थानमा खेल मैदान प्रवेस गर्दै अमेरिकाको विरुद्धमा अविजित रहँदै ६४ रन हानेका थिए भने उक्त खेल बङ्गलादेशले ३ विकेटले हात पार्न सफल भएको थियोे। सन् १९९९ मा अक्रम खानले बङ्गलादेश र फिजी विरुद्धको खेलमा फिजीको ३ महत्त्वपूर्ण विकेट झार्न सफल भएका थिए। समग्रमा २४ खेलहरूमा खानले ३ आइसिसि विश्वकप छनोट खेलमा ३६.६१ को अौसतमा ४७६ रन बनाएका थिए। उनले ब्याटिङको साथसाथै १० विकेट पनि लिएका छन्।[४] [५] [६]

बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रूपमा[सम्पादन गर्नुहोस्]

अक्रम खानले सन् १९९४-९५ सिजनमा बङ्गलादेश राष्ट्रिय कि्रकेट टोलको कप्तान पद सम्हालेका थिए। केन्यामा आयोजित सन् १९९४ आइसिसि क्रिकेट विश्वकप छनोट खेलमा बङ्गलादेश दोस्रो चरणमा नेदरल्याण्डसँग पराजित ४७ रनले पराजित भएपछि बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू बीच निराशा छाएको थियो।

आकरम खान जो पक्ष का एक स्थापित सदस्य थिए, राष्ट्रिय क्रिकेट टोलीको नेतृत्वका लागि चयन भएका थिए। तात्कालिक समयमा त्यो परिस्थिति जोखिमपूर्ण देखिएको थियो किनकि चट्टग्राका ब्याट्सम्यानसँग कप्तानको रूपमा पहिलेको अनुभव निकै कम थियो तर उनले खेलमा प्रशंसनीय प्रदर्शन गरे आफ्नो पक्षलाई केही अविस्मरणीय सफलताहरूमा दिलाएका थिए। [७]

सन् १९९४ डिसेम्बरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित सार्क चतुर्भुज क्रिकेट प्रतियोगिताको अक्रम खानको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली फाइनलमा प्रवेश गर्न सफल भएको थियो। उनले अन्तिम सम्ममा साहसपूर्ण ६६ रन बनाएका थिए भने उनलाई राईराज बहुतुलेले आउट बनाएका थिए।

तर उनको टोली प्रवीण अम्रेको नेतृत्वमा रहेको भारत राष्ट्रिय क्रिकेट टोलीसँग ५२ रनले पराजित भएको थियो। सन् १९९६ मा उनले दक्षिण पूर्व एसियाली क्रिकेटमा बङ्गलादेशको नेतृत्व गर्दै जित दिलाएका थिए। यसपछि बङ्गलादेशले केएलमा आईसीसी ट्रफी मा ठूलो विजय हासिल गरेको थियो। उनले बङ्गलादेशलाई पहिलो एकदिवसीय जितउन सफल भए जहाँ मोहम्मद रफीक र अतार अली खानले शतकको शुरुवात गरेपछि उनले ५१ बलमा ३९ रन बनाएका थिए भने उक्त खेल बङ्गलादेशले केन्याको विरुद्धमा ६ विकेटले जित्न सफल भएको थियो। उनी बङ्गलादेशको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित दिलाउने पहिलो कप्तान बनेका थिए।

नातेदारहरू[सम्पादन गर्नुहोस्]

उनको परिवारले अन्य धेरै क्रिकेट खेलाडीहरू जन्माएका छन्। हालसालै उनका भतिजा नफीस इकबाल र तमीम इकबालले राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका छन् भने उनीहरूले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका लागि पहिलो दुई ब्याट्सम्यान हुन्। केही प्रारम्भिक सफलताहरू पछि दाहिने हाते नफिज इकबालले आफ्नो क्षमता र कला गुमाए पनि उनका कान्छा भाई, देब्रे हाते तामीम बङ्गलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "अभिलेख प्रतिलिपी", मूलबाट २२ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०२-२२ 
  2. [१] Cricinfo Akram Khan One Day Internationals-All Round Analysis (Retrieved on 2008-07-27)
  3. "Akram Khan: One-Day Internationals", Cricinfo, अन्तिम पहुँच २०१७-०७-०८ 
  4. Bangladesh in ICC Trophy 1990, Netherlands BanglaCricket (Retrieved on 2008-07-27)
  5. Bangladesh in ICC Trophy 1994, Kenya BanglaCricket (Retrieved on 2008-07-27)
  6. Bangladesh in ICC Trophy 1997, Malaysia BanglaCricket (Retrieved on 2008-07-27)
  7. [२]: Cricinfo scorecard: Bangladesh v Kenya 17 May 1998 (Retrieved on 2008-07-27)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]