अजमेर शरिफ दरगाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजमेर शरिफ दरगाह
मोइनुद्दीन चिश्तीको समाधि भारतको सबैभन्दा महत्त्वपूर्ण सूफी चिहानघरहरू मध्येको एक हो
अजमेर शरिफ दरगाह is located in राजस्थान
अजमेर शरिफ दरगाह
राजस्थानको नक्साभित्र स्थान
अजमेर शरिफ दरगाह is located in भारत
अजमेर शरिफ दरगाह
अजमेर शरिफ दरगाह (भारत)
प्राथमिक विवरण
स्थान:अजमेर
निर्देशाङ्क२६°२७′२२″N ७४°३७′४१″E / २६.४५६१३°N ७४.६२८१७°E / 26.45613; 74.62817निर्देशाङ्कहरू: २६°२७′२२″N ७४°३७′४१″E / २६.४५६१३°N ७४.६२८१७°E / 26.45613; 74.62817
सम्बन्धनसुन्नी इस्लाम
जिल्लाअजमेर जिल्ला
प्रदेशराजस्थान
देशभारत
सांस्कृतिक वा संगठनात्मक स्थितिचिहान
स्वामित्वराजस्थान सरकार
वेबसाइटwww.khwajagharibnawazindia.com
वास्तुकला विवरण
वास्तुकलासुन्नी-अल-जमात
वास्तुकला प्रकारमस्जिद, सुफी चिहान
वास्तुकला शैलीआधुनिक
स्थापित मितिसन् १२३६
निर्माण सम्पन्नसन् १२३६
विशेष विवरण
मोहराको दिशापश्चिम
डोम(हरू)
धरहरा(हरू)

अजमेर शरिफ दरगाह, अजमेर दरगाह, अजमेर शरिफ, ख्वाजा गरिब नवाज दरगाह वा दरगाह शरिफ[१] भारतको राजस्थानको अजमेरमा अवस्थित आदरणीय सुफी सन्त मोइनुद्दीन चिश्तीको सुफी समाधि (दरगाह) हो। गरिब नवाज उनलाई जनताले दिएको उपाधि हो।[२]

स्थान[सम्पादन गर्नुहोस्]

अजमेर शरिफ दरगाह मुख्य केन्द्रीय अजमेर रेलवे स्टेशनबाट २ किलोमिटर (१.२ माइल) टाढा र केन्द्रीय जेलबाट ५०० मिटर टाढा र तारागढ पहाडको फेदमा अवस्थित छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

मोइनुद्दीन चिश्ती १३औँ शताब्दीका सुफी सन्त र दार्शनिक थिए। सन्जर (आधुनिक समयमा इरानको भाग) वा सिजिस्तानमा जन्मेका उनी सुल्तान इल्तुतमिश (मृत्यु सन् १२३६) को शासनकालमा दिल्ली आइपुगेका थिए। मोइनुद्दिन केही समयपछि दिल्लीबाट अजमेर गए, जहाँ उनी प्रसिद्ध सुन्नी हनबली विद्वान र रहस्यवादी अब्दल्लाह अन्सारी (मृत्यु सन् १०८८) को लेखनबाट अत्यधिक प्रभावित भएका थिए। अन्सारीको प्रारम्भिक इस्लामिक सन्तहरूको जीवनमा प्रख्यात काम, तबकात अल-सुफियाले मोइनुद्दीनको विश्वदृष्टिकोणलाई आकार दिन भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ। अजमेरमा मोइनुइद्दीनले त्यस समयमा एक चमत्कारी र दयालु आध्यात्मिक प्रचारक र शिक्षकको रूपमा प्रतिष्ठा प्राप्त गरेका थिए।

मिडियामा[सम्पादन गर्नुहोस्]

उनको चमत्कारी कामहरूको आधारमा हिन्दी र उर्दु चलचित्रहरू बनेका छन् र उनको जीवनलाई बखान गर्ने गीतहरू लेखिएका र गाइएका छन्। भारतीय उपमहाद्वीपमा जहाँ जहाँ कव्वालीहरू आयोजित हुन्छन्, ती कव्वालीहरूले तिनीहरूको बारेमा "मनकबत" (कव्वालीको प्रशंसा गर्ने गीत वा पद) गाउने सामान्य परम्परा रहेको छ।

  • भारतीय चलचित्र - मेरे गरीब नवाज (सन् १९७३)[३]
  • भारतीय चलचित्र - सुल्तान-ए-हिन्द (सन् १९७३)[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Barack Obama offers 'chadar' at Ajmer Dargah Sharif for Chishty's 803rd Urs", DNA India, १९ अप्रिल २०१५। 
  2. "797th Urs of Khawaja Moinuddin Chisty begins in Ajmer", Sify, मूलबाट १ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०१२ 
  3. Ramnath, Nandini, "Prophets and profit: The miraculous world of Indian devotional films", Scroll.in (en-USमा), अन्तिम पहुँच २०२१-०१-०६ 
  4. "Sultan E Hind", Eagle Home Entertainments, Mar ३, २०१६। 
  5. "Mere Data Garib Nawaz VCD (1994)", Induna.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]