अतियोग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अतियोग (तिब्बती:རྫོགས་པ་ཆེན་པོ། ཤིན་ཏུ་རྣལ་འབྱོར།, वयली: rdzogs pa chen po, shin tu rnal 'byor, संस्कृत: अतियोग एवं महासन्धि) वज्रयान अन्तर्गतको सबै भन्दा सर्वोच्च तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये नवौं यान हो। ञिङमा परम्परा अनुसार, बुद्ध समन्तभद्र द्वारा वज्रसत्त्वलाई महासन्धिको शिक्षा दिनुभएको र वज्रसत्त्वबाट आचार्य सुरतिवज्र वा प्रहेवज्रलाई प्रदान गर्नुभएको थियो। आठौं शताब्दीको अन्तिम देखि नवौं शताब्दीको आरम्भकाल सम्ममा भारतीय बौद्ध विद्वान आचार्य पद्मसम्भव, पण्डित विमलमित्र र तिब्बती महान् अनुवादक पगोर वैरोचनले महासन्धि शिक्षालाई तिब्बतमा ल्याई तिब्बती भाषामा लोचावाहरूले अनुवाद गर्नु भएको थियो।

महासन्धि परम्पराको इतिहास[सम्पादन गर्ने]

गौतम बुद्धको महापरिनिर्वाण पछि आचार्य सुरतिवज्रको जन्म[सम्पादन गर्ने]

आचार्य सुरतिवज्र

तथागत गौतम बुद्धको महापरिनिर्वाणको तीन सय साठी वर्ष पछि पश्चिम भारत ओडियनको धनकोष द्वीपमा एउटा शंकरकूट नामक मन्दिर थियो जहाँ राजा उपराज तथा महारानी आलोकाभासवती रहन्थ्यो। उनको एउटा मात्र छोरीको नाम राजकुमारी सुधर्मा थियो जुन बौद्ध भिक्षुणी बने। उनी आफ्नो सेविकाको साथ एउटा द्वीपमा साधना गरिरहेको एक रात उनको सपनामा यस प्रकार देखेको थियो– एकजना सेतो व्यक्तिले पाँच अक्षर अर्थात् ॐ आः हूं स्वा हाले अलंकृत एउटा स्फटिक कुम्भलाई उनिको शिरमा तीन चोटि राखे, ति कुम्भबाट प्रकाश फैलिएर त्यस प्रकाश द्वारा उनीले तीन लोकधातुका साक्षात्कार गरे। अनन्तर देवलोकमा अनुत्तर महासन्धि तन्त्रको प्रवर्तक वज्रसत्त्वको अवतार देवपुत्र अधिचित्तको प्रभाव द्वारा उस भिक्षुणीको गर्भबाट एउटा पुत्रको जन्म भए। भिक्षुणीलाई एकदमै लाजको अनुभूति भईन र बालकको जन्मलाई सर्वथा अनुचित थाहाँ पाएर विलाप गर्न थालिन्। उनको सेविकाले यो बुद्धको पुत्र हो। यसकारण विलाप गर्नु उचित होइन भनेर सम्झाएको थियो। तर सेविकाको कुरामा केहि वास्ता नगरी भिक्षुणीले बालकलाई एउटा खाल्टोमा फालिदिए, परन्तु अकस्मात् उसको शरीर बाट शब्द र प्रकाश आदि निस्किन्नु थाले। तीन दिन बिते पछि हेर्दा पनि शिशुलाई कुनै हानी नभई स्वस्थ र सुरक्षित थियो। त्यसै कारण उनीले यो अवश्यनै अवतारी हो भनेर स्वीकार गरिन्। बालकलाई खाल्टो बाट बाहिर निकालेर ल्याउदा लौकिक देवताहरू एकत्रित भएर श्रद्धापूर्वक बालकको वन्दना र स्तुति गरे। सात सालको बाल्यकाल उमेर मै ति बालकले महाराज उपराजको पाँच सय विद्वानहरू संग धार्मिक परिसम्वाद एवं वादविवाद गरी उनका मानमर्दन गरे। निकै आदर सत्कार सहित उनको नाम प्रज्ञाभव राखियो। राजा स्वयम् पनि एकदम प्रसन्न हुनुभए र उहाँले बालकलाई महान् आचार्यको उपाधि दिएर उनको नाम सुरतिवज्र राखे। सुरतिवज्रलाई महासन्धिको चौसठी लाख तन्त्र कण्ठस्थ थियो। अतः वज्रसत्त्वले स्वयम् प्रकट भएर विद्या कलशाभिषेक दिई उनले अशैक्षमार्गीय ज्ञानको अभिभुखी गर्नु सक्ने बताए।

मञ्जुश्रिमित्रलाई पचहत्तर वर्षसम्मको धर्मदेशना पछि सुरतिवज्रको महापरिनिर्वाण[सम्पादन गर्ने]

जुनबेला उहाँ शीतवन महाश्माशनमा डाकिनी सूर्यकिरण सहित अपरिमित शिष्यहरूको धर्म देशना गरिरहेको थियो, त्यसैबेला आर्यमञ्जुश्रितीक्ष्ण द्वारा व्याकरण गरिरहेको बेला आचार्य मञ्जुश्रिमित्र शीतवनमा पुगे र उनले आचार्य सुरतिवज्र बाट पचहत्तर वर्षसम्म श्रवण गरे। सम्पूर्ण अववादहरू ममञ्जुश्रिमित्रलाई प्रदान गर्नुभई आचार्य सुरतिवज्र दन्तिका नामक नदीको किनारमा अनास्रवधातुलोकमा महापरिनिर्वाण प्राप्त गर्नुभए।

आचार्य मन्जुश्रिमित्र र श्रीसिंह द्वारा चौसठी लाख महासन्धि तन्त्रको विभाजित[सम्पादन गर्ने]

आचार्य मन्जुश्रिमित्रले महासन्धिको चौसठी लाख तन्त्रहरूलाई चित्तवर्ग, धातुवर्ग र अववादवर्ग गरी तीन भागमा विभाजन गर्नुभए। उहाँले सम्पूर्ण गुह्यतन्त्रहरू, विशेष गरी थिगले-रङ्-नद्-दु-बब्-प मा संगृहित गरी उसलाई मौखिक परम्परा र व्याख्या परम्परा अर्थात् दुई भागमा विभाजित गर्नु भए। उहाँ महाश्मशान द्वीपमा डाकिनी र अन्य सत्त्वहरूको धर्म देशना गर्दै एक सय उन्तीस सालसम्म जीवित रहन्नु भएको थियो। त्यसपछि उहाँको शिष्य श्रीसिंहले अतियोग तन्त्रको अववादवर्गलाई बाह्यातन्त्र, अध्यात्मतन्त्र, गुह्यतन्त्र तथा अनुत्तरगुह्यतन्त्र गरी चार भागमा विभाजित गरे। त्यसपछि श्रीसिंहको शिष्य आचार्य ज्ञानसुत्र एवं गुरु पद्मसम्भवको यो परम्परा प्राप्त भएको थियो। आचार्य पगोर वैरोचनले अतियोगतन्त्रको चित्तवर्ग एवं धातुवर्गलाई श्रीसिंह बाट प्राप्त गर्नुभए। ज्ञानसुत्रले आचार्य विमलमित्रलाई यस परम्पराको प्रदान गरे। उहाँ तिब्बतमा जानुभई ञगस् तिङ्जीन जाङ्पो, कावापल्चेगस्, चोगरो लुयी ग्याल्छन, ञगस् ज्ञानकुमार, धर्मराज ठ्रीस्रोङ देउचन आदि अनेक प्रमुख शिष्यहरूलाई यस परम्परा प्रदान गर्नुभए। अचार्य विमलमित्रले अचार्य श्रीसिंह बाट पनि यस परम्पराको प्राप्त गर्नु भएको थियो र सुरतिवज्रबाट साक्षात्कार द्वारा प्राप्त गरे। गुरु पद्मसम्भवले वास्तवमा अतियोगतन्त्रको शिक्षा सुरतिवज्र, मन्जुश्रिमित्रश्रीसिंह तिनै जना बाट प्राप्त गर्नुभएपनि लोक व्यवहारमा केवल श्रीसिंहबाट मात्र हासिल गरेको मानिन्छ।[१][२]

तीन गुह्यतन्त्रका तिब्बती परम्परा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ञिङमा मोन्लम छेन्मोको पत्रिका, पृष्ठ नं. १८. | सन् २००१ मा ङग्युर रिग्जोद सम्पादकीय समिति (एन.अर.इ.सि.) द्वारा प्रकाशित
  2. गुरु समन्तभद्र मुखागमको भूमिका, पृष्ठ नं. xlix-li | बुद्धाब्द २५५३ मा केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थान, सारनाथ, वाराणसी बाट प्रकाशित

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]