अन्तुडाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तु पोखरी

अन्तुडाँडा इलामको पर्यटकीय स्थल हो।[१] इलाम जिल्लाको साविक श्रीअन्तुसुलुबुङ गाविस हाल सूर्योदय नगरपालिकामा पर्ने अन्तुडाँडा समुद्र सतहबाट करिब २,३२८ मिटरको उचाइमा रहेको छ। श्री अन्तु समेत भनिने यो ठाउँ पुग्न इलामको फिक्कल बजारबाट छिपिटार, सिद्धिखोला हिरुवा हुँदै करिव २ घण्टा ट्याक्सीमा लाग्दछ। यस स्थानमा टेलिफोनको सुविधा लगायत खान र बस्न सामान्य होटलहरू रहनुको साथै घरदैलो कार्यक्रम अन्तर्गत होम स्टेको समेत व्यवस्था रहेको छ। भ्रमण गर्ने समय विशेष गरि असोज, कार्तिक, मङ्सिर र फागुन र चैतलाई उपयुक्त मानिन्छ भने अन्य समयलाई सामान्य रूपमा लिइन्छ।[२][३][४]

अन्तुडाँडा सूर्योदय र सर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ।[५] यस बाहेक कञ्चनजङ्घा लगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ। सौहाद्ध, आत्मीय र सहयोगी यहाँका बासिन्दाहरू र उनीहरूको परम्परा र संस्कृति, ग्रामीण खानपान र आफ्नै मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सकिने पेइङ गेस्ट सुविधा अन्तु पर्यटकीय क्षेत्रको आकर्षण हो।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आहा क्या राम्रो : श्री अन्तुको फेरिएको नयाँ रुप (फोटो फिचर)", खबरमञ्च अनलाइन (नेपालीमा), २०२०-११-१४, अन्तिम पहुँच २०२१-०१-२१ 
  2. "सूर्योदयले काउकुती लगाउने अन्तुडाँडा (फोटो फिचर)", जनता समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
  3. "बालसूर्य चिनाउने अन्तुडाँडा, मंसिरलागे सँगै भिडभाड", माइपोखरी न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१ 
  4. "अन्तुडाँडा स्थित होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति", न्युज लय (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
  5. "गर्मी छल्दै, सूर्योदय हेर्दै", खासोखास (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१ 
  6. "अन्तु होमस्टे : एकैघरमा तीन हजार ६०० पर्यटक", संसार न्युज (नेपालीमा), २०१६-११-०९, अन्तिम पहुँच २०२१-०१-२१ 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]