अफगान दूरसञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अफगान दूरसञ्चार
افغان تیلی کام
व्यवसाय प्रकार
सरकारी
उद्योगदूरसञ्चार
स्थापित2005
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
अमिरजैं सङ्गीन, प्रमुख कार्यकारी अधिकृत
सेवाहरू
वेबसाइटआधिकारिक वेबसाइट

अफगान दूरसञ्चार (फारसी: افغان تیلی کام) अफगानिस्तानको एक प्रमुख दूरसञ्चार कम्पनी हो। यसले अफगानिस्तान सरकारबाट २५ वर्षे अनुमति पत्र अन्तर्गत निश्चित लाइन, ताररहित आवाज र डाटा सेवाहरू प्रदान गर्ने गर्दछ। कम्पनी सरकारको पूर्ण स्वामित्वमा रहेको छ र यसको सञ्चालन पनि अफगानिस्तान सरकारलेन‌ै गर्द‌ै आइरहेको छ।[१] सन् २००५ मा, अफगानिस्तानको सञ्चार मन्त्रालयको निरीक्षण र नियन्त्रण कायम राख्दै यसलाई निजी इकाइमा पुर्‍याइएको थियो।

अवलोकन[सम्पादन गर्नुहोस्]

अफगान दूरसञ्चार निगमलाई २४ सेप्टेम्बर २००५ का दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा अफगानिस्तान भरि एकीकृत दूरसञ्चार सेवाहरू प्रदान गर्न स्थापना गरिएको थियो। अफगान दूरसञ्चारले एउटा चुनौतीपूर्ण कार्यक्रम अपनायो जसको उद्देश्य सरकारी प्रणालीबाट मान्यता प्राप्त वाणिज्यिक व्यवसायमा परिवर्तन गर्नका लागि थियो। अफगान दूरसञ्चार निगम अफगानिस्तानको दूरसञ्चार सेवाहरूको अग्रणी राष्ट्रिय प्रदायक हो। कम्पनीले दूरसञ्चार क्षेत्रमा तिव्र वृद्धि हुने प्रविधिको साथ तालमेल राख्दै, ग्राहकको आवश्यकतालाई पूरा गर्दै बजार आवश्यकताहरू पूरा गर्न र ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्ने निरन्तर काम गरिरहेको छ। अफगान दूरसञ्चार अफगानिस्तानको नयाँ दूरसञ्चार सेवाहरू लागू गर्न अग्रगामी र अफगानिस्तान दूरसञ्चार बजारका एक नेतृत्वकर्ता पनि मानिन्छ। कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत अमिरजैं सङ्गीन हुन्। कम्पनीको प्रधान कार्यालय अफगानिस्तानको राजधानी काबुलमा अवस्थित छ।

अफगान दूरसञ्चारले देशका सबै ३४ प्रदेश र २५३ जिल्लाहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ। कम्पनीसँग हाल अनुमानित २०,००० भन्दा बढी कर्मचारीहरू आवद्ध छन्। यसले प्रमुख सहरहरूमा परम्परागत तार लाइन दूरभाष र इण्टरनेट सेवा प्रदान गर्दछ। [२]

मार्च २०१८ मा, कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा अजमल आयन नियुक्त भएका थिए। [१]

यसको बजार साझेदारीमा ५ प्रतिशतले वृद्धि गराउने उद्देशका साथ यसले एटिसलातको स्वामित्वमा रहेका ६० देखि ७० वटा टावरहरूमा नियन्त्रण कायम गरेको थियो।[३]

अन्तर्राष्ट्रिय पहुँच[सम्पादन गर्नुहोस्]

पछिल्ला दुई वर्षमा अफगान दूरसञ्चारले आफ्नो स्थानीय सीमाना पार गरी अन्तर्राष्ट्रिय बजारमा गएको छ। अफगानिस्तानमा कूल फाइबर परियोजनाको लम्बाई ३,१०० किलोमिटरको रहेको। राष्ट्रिय अप्टिकल फाइबरसँग यसका छिमेकी राष्ट्रहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान जोडिएका छन् र निकट भविष्यमा यसले तुर्कमेनिस्तानमा पनि जडान गर्ने लक्ष्य लिएको छ।

प्रतिस्पर्धीहरू[सम्पादन गर्नुहोस्]

अफगान दूरसञ्चार अफगानिस्तान सरकारको नियन्त्रणमा रहेको एक राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यसका मुख्य प्रतिस्पर्धीहरू: अफगानिस्तानको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक रोशन, एटिसलात, एमटीएन र अफ्गान वायरलेस हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ अफगान दूरसञ्चार[dead link]
  2. "WB Oks $50m for Telecom Sector", Outlook Afghanistan, अप्रिल ३०, २०११, अन्तिम पहुँच नोभेम्बर २३, २०१४ 
  3. "Afghan Telecom relying on Etisalat to grow market share" by Alkesh Sharma Sept. 26, 2018.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट