अभिमानसिंह राना मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अभिमान सिँह राना मगरबाट अनुप्रेषित)
काजी जनरल अभिमान सिंह राना मगर
अभिमान सिंह राना
व्यक्तिगत विवरण
मृत्युकोत पर्व
सैन्य सेवा
निष्ठा Nepal
श्रेणीकाजी जनरल

अभिमान सिंह राना मगर नेपाल दरबारका एक भारदार थिए। उनी काजी र जनरल पनि थिए। उनी कोत पर्वमा मारिने पहिलो व्यक्ति थिए।[१]

जनरल[सम्पादन गर्नुहोस्]

माथवर सिंहको हत्या भए पछि उनलाई तीन पल्टनको जनरल सुम्पिएको थियो । प्रधानमन्त्री फत्तेजंग शाहको मन्त्रिमण्डलमा उनी प्रधानमन्त्री र प्रधान सेनापति गगन सिंह पछि तेश्रो बरियता मा थिए । भने जनरल जंगबहादुर चौथो बरियता मा थिए ।[२]

कोतपर्व[सम्पादन गर्नुहोस्]

मुख्य लेख : कोतपर्व

कोतमा भारदारहरु गगन सिंहको हत्यारा पत्ता लगाउन जम्मा भएका थिए । रानी राज्यलक्ष्मी देवीले कसैलाई पनि बाहिर निस्कन नदिन आदेश दिएकी थिइन् । कोतभित्र जंगबहादुरको मात्र सेना देखे पछि उनलाई शंका लाग्यो । र आफ्ना सेनालाई भेट्न जाँदा उनलाई ढोकामा रहेका भिम आले (कतै युद्धवीर अधिकारी उल्लेख गरिएको ) ले रोके । उनले भिम आलेलाई धक्का दिएर बाहिर जान लागे । तब भिम आलेले जंगबहादुरको सङ्केतमा उनीमाथि सङ्गीन छातीमा रोपे ।

आफु मर्ने पक्का पक्कि जस्तो भएपछी उनले "गगन सिंहको हत्यारा जंगे हो " भन्दै भित्तामा रगतले लेखेर चिच्याए l

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. दिक्पाल, राजकुमार (७ जेठ २०७९), "कोतपर्वको पहिलो सिकार", गाेरखापत्र, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  2. "पहिलो ‘जनजाति सेनापति’ बन्ने सनकमा छत्रमानले मेटाउन खोजेका थिए अभिमानसिंहको इतिहास", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-३१