अमीषा पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमीषा पटेल
अमीषा पटेल २०१५ मा
जन्मअमीषा अमित पटेल
(1975-06-09) ९ जुन १९७५ (उमेर ४८)
मुम्बई, भारत
राष्ट्रियताभारतीय
जातीयतागुजराती
पेशाअभिनेत्री, निर्मात्री
कार्यकाल२०००– हाल
मातापिताआशा पटेल
आफन्तअस्मित पटेल (भाई)
वेबसाइटwww.ameeshapatelproduction.com

अमीषा पटेल (उच्चारण [əˈmiːʂaː pəˈʈeːl]; जन्म अमीषा अमित पटेल; ९ जुन १९७५) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। अमीषाले हिन्दी भाषाको चलचित्र बाहेक केही तेलुगु चलचित्रमा अभिनय गरेकी छिन्। उनले बलिउड चलचित्र 'कहो ना... प्यार है' (२०००)बाट अभिनय जीवनको पदार्पण गरेकी थिइन्।[१]

जीवनी र करियर[सम्पादन गर्नुहोस्]

अमीषा अमित पटेल र आशा पटेलकी पुत्री र अस्मित पटेलकी बहिनी हुन्। पटेलको जन्म एक गुजराती परिवारमा अमित पटेल र आशा पटेलको घरमा भएको थियो। उनी अस्मित पटेलको बहिनी र प्रसिद्ध वकिल, राजनीतिज्ञ र ब्यारिस्टर रजनी पटेलको नातिनी हुन्, जो मुम्बईको काङ्ग्रेस प्रदेश समिति अध्यक्ष थिए। हिन्दी चलचित्र बाहेक उनले केही तेलुगु र तमिल चलचित्रहरूमा समेत अभिनय गरेकी छिन्। आफ्नो अभिनयको कारण उनले हालसम्म एक फिल्मफेयर पुरस्कार जितेकी छिन्। पटेलले सन् २००० को ब्लकबस्टर रोमान्टिक थ्रिलर चलचित्र 'कहो ना ... प्यार है' बाट अभिनय जीवनको पदार्पण गरेकी थिइन्।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सङ्केत
Films that have not yet been released रिलिज हुन बाकी चलचित्र
वर्ष शिर्षक भुमिका नोट
२००० कहो ना... प्यार है सोनिया सक्सेना
२००० बद्री सरयु तेलेगु चलचित्र
२००१ गदर: एक प्रेम कथा सकीना विशेष प्रस्तुतिका लागि फिल्म फेयर स्पेसल अवार्ड प्राप्त
फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको लागि छानिएको
२००१ येह जिन्दगीका सफर सरिना देवन
२००२ क्रान्ति सन्जया रोय
२००२ क्या यही प्यार है सन्ध्या पटिल
२००२ आँप मुझे अच्छे लग्ने लगे सप्ना
२००२ हमराज प्रिया फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको लागि छानिएको
२००२ येह है जल्वा सोनिया सिंह
२००३ पुढिया गीथाइ जो तामिल चलचित्र
२००३ परवाना पूजा
२००4 सुनो ससुरजी किरन सक्सेना
२००४ शार्ट: द च्यालेन्ज आफै विशेष उपस्थिति
२००४ नानी प्रिया तेलेगु चलचित्र
२००५ भादा पूजा शर्मा/बर्मा
२००५ एलान प्रिया
२००५ जमीर: द फायर विथइन पूजा खन्ना/चौहान
२००५ नरसिंहउदु सुब्बा लक्ष्मी तेलेगु चलचित्र
२००५ मङ्गल पाण्डे: द राइजिङ ज्वाला
२००६ मेरे जीवन साथी अन्जली
२००६ हम्को तुम्से प्यार है दुर्गा
२००६ तीस्री आंख: द हिडन क्यामरा अमु
२००६ तथास्तु सरिता "सरु" राजपुत
२००६ आंखे नन्दिता सक्सेना
२००६ आपकी खातिर शिरानी खन्ना
२००७ हनिमून ट्राभल्स प्राइभेट लिमिटेड पिन्की कपूर
२००७ हेइ बेबी आफै हेइ बेबी गीतमा विशेष उपस्थिति
२००७ भूल भूलैया राधा
२००७ ओम शान्ति ओम आफै विशेष उपस्थिति
२००८ थोडा प्यार थोडा म्याजिक मलैका विशेष भुमिका
२०११ पारामा भीरा छक्रा रागिनी तेलेगु चलचित्र
२०१1 चतुर सिंह टु स्टार सोनिया बर्मा
२०१3 रेस २ चेर्री विशेष भुमिका
२०१३ सर्टकर्ट रोमियो मोनिका
२०१५ भइयाजी सुपरहिटFilms that have not yet been released Filming[२]
२०१५ देसी म्याजिकFilms that have not yet been released सोनिया सक्सेना / माहि देवल Filming[३]
२०१६ रन भोला रनFilms that have not yet been released

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "All Time Earners Inflation Adjusted (Figures in Ind Rs)", BoxOfficeIndia.Com, अन्तिम पहुँच २००७-०२-०३ 
  2. M Shah, Kunal (१७ डिसेम्बर २०११), "Ameesha, Sunny reunite after 10 years", Times of India, अन्तिम पहुँच २०११-१२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०२ मिति
  3. "Ameesha finds director for next film", Times of India, १५ जुलाई २०१२, अन्तिम पहुँच २०१२-०७-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]