सामग्रीमा जानुहोस्

आइशा चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइशा चौधरी
जन्म(१९९६-०३-२७)२७ मार्च १९९६
दिल्ली, भारत[१]
मृत्यु२४ जनवरी २०१५(2015-01-24) (उमेर १८)
गुरगांव, भारत
मृत्युको कारणपल्मोनरी फाइब्रोसिस
मातृ शिक्षाप्रतिष्ठानअमेरिकन एम्बेसी स्कूल
पेशाप्रेरक वक्ता
चिनारीको कारणइङ्क सम्मेलनमा प्रेरणादायी भाषण
गृहनगरदिल्ली
मातापिता
  • अदिती चौधरी (आमा)
  • निरेन चौधरी (बुवा)

आइशा चौधरी (२७ मार्च १९९६ - २४ जनवरी २०१५)[२] एक भारतीय लेखक र प्रेरक वक्ता थिइन् । उनले माइ लिटल एपिफनिज लेखेकी थिइन्, जुन उनको मृत्युको एक दिन अगाडि प्रकाशित भएको थियो ।[३] द स्काइ इज पिङ्क नामक चलचित्र केही हदसम्म उनको जीवनमा आधारित छ ।

बाल्यकाल

[सम्पादन]

आइशा यम ! ब्रान्ड्सको दक्षिण एसियाली शाखाको सभापति निरेन चौधरी र मानसिक स्वास्थ्य सेवक अदितीकी छोरी थिइन् । उनको दाइको नाम ईशान चौधरी हो । उनकी दिदी तान्या चौधरीको ७ महिनाको उमेरमा नै मृत्यु भएको थियो । आइशाको जन्मजात नै शरीरको रोग प्रतिरोधात्मक शक्तिमा समस्या थियो । ६ महिनाको हुँदा उनले अस्थि मज्जा प्रत्यारोपण गर्नुपर्यो ।[४] यसको फलस्वरूप उनमा फोक्सोमा दाग पार्ने पल्मोनरी फाइब्रोसिस देखा पर्यो ।[५]

कार्य जीवन

[सम्पादन]
१३ अप्रिल २०१५ मा नयाँ दिल्लीमा भारतका भूतपूर्व उपराष्ट्रपति मोहम्मद हामिद अंसारीद्वारा माइ लिटल एपिफनिजको विमोचन हुँदै । सलमा अंसारी र मानव संसाधन विकास मन्त्री स्मृति ईरानी पनि तस्वीरमा ।

आइशा चौधरीले १५ वर्षको उमेरदेखि मृत्युसम्म प्रेरणादायी भाषणहरू दिइन् । उनलाई इङ्क फेलोको उपाधि दिइएको थियो र सन् २०११ तथा सन् २०१३ का इङ्क सम्मेलनमा पनि बोलेकी थिइन् ।[६] सन् २०१३ को पुणेस्थित टेड सम्मेलनमा पनि उनले आफ्नो कथा सुनाएकी थिइन् ।

उनले लेखेको किताब उनको मृत्युको एक दिन अगाडि प्रकाशित भएको थियो ।[७][८]

अन्य मिडियामा प्रतिनिधित्व

[सम्पादन]

११ अक्टोबर २०१९ मा विमोचित सोनाली बोसद्वारा निर्देशित र प्रियङ्का चोपडाले अदिती चौधरी, फरहान अख्तरले निरेन चौधरी, जायरा वसीमले आइशा चौधरी र रोहित सुरेश सराफले ईशान चौधरीको भूमिका निर्वाह गरेको चलचित्र द स्काइ इज पिङ्क पनि उनकै जीवनमा आधारित छ ।[९][१०][११]

कृति

[सम्पादन]
  • माइ लिटल एपिफनिज [१२][१३] (सन् २०१५) जसको माध्यमबाट उनले जीवनमा कठिनाइ भोग्नुपरिरहेका व्यक्तिहरूलाई आशा दिलाउन चाहन्थिन् ।[१४]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "Real Se Reel Tak", मूलबाट २०२०-०८-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-२१।
  2. ↑ "Mother reflects on Aisha's inspiring life in Gurgaon | Gurgaon News - Times of India", The Times of India।
  3. ↑ "Pendrive: Remembering Aisha Chaudhary", The Indian Express, २५ जनवरी २०१५, अन्तिम पहुँच २०१५-०३-०७।
  4. ↑ "Priyanka Chopra in The Sky Is Pink: Who is Aisha Chaudhary, the girl the film is based on?", India Today (अङ्ग्रेजीमा), Ist, अन्तिम पहुँच २०१९-०३-०२।
  5. ↑ "The Girl Who Just Won't Give Up - The New Indian Express", मूलबाट २०१५-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-०७।
  6. ↑ "Singing in the life boat", inktalks.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-०७-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-११।
  7. ↑ "The Girl Who Just Won't Give Up", The New Indian Express, मूलबाट २०१५-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-११।
  8. ↑ "Redirecting", tedxtalks.ted.com, अन्तिम पहुँच २०१८-०७-११।
  9. ↑ "Priyanka Chopra in The Sky Is Pink: Who is Aisha Chaudhary, the girl the film is based on?", India Today, अन्तिम पहुँच ९ फेब्रुअरी २०१९।
  10. ↑ "Priyanka Chopra's The Sky Is Pink gets a release date", २१ फेब्रुअरी २०१९।
  11. ↑ "Priyanka Chopra shares the latest still from 'The Sky Is Pink' featuring Farhan Akhtar - Times of India", The Times of India।
  12. ↑ Jacob, Rahul (२०१५-०५-०९), "Two books about smiling through adversity", Business Standard India, अन्तिम पहुँच २०१८-०७-११।
  13. ↑ Bloomsbury.com, "My Little Epiphanies", Bloomsbury Publishing (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-११।
  14. ↑ Lawrence, Victor, ""Real Se Reel Tak" - The real face of characters in upcoming Bollywood Biopics.", Digital World (en-USमा), मूलबाट २०२०-०८-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-१६।

बाह्य कडीहरू

[सम्पादन]