आठबीस राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आठबिसबाट अनुप्रेषित)

मध्यकालीन नेपालको बाइसे राज्य अन्तर्गत पर्ने आठबिस राज्य हालको रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी को तटमा अवस्थित थियो । वि.स.१६०० सालमा कालु बमले आफ्नो अंश स्वरुप रुकुम राज्यबाट यस क्षेत्रलाई छुट्टयाएर राज्य स्थापना गरेका थिए । यहाँका अन्तिम राजा रणउद्दीम शाही हुन् । रुकुमे राजकुमार बिभूति शाहीले आठबिस राज्य फिर्ता लिने उद्देश्यले बिद्रोह गरेका थिए । राजा कहलिएको केही समयमै गोर्खाली फौजको प्रबेश हुदा बिभूति शाही जोगीको रुप धारण गरी भाग्नु परेको थियो । नेपाल एकीकरण पछि यस क्षेत्रको शासन ठेक, जिम्मवाली हुँदै रैंकर प्रणालीमा चलेको पाइन्छ ।

राजाको बंशावली[सम्पादन गर्नुहोस्]

बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः

  1. राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
  2. राजा जगमल्ल बम
  3. राजा श्रीमल्ल बम
  4. राजा सयरूप बम शाही
  5. राजा महान शाही
  6. राजा मदन शाही
  7. राजा नरसिंह शाही
  8. राजा पिर्थी शाही
  9. राजा रूपा शाही
  10. राजा जगती शाही
  11. राजा हिरण शाही
  12. राजा रणउद्दीम शाही (यिनका पालामा नेपाल एकीकरण भयो)
  13. राजकुमार विभूति शाही
  14. अम्मर शाही
  15. जसु शाही
  16. सेतु शाही
  17. दुन्दु शाही शाह
  18. शेरबहादुर शाह
  19. दिपेन्द्रबहादुर शाह
  20. बीरेन्द्रकुमार शाह
  21. मणि राज शाह(प्रभातबिक्रम शाह)
  22. अभि बिक्रम शाह

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]