आमा समूह
स्वरूप
आमा समूह महिलाहरूको सामाजिक संगठन हो। यस संगठनले महिला हिंसा, जुवातास, र अन्य सामाजिक समस्याहरू रोक्नका लागि काम गर्दछ। यसले मादक पदार्थको सेवन र बिक्री नियन्त्रणमा पनि भूमिका खेल्छ। संगठनको मुख्य उद्देश्य महिलाहरूलाई घरधन्दा र पारिवारिक काममा मात्र सीमित नराखी सामाजिक र आर्थिक क्षेत्रमा सहभागी गराउनु हो। साथै, आमा समूहहरूले कला, संस्कृति, सार्वजनिक सम्पत्ति संरक्षण, र समाज सुधारका कार्यहरूमा समेत योगदान पुर्याउँछन्। यसले महिलालाई घरेलु हिंसाबाट सुरक्षित र सशक्त बनाउने कार्यमा पनि सक्रिय भूमिका खेल्छ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mothers' groups uplift women and create social awareness in rural parts of Baitadi", The Kathmandu Post (Englishमा), मूलबाट १८ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२१।
- ↑ Asian Women (अङ्ग्रेजीमा), Research Center for Asian Women, Sookmyung Women's University, १९९७, पृ: 128।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आमा समूह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।