उत्तरध्रुवीय महासागर
उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमा रहेका ५ प्रमुख महासागरहरू मध्ये कम गहिराई भएको र सबैभन्दा सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले यसलाई महासागर मानेता पनि केही समुन्द्रशास्त्रीहरूले यसलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यस महासागरलाई केही समुन्द्रशास्त्रीहरूले भू-मध्य सागर वा आन्ध्र महासागरको मुहानको रूपमा वर्गीकरण गरेका छन्। यो विश्वमा रहेकका ५ प्रमुख महासागरहरू मध्ये सुदूर उत्तरमा रहेकको महासागर हो।
यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमा रहेको उत्तर ध्रुवीय क्षेत्रमा अवस्थित छ। यस महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका र युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमा समुन्द्री बरफले ढाकेको छ भने हिउँदमा सबै भाग बरफले ढाक्छ। यसमा ढाकेका बरफ पग्लने र जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम र लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागहरू मध्ये यसको लवणता तुलनात्मक रूपमा सबैभन्दा कम रहेको छ। नदी र समुन्द्रबाट बहने ताजा पानीको प्रभाव निम्न वाष्पीकरण र उच्च लवणता भएको समुन्द्रको आपसी जडान नभएका कारण यसको लवणतम कम भएको मानिन्छ।[४] गर्मी मौसममा यसमा ढाकेका बरफहरूको पग्लिने दर ५०% रहेको भनाई छ।[१] अमेरिकी राष्ट्रिय हिउँ र बरफ आँकडा केन्द्रले (एनएसआइडिसी)ले उपग्रहको आँकडा प्रयोग गरी यसलाई ढाकेका बरफहरूको दैनिक प्रतिवेदन प्रदान गर्दछ र निश्चित समयावधि र अघिल्लो वर्षमा रहेको पग्लिने क्रमको तुलना पनि यसले प्रदान गर्ने गर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]उत्तरध्रुवीय महासागर लगभग गोलाकार आकारको जस्तो क्षेत्रमा फैलिएको छ र यसले लगभग १४,०५६,००० वर्ग किलोमिटर (५,४२७,००० वर्ग माइल क्षेत्रफल ओगटेको छ जून लगभग कुमेरू महादेशको क्षेत्रफल जत्रो रहेको छ।[५][६] यसको तटीय क्षेत्र ४५,३९० किलोमिटर (२८,२०० माइल) लामो छ। यसलाई जमीनले युरासिया, उत्तर अमेरिका, ग्रिनल्याण्ड र विभिन्न टापूहरूले छोएका छन्।[५][७]
बेफिन खाडी, बेरेण्ट्स सागर, ब्युफोर्ट सागर, चुक्ची सागर, पूर्वी साइबेरीयाली सागर, ग्रिनल्याण्ड सागर हडसन जलसन्धी, कारा सागर, लेप्टेभ सागर, सेतो सागर र अन्य विभिन्न र साना समुन्द्रहरू यसमा समावेश छन्। यो बेरिङ जलसन्धी मार्फत प्रसान्त महासागर र ग्रिनल्याण्ड सागर र ल्याबाडर सागर मार्फत आन्घ्र महासागरमा जोडिएको छ।[१]
यसले रुस, नर्वे, आइसल्यान्ड, ग्रिनल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकासँग सिमाना गाँसेको छ।
समुन्द्री बरफ
[सम्पादन गर्नुहोस्]उत्तरध्रुवीय महमसागरको लगभग सबै भाग बरफले ढाकेको छ जसको मोटाइ ठाउँ र ऋतु अनुसार फरक पर्दछन्। सन् १९८० को दशक देखि यहाँ रहेका बरफहरू पग्लिने क्रम जारी रहेको छ र हरेक एक दशकको अन्तरालको जाडो याममा १५,६००,००० वर्ग किलोमिटर (६,०२३,२०० वर्ग माइल) क्षेत्रमा रहेका बरफहरू पग्लिने दर अौसत ३% रहेको छ।
मौसमी भिन्नता ७,०००,००० वर्ग किलोमिटर (२,७०२,७०० वर्ग माइल) रहेको छ जसमा अधिकतम अप्रिलमा हुने गर्दछ भने न्युनतम सेप्टेम्बरमा हुने गर्दछ। समुन्द्री बरफहरूलाई बतास र समुन्द्री प्रभावहरूले असर गर्दछन् जुन चाहिँ जताततै बहन र धेरै ठूलो क्षेत्रफलमा रहेका बरफहरूमा घुम्दछन्। यहाँ सङ्कुचन क्षेत्र पनि बन्दछ जसले ठूला ठूला बरफहरू एकै ठाउँमा सङ्कुचित गरी एकदमै ठूला बरफको टुक्रा बनाउने गर्दछ। [९][१०][११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ पिडविर्नी, माइकल (सन् २००६), "महासागरहरूको परिचय", डब्ल्यूडब्ल्यूडब्ल्यूडट पिजिकल जियोग्राफी डटनेट, ९ डिसेम्बर २००६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २००६।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑
टमकाजक, म्यथियास; गडफ्रे, जे स्टुअर्ट (सन् २००३), क्षेत्रीय समुन्द्र विज्ञान: परिचय (दोस्रो संस्करण), दिल्ली: दया पब्लिसिङ हाउस, आइएसबिएन 978-81-7035-306-5, मूलबाट ३० जून २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २००६।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "'उत्तरध्रुवीय महासागर' – इन्साइक्लोपिडिया ब्रिटानिका", अन्तिम पहुँच २ जुलाई २०१२, "उत्तरध्रुवीय महासागर:कुमेरू महासागरको मुहान।"
- ↑ ढाकेका बरफ पग्लने र जम्ने प्रक्रियाको असर के अगार्ड र आर ए उडगेट, ध्रुवीय विज्ञान केन्द्र, भौतिक प्रयोगशाला वासिङ्टनको विश्वविद्यालय, जनवरी २००१। अभिगमन मिती ७ डिसेम्बर २००६।
- ↑ ५.० ५.१ राइट, जोन डब्ल्यु, सम्पादक (२००६), न्यू योर्क टाइम्स (२००७ संस्करण), न्यू योर्क: पेङ्गुइन पुस्तक, पृ: ४४५, आइएसबिएन 978-0-14-303820-7।
- ↑ "विश्वका महासागरहरू", आरएसटी२ डट इडियु, मूलबाट १९
जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१०।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "उत्तरध्रुवीय महासागर सम्बन्धित तथ्यहरू", डब्ल्युडब्ल्यूएफ डट पाण्डोरा डट ओआरजी (विश्व वन्यजन्तु कोष), २९ अक्टोबर २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ सन् २००५ मा बरफहरूको उच्चतम पग्लिने दर वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २००६ मिति रोबर्ट सिमोन, अर्थ अव्जरभेटरी, र वाल्ट मेयर, एनएसआइडिसी अभिगमन मिती ७ डिसेम्बर २००६
- ↑ समुन्द्र बरफ सूचकाङ्क एनएसआइडिसी डट ओआरजी, अभिगमन मिती ६ मार्च २०११
- ↑ ध्रुवीय समुन्द्री बरफ र हिउँ – काइरोस्पियर टुडे वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-२३ मिति। Arctic.atmos.uiuc.edu (२३ सेप्टेम्बर २००७) अभिगमन मिती २०११-०३-०६।
- ↑ बियुक्सेड फरे, अल्बर्ट; स्टेफेनसन, स्कट आर; चेन, लिङलिङ; क्रुब, माइकल; दाइ, यिङ; डेभचेभ, डेनिस; इफीमोभ, यारोस्लाभ; ग्रागिच, पिटोर; ग्यारेथ, हेनरिक; केल, क्याथरिन; किभेकास, निकु; कुमार, नरेश; लिउ, नेगये; मटेलोनोक, इगोर; माइकोसभोल, मारि; ओ लिएरी, डेरेक; ओल्सेन, जुलिया; पब्रिथ्रान एपी, सचिन; पिटरसन, एडवर्ड; रासपोटनिक, एनड्रेस; ररिजहोव, इभान; स्लोस्की, जान; सुओ, लिङलिङ; ट्रोइन, क्यारोलाइन; भालिभा, भिलेना; भ्यान रिजकेटभोर्सेल, जाप; राइटिङ, जोनाथन (१६ अक्टोबर २०१४), "उत्तरध्रुवीय महासागर - उत्तर पूर्वी बाटो: स्रोत, प्रशासन, प्रविधि, र पूर्वाधार", पोलार जियोग्राफी ३४ (४): २९८–३२४, डिओआई:10.1080/1088937X.2014.965769।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]उत्तरध्रवीय वातावरणीय एटलस वेब्याक मेसिन अभिलेखिकरण २००६-०१-०६ मिति
- उत्तरध्रुवीय महासागरको तथ्याङ्क (सन् १९५४–१९९०) वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१९ मिति एनएसआईडिसीमा
- पोल वेब क्याम वेब क्यामराद्वरा खिचिएको तस्वीरहरू
- उत्तरी ध्रुव मौसम आँकडा
- उत्तरध्रुवीय महासागर
- अन्तर्राष्ट्रिय ध्रुवीय फाउण्डेसन
- "उपग्रह आँकडामा आधारित उत्तरध्रुवीय महासागरमी ढाकेका बरहरूको दैनिक प्रतिवेदन", एनएसआइडिसी डट ओआरजी, राष्ट्रिय हिउँ र बरफ आँकडा केन्द्र।
- पनडुब्बी जैविक विविधता विकि