दिवेश पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आर्थर गनबाट अनुप्रेषित)
अर्थर गन
जन्मदिवेश पोखरेल
(1997-10-24) २४ अक्टोबर १९९७ (उमेर २६)
 नेपाल, काठमाण्डौ
वासस्थान संयुक्त राज्य अमेरिका, कन्सास
अन्य नाम
  • दिवेश पोखरेल
  • अर्थर गन
पेशा
  • गायक
  • गीतकार
कार्यकालसन् २०१४–हाल
वेबसाइटdibeshpokhrel.com

दिवेश पोखरेल (जन्म:२४ अक्टोबर १९९७), अर्थर गनको रूपमा परिचित, एक नेपाली अमेरिकी गायक तथा गीतकार हुन्। उनी अमेरिकी वास्तविक गायन कार्यक्रम अमेरिकन आइडलको १८औँ संस्करणका उपविजेता बन्न सफल भएका थिए।[१] [२] दिवेशको जन्म नेपालको काठमाडौमा भएको थियो भने उनी हाल ५ वर्ष देखि अमेरिकाको केन्सासमा आफ्नो परिवारका साथ बस्दै आएका छन्।[३] गनले सन् २०१४बाट आफ्नो गायन कार्यकालको सुरुवात गरेका थिए भने उनले सन् २०१८ मा ग्रहण नामक एक साङ्गीतिक सङ्गालो पनि जारी गरेका थिए जसमा ८ नेपाली गीतहरू समावेश छन्। सन् २०१९ मा उनको खोज नामक साङ्गीतिक सङ्गालो सार्वजनिक भएको थियो भने यस सङ्गालोमा उनका "म", "कर्णाली" र "खोज" जस्ता गीतहरू रहेका छन्।[४] गन नेपालबाट अमेरिकन आइडलमा पुग्ने पहिला नेपाली हुन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

दिवेशको जन्म वि.स २०५४ साल कार्तिक ८ गते काठमाडौमा भएको थियो। उनका चार दिदीबहिनीहरू छन्।[५] सानैदेखि गीत गाउन र सुन्न मन पराउने पोखरेलले कलिलो उमेरमानै गीतार बजाउन सिकिसकेका थिए भने उनलाई सबैभन्दा पहिला उनकी आमाले गीतार ल्याइदिएकी थिइन्। उनले पछि रेडियो र दूरदर्शनमा हेरेर र सुनेर गीत गाउन सिकेका थिए। उनको परिवारले वि.स २०६५ सालमा नेपालबाट अमेरिको केन्सासमा बसाइँसराइ गरेको थियो भने त्यस समयमा उनी मात्र ११ वर्षका थिए तर उनी आफ्नो परिवार बसाइँसराइ गरेको ६ वर्ष पछि मात्र अमेरिकामा बसाइँसराइ गरेका थिए। उनी पछि अमेरिकामा बसाइँसराइ गरेपछि त्यहाँका स्थानीय सम्मेलन तथा चमेनागृहहरूमा साङ्गीतिक प्रस्तुति दिने गरेका थिए भने उनले त्यस समयमा पनि उनका केही गीतहरू कैद गर्न सफल भएका थिए।[६] उनले आफ्नो सङ्गीत कार्यकाललाई वि. स २०७० देखि निखार्दै लगेका थिए। उनले अमेरिका स्थित विच्टा केन्सासको एक उच्च विद्यालय मार्फत स्नातक गरेका थिए। उनले पछि अङ्ग्रेजी सङ्गीतका केही विधाहरूको अध्ययन तथा प्रशिक्षण लिएका थिए। उनले आफूलाई पन पर्ने कलाकार तथा प्रभावित व्यक्तित्वको रूपमा निक ड्र्याक, बुक्का ह्वाइट, जोन मार्टिन, हाउलिन उल्स, जोन लि हुकर र रोबर्ट जोनसनलाई लिने गरेका छन्।[७][८] उनलाई उनका एक साथीले अमेरिकन आइडलको बारेमा बताएपछि उनले उक्त सङ्गीत प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए भने उनले यसलाई एक गायक तथा गीतकार बन्नका लागि राम्रो मौकाको रूपमा लिएका थिए।

साङ्गीतिक कार्यकाल[सम्पादन गर्नुहोस्]

"ग्रहण" साङ्गीतिक सङ्गालो[सम्पादन गर्नुहोस्]

गनले सन् २०१८ मा "ग्रहण" नामक एक साङ्गीतिक सङ्गालो जारी गरेका थिए भने उक्त साङ्गीतिक सङ्गालोमा उनका आट गीतहरू रहेका छन्। यस साङ्गीतिक सङ्गालोका केही गीतहरूको छायाङ्कनमा काठमाडौका केही पुरातात्त्विक भवन तथा मठ मन्दिरमा केही झलकहरू राखिएको छ।[९] उनले १९औँ शताब्दीका एक चर्चित फ्रान्सेली कावि आर्थर रिम्बाउडको एक कविताबाट प्रभावित हुँदै आफ्नो मञ्च नाम आर्थर राख्ने निर्णय गरेका थिए भने उनलाई हाल दिवेश नामले कयौँ मानिसहरूले चिनेतापनि उनको मञ्चको नाम अझ सशक्त तथा लोकप्रिय बन्दै आएको छ। उनले फ्रान्सेली कवि आर्थरको एक कविताबाट विशेषगरी प्रभावित बनेका थिए। उनको एक अन्तरवार्ताका अनुसार "गन"ले भिडन्त वा प्रतिस्पर्धाको भावनालाई झल्काउँदै उनलाई प्रेरणा दिने बनाएका थिए। उनले सन् २०१३ देखि आफ्नो साङ्गीतिक कार्यकाललाई निखार्दै लगेका थिए जसअन्तर्गत उनी केही साङ्गीतिक कक्षाहरूमा पनि समावेश भएका थिए जसकारण उनले स्वरलाई निखार्ने काम गरेका थिए।[१०] उनको स्वस तथा लवजहरूलाई केहीले नेपालका प्रशान्त तामाङसँग तुलना गरेका छन्। उनको ग्रहण नामक पहिलो साङ्गीतिक सङ्गालोका गीतहरूमा "न्यानो घर" ( जुन सन् २०१८ को सुरुवात तिर सार्वजनिक गरिएको थियो), "म", "कर्णाली" आदि गीतहरू समावेश छन् जुन सन् २०१८ को अन्त्यसम्ममा सार्वजनिक गरिएका थिए। सन् २०२० फेब्रुअरी अनुसार उनको आधिकारिक युट्युब खातामा उनका कयौँ गीतहरू सार्वजनिक गरिएका छान् भने उनको खातामा ७०,००० सदस्य रहेका थिए भने सन् २०२० अप्रिलमा सदस्यको सङ्ख्या २,३०,००० पुगेमा छन्। [११]

अमेरिकन आइडल[सम्पादन गर्नुहोस्]

गनले सन् २०१९ मा अमेरिकी वास्तविक गायन कार्यक्रम अमेरिकन आइडलका लागि अनलाइन नाम दर्ता गराएका थिए भने उनलाई सोही वर्ष सेप्टेम्बर ४ का दिन अमेरिका स्थित केन्सासको अमेरिकन आइडलमा १८औँ संस्करणका लागि प्रस्तुति दिन बोलाइएको थियो जुन सेञ्चुरी दोस्रो प्रस्तुति कला केन्द्रमा सम्पन्न भएको थियो।[१२] साङ्गीतिक क्षेत्रमा नयाँ प्रतिभाहरूको खोजी गर्ने अमेरिकन आइडलको अडिसनमा उनले प्रतिष्ठित सङ्गीतकर्मी केइटी पेरी, ल्युक ब्रायन तथा लियोनल रिची सामु प्रस्तुति दिएका थिए भने उनले सुरुमा सुरुमा बब डेलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ बोलको गीत गाए तर त्यसपछि निर्णायकका रूपमा बसेका लियोनलले अर्को गीत गाउन भनेपछि गनले क्रिडेन्स क्लियरवाटरको ‘ह्याव यु एभर सिन द रेन’ बोलको गीत गाएका थिए।[१३] प्रस्तुति दिन भन्दा अगाडि गनले सर्वप्रथम सबै निर्णायकलाई नमस्ते गरेका थिए भने निर्णायक केइटी पेरीले उनलाई नमस्ते फर्काएकी थिइन्। पछि गायिकाले उनको वास्तविक नाम र त्यसको अर्थ सोधेकी थिइन्। पछि पेरीले उनलाई सायद तिमी उत्कृष्ट हुन सक्छौ भनेकी थिइन्।[१४] गनले दुवै गीतको प्रस्तुति दिइसकेको पेरीले उनलाई उत्कृष्ट भनेकी थिइन् भने पेरीले जस्तै ल्युक ब्रायन तथा लियोनल रिचीले पनि गनकबध खुलेर प्रशंसा गरेका थिए भने उनलाई आगामी यात्राका लागि छनोट पनि गरेका थिए। अमेरिकी दुरदर्शन एबिसीमा गनले दिएको प्रस्तुति आइतबार प्रसारण भएको थियो।

सन् २०१९ डिसेम्बर २ देखि ५ सम्म हलिउड विक खिचिएको थियो जुन अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जल्सको एक हलमा खिचिएको थियो जहाँ १६७ प्रतियोगीहरूले निर्याण माझ सङ्गीत प्रस्तुति दिएका थिए।[१५] गनले त्यस चरणमा नमस्ते अभिवादन गर्दै "हार्ड टु ह्यान्डल" नाम गीतको प्रस्तुति दिएका थिए। पछि सामूहिक प्रस्तुति दिने क्रममा उनले एम्बर फिड्लरसँग दर्शक र निर्णाय माझ प्रस्तुति दिएका थिए। गायन प्रस्तुतिबाट निर्णायक केइटी पेरी, ल्युक ब्रायन र लियोनल रिची प्रभावित भएका थिए। गन पछि शीर्ष ४० भित्र प्रवेश गर्न सफल हुँदै सोकेस चरणमा प्रवेश गरेका थिए जहाँ उनले पछि दर्शक माझ प्रस्तुति दिएका थिए। शीर्ष २० का लागि प्रतियोगिता जनवरी २०२० मा कैद गरिएक‍ थियो जसका दुई शृङ्खलाहरू रहेका छन्। गनले पछि बब मार्लीको "इन दिस लभ" नामक गीतको प्रस्तुति दिएका थिए। निर्णायक रिचीले केइटीलाई गनको स्वरले आफूलाई गायक बब मार्लीको स्मरण गराएको बताएका थिए।[१६] पछि प्रसारण गरिएको अमेरिकन आइडल मा गनले गीत गाउँदा निर्णायकहरूले उनलाई उठेर सम्मान दिएका थिए।[१७] गनले सोमवार क्लियरवाटर रिभाइभल साङ्गीतिक समूहको "ह्याभ यु इभर सिन" बोलको गीतको प्रस्तुति दिएका थिए। यो गीत गाएपछि उनलाई तीनैजना निर्णायकहरूले उठेर सम्मान व्यक्त गरेका थिए। हाल यो कार्यक्रम विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना विषाणु प्रकोपका कारण रोकिएको छ भने प्रतिस्पर्धीहरूले अब घरबाटै प्रस्तुति दिने प्रबन्ध मिलाइएको छ।[१८][१९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अमेरिकन आइडलको उपविजेता बने ‘अर्थर गन’", नयाँ पत्रिका, मे १९, २०२०। 
  2. ब्रधनसन, फ्रिड (अप्रिल ५, २०२०), "अमेरिकन आइडल: शीर्ष २१ प्रतियोगीहरू", बिलबोर्ड, अन्तिम पहुँच अप्रिल १५, २०२० 
  3. लिन्डोमोन (फेब्रुअरी १७, २०२०), "अर्थर गन (दिवेश पोखरेल) अमेरिकन आइडलमा", हेभी (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी १७, २०२० 
  4. पोल्सेन, ब्रायन (मार्च १६, २०२०), "'अमेरिकन आइडल' संस्करण १८ शृङ्खला ६: अर्थर गन", मिडिया मनोरञ्जन (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च १७, २०२० 
  5. निल, डेनिस (अप्रिल १३, २०२०), "‘अमेरिकन आइडल’ अर्थर गन उनको परिवरको सामुन्ने प्रस्तुति दिँदै", द विचिटा इगल, अन्तिम पहुँच अप्रिल १५, २०२० 
  6. स्टिन, मिसेल (मार्च ३, २०२०), "दिवेश पोखरेल को हुन्?", डिस्ट्र्याक्टिफाई (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च ४, २०२० 
  7. पोल्सेन, ब्रायन (फेब्रुअरी १६, २०२०), "अमेरिकन आइडल संस्करण १८ शृङ्खला १: केन्सासमा बसोबास गर्ने नेपाली दिवेश पोखरेल", मिडिया मनोरञ्जन (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  8. हर्मानसन, विन्डी (फेब्रुअरी १६, २०२०), "अमेरिकन आइडलमा नेपाली गायक दिवेश पोखरेल", टेस्ट अफ कन्ट्रि (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  9. "“द भ्वाइस अफ सिक्किम", द भोइस अफ सिक्किम (अङ्ग्रेजीमा), फेब्रुअरी १८, २०२०, अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  10. "अर्थर गन (दिवेश पोखरेल)", हाला नेपाल, मे २१, २०१९, अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  11. गन, आर्थर, "अर्थर गनको आधिकारिक युट्युब खाता", युट्युब (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी २१, २०२० 
  12. "'हलिउड विक' मा प्रशंसा बटुल्दै अर्थर गन"नागरिक न्युज 
  13. "अमेरिकन आइडलको टप २०बाट अघि बढ्न भोट अपिल गर्दै दिवेश"नेपाल जापान समाज 
  14. "अमेरिकन आइडलमा नेपाली 'अर्थर गन'ले गाउँदा निर्णायक रोए (श्रव्य दृश्य सहित)"नेपाली पात्रो 
  15. "अमेरिकन आइडलः दिवेश पोखरेलको प्रस्तुतीले जज लियोनेल रिचीका आँखा रसाए"डिसि नेपाल 
  16. "अमेरिकन आइडलको टप २० मा पर्न सफल भए दिवेस पोखरेल"सङ्गीत खबर 
  17. डेनिस, निल (अप्रिल ६, २०२०), "विचिटाका गायक अर्थर गन", विचिटा इगल, अन्तिम पहुँच अप्रिल ६, २०२० 
  18. "अमेरिकन आइडल शीर्ष २०", बिलबोर्ड, अप्रिल २७, २०२०, अन्तिम पहुँच अप्रिल २९, २०२० 
  19. "कोरोना विषाणु प्रकोपका कारण हाललाई अमेरिकन आइडल स्थगित", बिलबोर्ड, मार्च १९, २०२०, अन्तिम पहुँच मार्च २१, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]