आलोक नेम्वाङ
आलोक नेम्वाङ | |
---|---|
जन्म | सन् १९७४ |
मृत्यु | नोभेम्बर ६, २०१४ धापासी, काठमाडौँ, नेपाल |
पेशा |
|
आलोक नेम्वाङ (सन् १९७४ - सन् २०१४) एक नेपाली चलचित्र निर्देशक थिए । एक दशकको अन्तरालमा उनले निर्देशन गरेका चलचित्र र सङ्गीत भिडियोहरू नेपालमा निकै चर्चित र लोकप्रिय छन् ।[१]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]संयुक्त राज्यमा चलचित्र निर्देशनको शिक्षा प्राप्त गरी नेपाल फर्केका आलोकले ५०० भन्दा बढी नेपाली गीतका भिडियोका निर्देशन गरे ।[२] एउटा अन्तर्वार्तामा उनले भनेका थिए, "म दैनिक रूपमा विभिन्न कुराहरूबाट प्रेरित हुन्छु र तिनीहरूलाई मेरो कार्यमा दर्शाउने प्रयास गर्छु तर म कैले अरूहरूको प्रत्यक्ष नक्कल भने गर्दिनँ ।" सन् १९९८ मा नेपालमा इमेज च्यानल टेलिभिजनमा भिडियो जकीको भूमिकामा आफ्नो कार्य जीवनको सुरुवात गरेका आलोकले निर्देशन गरेको पहिलो गीति भिडियो नविन के भट्टराईको लाखौँ पटक थियो । सन् २००४ मा उनले लिम्बू भाषा चलचित्र नुमाफुङमा अभिनय गरेका थिए । चलचित्र निर्माणको उनको सपना सन् २००८ को लोकप्रिय चलचित्र सानो संसारको उत्पादनसँगै पूरा भएको थियो । सन् २०१० मा उनले निर्देशन गरेका दोस्रो चलचित्र कोही मेरोले उनलाई नेपाली चलचित्र जगतमा प्रसिद्ध बनायो ।[३] उनको तेस्रो चलचित्र अझै पनि फेब्रुअरी २०१५ मा उनको मृत्युपश्चात सार्वजनिक गरिएको थियो ।
निर्देशित चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- सानो संसार (सन् २००८)
- कोही मेरो (सन् २०१०)
- अझै पनि (सन् २०१५)
मृत्यु
[सम्पादन गर्नुहोस्]नोभेम्बर ६, २०१४ को दिन आलोक आफ्नो काठमाडौँको घरमा आत्महत्याको कारण मृत फेला परेका थिए ।[४][५][६]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "विदा, आलोक नेम्वाङ"।
- ↑ "नेम्वाङ एक जोशिलो कलाकार थिए"। वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-२९ मिति
- ↑ "आलोक नेम्वाङ: जीवनी"। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१७ मिति
- ↑ "निर्देशक आलोक नेम्वाङ मृत फेला परे", मूलबाट नोभेम्बर ११, २०१४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-११ मिति
- ↑ "चर्चित निर्देशक आलोक नेम्वाङ मृत फेला परे", मूलबाट मार्च २०, २०१५-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२० मिति
- ↑ "आलोक नेम्वाङले आत्महत्या गरेको दु:खद खबर", मूलबाट नोभेम्बर ६, २०१४-मा सङ्ग्रहित।