सानो संसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सानो संसार
Small World
रङ्गमञ्च पोस्टर
निर्देशकआलोक नेम्वाङ
लेखकमोहम्मद हनीफ
निर्माता
  • नाकिम उद्दिन
  • राजेश सिद्धि
  • भास्कर ढुङ्गाना
मुख्य कलाकार
छायाङ्कनधीरज जङ्ग शाह
सम्पादनमिलान रत्न बज्राचार्य
सङ्गीत
  • गीतहरू:
  • राजु सिंह
    सचिन सिंह
    जेम्स प्रधान
    सत्य-स्वरूप
    अनिल सिंह
    बाबु बोगटी
  • स्कोर:
  • मनोज कुमार केसी
प्रदर्शन मिति
  • १२ सेप्टेम्बर २००८ (2008-09-12) (नेपाल)
अवधि
१४५ मिनेट
देशनेपाल
भाषानेपाली

सानो संसार (अङ्ग्रेजी: Small World) आलोक नेम्वाङद्वारा निर्देशित सन् २००८ को नेपाली प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो। चलचित्रमा विशाल स्टार कास्ट छ, जसमा नीर शाह र नयाँ कलाकार महेश शाक्य (लोकप्रिय कर्मा), जीवन लुइटेलनम्रता श्रेष्ठ शामिल छन्। सानो संसार निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित पहिलो चलचित्र र 'कागबेनी' पछि बनेको दोस्रो नेपाली एचडी चलचित्र हो। यो चलचित्र कोरियाली चलचित्र 'माई स्यासी गर्ल' र अङ्ग्रेजी भाषाको चलचित्र 'यु ह्याब गट मेल'बाट धेरै प्रभावित छ।

कलाकार[सम्पादन गर्नुहोस्]

साउन्डट्र्याक[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकगायक (हरू)लम्बाइ
१."सानो छ गाउँ"बाबु बोगटी५:२९
२."सायाद माया मा"स्वरूपराज आचार्य, सत्यराज आचार्य५:४३
३."मायामा यस्तै हुन्छ"अनिल सिंह, रीमा गुरुङ होडा३:०७
कुल लम्बाइ:१४:१९

स्वागत[सम्पादन गर्नुहोस्]

सानो संसारले सकारात्मक समीक्षा प्राप्त गरेको थियो। काठमान्डू पोस्टले एकदम राम्रो रेटिङ्स दिएको थियो र यसलाई "सबै समय ढिशुम ढिशुम फाइट दृश्यहरू र नेपाली चलचित्रहरूका घिन्ताङ घिन्ताङ लयबद्ध गीतहरूबाट एक ठूलो राहत" भनेको थियो।[१][२]

यस चलचित्रको म्युजिकल पक्षलाई पनि धेरै सराहना गरिएको थियो र सचिन सिंहद्वारा रचिएको र बाबु बोगटीले गाएका शिर्षक ट्र्याक युवाहरू माझ अत्यधिक लोकप्रिय भएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]