आसिफ शेख
स्वरूप
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | वीरगन्ज, नेपाल | २२ जनवरी २००१
ब्याटिङ | दाहिने हात |
भूमिका | विकेटकिपर ब्याट्सम्यान |
सम्बन्ध | आरिफ शेख (भाइ) |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली |
|
ओडिआई पहिलो खेल (क्याप २४) | ७ सेप्टेम्बर २०२१ v पपुवा न्युगिनी |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३० अगस्ट २०२३ v पाकिस्तान |
टिट्वान्टी पहिलो खेल (क्याप ३२) | १७ अप्रिल २०२१ v नेदरल्यान्ड्स |
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ३१ अक्टोबर २०२३ v मलेसिया |
टि२०आई पोशाक | ९ |
आसिफ शेख (जन्म २२ जनवरी २००१) एक नेपाली क्रिकेटर हुन्, जसले दाहिने हातको विकेटकिपर ब्याट्सम्यानको रूपमा खेल्छन्। उनले नेपालका लागि अप्रिल २०२१ मा नेदरल्यान्ड्स विरुद्ध डेब्यु गरेका थिए। सन् २०२२ मा ओमानमा भएको आईसीसी टी २० विश्वकप छनोटका क्रममा आयरल्यान्डको घटनाका कारण उनले आईसीसी स्पिरिट क्रिकेटर अफ द इयरको अवार्ड जितेका थिए।[१][२]
उनले प्रधानमन्त्री घरेलु कपमा सशस्त्र प्रहरी बल क्लब र पोखरा प्रिमियर लिगको पोखरा पल्टनको प्रतिनिधित्व गर्दै आएका छन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Aasif Sheikh", Cricinfo, अन्तिम पहुँच १७ अप्रिल २०२१।
- ↑ "Nepal Tri-Nation T20I Series: Nepal v Netherlands at Kirtipur, Apr 17, 2021 - Cricket Scorecard - ESPN Cricinfo", Cricinfo, अन्तिम पहुँच १७ अप्रिल २०२१।
- ↑ "Aasif Sheikh", Cricnepal, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२१। वेब्याक मेसिन अभिलेखिकरण २५ जनवरी २०२२ मिति