इमरुल कायेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इमरुल कायेस
व्यक्तिगत जानकारी
नामइमरुल कायेस
जन्म (1987-02-02) २ फेब्रुअरी १९८७ (उमेर ३७)
मेहेरपुर, खुलना, बङ्गलादेश
उपनामसागर
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङदायाँ-हाते
बलिङनिम्न गति बायाँ हाते
भूमिकासुरुवाती ब्याट्सम्यान, विकेट किपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ५३)१९ नोभेम्बर २००८ v दक्षिण अफ्रिका
अन्तिम टेस्ट२२ नोभेम्बर २०१८ v वेस्ट इन्डिज
एदिअ पदार्पण (क्याप ९२)१४ अक्टोबर २००८ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय११ जनवरी २०१८ v वेस्ट इन्डिज
टि२०आई पदार्पण१ मे २०१० v पाकिस्तान
अन्तिम टि२०आई२९ अक्टोबर २०१७ v दक्षिण अफ्रिका
घरेलु टोली जानकारी
वर्षटिम
२००६–हालखुलना विभाग
२०१२सिलेट रोयल्स
२०१३रङ्पुर राइडर्स
२०१५–हालकुमिल्ला भिक्टोरियान्स
२०१७बुष्ट डिफेण्डर्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय टि ट्वेण्टी प्रथम श्रेणी क्रिकेट
म्याच ३४ ७६ १४ १००
कुल रन १,६७९ २,४३० ११९ ६,१११
ब्याटिङ औसत २६.२३ ३२.८३ ९.१५ ३५.१२
१००/५० ३/४ ४/१६ ०/० १७/२०
सर्वोच्च स्कोर १५० १४४ ३६ २०४
कुल बल २४ ३०३
विकेट
बलिङ औसत १०१.०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ १/६
क्याच/स्टम्प ३२/० २१/० ४/० ९६/०

इमरुल कायेस (बङ्गाली: ইমরুল কায়েস) एक बङ्गलादेशी क्रिकेट खेलाडी हुन् जसले खुलना विभागका लागि देब्रे हाते ब्याट्सम्यान र कहिलेकाँही विकेट किपरको रूपमा खेल्ने गर्दछन्। उनी हाल कुमिल्ला भिक्टोरियान्सका कप्तान हुन्।

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

कायेसले सन् २००६ मा प्रथा श्रेणीको क्रिकेटमा पर्दापण गरेका थिए भने उनले तात्कालिक समयमा १५ प्रथम श्रेणी खेलहरू खेलेका थिए। चट्टग्राममा आयोजना हुन लागेको बङ्गलादेश र न्युजिल्याण्ड बीचको एकदिवसीय अन्तर्राष्ट्रियमा छनोट हुन भन्दा अघि उनले १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेलेका थिए। बङ्गलादेश र न्युजिल्याण्डको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनी तेस्रो स्थानमा मैदान प्रवेश गरी राष्ट्रिय क्रिकेट टोलीका लागि मात्र १२ रन जोडेका थिए भने उक्त खेलमा बङ्गलादेश न्युजिल्याण्डसँग ७९ रनले पराजित हुन पुगेको थियो।[१]

कायेसले सन् २००८ नोभेम्बरमा दक्षिण अफ्रिकामा आयोजना गरिएको टेस्ट क्रिकेटमा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट पर्दापण गरेका थिए। पहिलो खेलेकै शुरूवातमा मैदान उत्रिएका कायेसले मात्र १० रन जोड्न सफल भएका थिए।

सन् २०१० मा उत्कृष्ट खेल प्रदर्शन र लयमा आएपछि कायेसले त्यस वर्षको सबै एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा ३२.११ को अौसतमा कुल ८६७ रन बनाउन सफल भएका थिए जसका कारण उनी सन् २०१० मा सर्वाधिक रन जोड्न सफल बङ्गलादेशी क्रिकेट खेलाडीको सूचीमा शीर्ष ५ मा पर्न सफल भएका थिए। [२]

कायेसले न्युजिल्याण्ड विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो १ सतक रन बनाउन सफल भएका थिए। सन् २०१० को नोभेम्बरमा सार्वजनिक गरिएको राष्ट्रिय स्तरका खेलाडीलाई आवद्ध गर्ने क्रममा कायेसले पनि हस्ताक्षर गरेका थिए भने उनलाई बङ्गलादेश क्रिकेट महासङ्घ द्वरा दोस्रो श्रेणीको खेलाडीको सूचीमा सूचीकृत गरिएको थियो।

सन् २०१७ न्युजिल्याण्ड विरुद्धको दोस्रो टेस्ट शृङ्खलामा उनी अतिरिक्त विकेट किपर रहेका थिए भने बङ्गलादेशका विकेट किपर मुस्तफिजुर रहमानको टाउकोमा चोट आएका कारण उनी विकेट किपरको रूपमा मैदान उत्रिएका थिए। त्यस खेलमा कायेसले उत्कृष्ट प्रदर्शन गरेका थिए भने उनले त्यस शृङ्खलामा पाँच जनालाई खेलबाट निस्कासन गरेका थिए भने तात्कालिक समयमा अतिरिक्त विकेट किपरले बल समाती पाँच जनालाई खेलबाट निस्कासन गरेको त्यो पहिलो कीर्तिमानी थियो। [३]

२१ अक्टोबर २०१८ का दिनबङ्गलादेशले जिम्बाब्वेको विरुद्धमा एकदिवसीय अन्तर्राष्ट्रिय श्र‌ृङ्खला खेलेको थियो जहाँ कायेसले १४० बलमा १४४ रन जोड्न सफल भएका थिए भने त्यस खेलपछि उनी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेशी क्रिकेट खेलाडीले सर्वाधिक रन बनाएका मुस्तफिजुर रहमानको कीर्तिमानीसँग बराबर गर्न समर्थ भएका थिए।

जिम्बाब्वेसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेका कायेसले तीन खेलमा कुल ३४९ रन बनाउन सफल भएका थिए भने उनले पहिलो, दोस र तेस्रो शृङ्खलामा क्रमशः १४४, ९० र ११५ रन जोडेका थए जसका कारण त्यस शृङ्खला बङ्गलादेशले आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। त्यस खेलसँगै तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा सर्वाधिक रन बनाउने बाबर आजम भन्दा कायेस ११ रनले पछि परेका थिए।

सन् २०११ विश्वकपमा[सम्पादन गर्नुहोस्]

सन् २०११ विश्वकप क्रिकेटमा बङ्गलादेशले भाग लिएको थियो भने यस प्रतियोगितामा बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो। सन् २०११ क्रिकेट विश्वकपमा कायेसले ३७.६० को अौसतमा १८८ रन बनाउन सफल भएका थिए भने उक्त प्रतियोगितामा उनले बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सर्वाधिक रन जोडेका थिए।[४] यस प्रतियोगितामा बङ्गलादेशको प्रतिनिधित्व गर्दै कायेसले इङ्ल्याण्ड र नेदरल्याण्डको विरुद्धमा दुई अर्थसतक प्रहार गरेका थिए जसका कारण उक्त दुवै खेलमा बङ्गलादेश विजयी भएको थियो। उक्त दुई खेलमा अर्धसतक रन बनाएका कायेसले यी दुवै खेलहरूको उत्कृष्ट खेलाडी समेत बनेका थिए भने यस खेलका उत्कृष्ट बलरको साफिउल इस्लाम बन्न सफल भएका थिए। मञ्जुरल इसलामसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलको पटकपटक खेलहरूमा उनी दोस्रो बङ्गलादेशी उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।[५]

घरेलु कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा बङ्गलादेश क्रिकेट महासङ्घले पहिलोपटक टि ट्वेण्टी क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो जसको नाम बङ्गलादेश प्रिमियर लिग थियो।[६] बङ्गलादेश प्रिमियर लिगको शुरूवात संस्करणमा ६ राष्ट्रिय टोलीले भाग लिएका थिए भने पहिलो बङ्गलादेश प्रिमियर लिग फेब्रुअरी २०१२बाट शुरू भएको थियो।[७] सुरुवाती चरणको लिगमा खेलाडी किन बेच गर्न शुरू गरिएको थियो भने कायेसलाई सिलेट रोयल्सले ५०,००० अमेरिकी डलरमा खरिद गर्दै यस टोलीमा आवद्ध गराएको थियो।[८] यस प्रतियोगिताको ७ खेलमा कायेसले कुल १०२ रन बनाउन सफल भएका थिए।[९] सन् २०१२ अप्रिलमा कायेस बङ्गलादेश क्रिकेट परिषद् द्वरा दोस्रो श्रेणीको क्रिकेट खेलाडीबाट प्रथम श्रेणीको क्रिकेट खेलाडीमा पदोन्नति भएका थिए। अक्टोबर २०१८ मा कायेसको नाम आउँदो बङ्गलादेश प्रिमियर लिगको संस्करणका लागि कुमिल्ला भिक्टोरियान्ससँग आवद्ध भएका थिए।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Bangladesh v New Zealand in 2008/9 वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-१७ मिति, Cricket World, 14 October 2008
  2. "Cricinfo – South Africa must show aggressive intent", ESPNcricinfo, अन्तिम पहुँच १९ नोभेम्बर २००८ 
  3. Ashraful handed top-level central contract, ESPNcricinfo, १ नोभेम्बर २०१०, अन्तिम पहुँच १ अप्रिल २०१२ 
  4. "ICC Cricket World Cup, 2010/11 / Records / Most runs", ESPNcricinfo, मूलबाट २ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०११ 
  5. Monga, Sidharth (१४ मार्च २०११), "Shakib hails Shafiul as key", ESPNcricinfo, अन्तिम पहुँच १० अक्टोबर २०११ 
  6. Isam, Mohammad (१९ जनवरी २०१२), Afridi and Gayle fetch highest BPL prices, ESPNcricinfo, अन्तिम पहुँच २० जनवरी २०१२ 
  7. Bangladesh Premier League: players standing after auction (PDF), ESPNcricinfo, अन्तिम पहुँच २० जनवरी २०१२ 
  8. Bangladesh Premier League, 2011/12 / Records / Most runs, ESPNcricinfo, अन्तिम पहुँच २१ मार्च २०१२ 
  9. Ashraful chopped from central contracts list, ESPNcricinfo, १ अप्रिल २०१२, अन्तिम पहुँच २ अप्रिल २०१२ 
  10. "Full players list of the teams following Players Draft of BPL T20 2018-19", Bangladesh Cricket Board, अन्तिम पहुँच २९ अक्टोबर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]