इम्तियाज अली (निर्देशक)
Jump to navigation
Jump to search
इम्तियाज अली Imtiaz Ali | |
---|---|
![]() सन् २०१२ मा इम्तियाज अली | |
जन्म | दरभङ्गा, बिहार, भारत[१] | १६ जुन १९७१
पेशा | चलचित्र निर्देशक, लेखक, निर्माता र अभिनेता |
कार्यकाल | सन् १९९५–वर्तमान |
जीवनसाथी | प्रीती अली |
सन्तान | १ |
आफन्त | खालिद अहमद (मामा) आरिफ अली र साजिद अली (भाइहरू) |
इम्तियाज अली (जन्म १६ जुन १९७१) एक भारतीय चलचित्र निर्देशक, निर्माता र लेखक हुन्। उनले टेलिभिजन कार्यक्रमहरू लेखन र निर्देशनबाट आफ्नो करियर सुरु गरेका थिए। उनले इम्तेहान, नैना र कुरुक्षेत्र जस्ता कार्यक्रमहरू निर्देशित गरेका थिए। सन् २००५ मा, उनले 'सोचा ना था'बाट निर्देशकको सुरुवात गरेका थिए, जुन बक्स अफिसमा फ्लप भएको थियो। त्यसपछि उनले 'जब वी मेट' (सन् २००७) को निर्देशनका लागि आलोचनात्मक र व्यावसायिक सफलता प्राप्त गरेका थिए। उनको त्यसपछिको निर्देशित चलचित्रहरू 'लभ आज कल' (सन् २००९) र 'रकस्टार' (सन् २०११) ले उनलाई एक प्रसिद्ध चलचित्र निर्देशक बनाएको छ।
प्रारम्भिक र व्यक्तिगत जीवन[सम्पादन गर्ने]
इम्तियाज अली दरभङ्गामा जन्मेका थिए[१][२] र उनले सुरुका केही वर्षहरू पटनामा बिताएका थिए।[३][४] उनी बिहारको दरभङ्गाको मुस्लिम परिवारका हुन्।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ Gupta, Priya (१३ मे २०१३), "I was an underachiever who lied to look better: Imtiaz Ali", The Times of India, अन्तिम पहुँच १३ जुलाई २०१९।
- ↑ Gupta, Priya (१३ मे २०१३), "I was an underachiever who lied to look better: Imtiaz Ali", The Times of India, अन्तिम पहुँच १३ जुलाई २०१९।
- ↑ "I'd like to give Jab We Met an overhaul: Imtiaz Ali", CNN-IBN, ६ जुन २००९, मूलबाट २००९-०६-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०११।
- ↑ "Imtiaz Ali mulls a film on Patna"।
- ↑ "Birthday Special: Imtiaz Ali dated a 14-year younger girl; had an affair with this Pakistani Actress!", News Track, १६ जुन २०१९।