इला भट्ट
इला भट्ट | |
---|---|
जन्म | अहमदाबाद, गुजरात | ७ सेप्टेम्बर १९३३
मृत्यु | २ नोभेम्बर २०२२ | (उमेर ८९)
वासस्थान | अहमदाबाद, गुजरात |
राष्ट्रियता | भारतीय |
पेशा | वकिल, परोपकारी |
जीवनसाथी | रमेश भट्ट |
पुरस्कार | पद्म श्री, पद्मभूषण, रमन म्याग्सेसे पुरस्कार |
वेबसाइट | sewa |
इला रमेश भट्ट (७ सेप्टेम्बर १९३३ – २ नोभेम्बर २०२२) एक भारतीय सहकारी आयोजक, कार्यकर्ता र गान्धीवादी थिइन्,[१] जसले सन् १९७२ मा स्वरोजगार महिला सङ्घ (सेवा) नामको महिला व्यापार संघको स्थापना गरेकी थिइन्, र सन् १९७२ देखि १९९६ सम्म यसको महासचिवको रूपमा सेवा गरेकी थिइन्। उनले भारतका महिलाहरूको सामाजिक र आर्थिक विकासको लागि महत्त्वपूर्ण कार्य गरेकी थिइन्। यसमा १२ लाख भन्दा धेरै महिला सदस्यहरू छन्। उनले सेवा सहकारी बैङ्कको पनि स्थापना गरेकी थिइन्। उनी ७ मार्च २०१५ देखि १९ अक्टोबर २०२२ सम्म गुजरात विद्यापिठको कुलपति थिइन्।[२] उनी १३ मे २०१० मा वर्षको निवानो शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]इला भट्टले सन् १९५६ मा रमेश भट्टसँग विवाह गरेकी थिइन्, त्यसपछि दम्पतीका दुई सन्तान अमिमायी (जन्म १९५८) र मिहिर (जन्म १९५९) भएका थिए।[३] उनी आफ्नो परिवारसँग गुजरातको अहमदाबादमा बस्दै आएकी थिइन्। उनको मृत्यु २ नोभेम्बर २०२२ मा भएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Duncan, Natricia (२७ जुन २०१४), "Empowering Indian women through employment", The Guardian।
- ↑ "Chancellors of Gujarat Vidyapith", Gujarat Vidyapith, अन्तिम पहुँच २ नोभेम्बर २०२२।
- ↑ "Awardees Biography", Ramon Magsaysay Award Foundation, मूलबाट १० जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१६ मिति
- ↑ "SEWA founder Elaben Bhatt passes away", Desh Gujarat, २ नोभेम्बर २०२२, अन्तिम पहुँच २ नोभेम्बर २०२२।