सामग्रीमा जानुहोस्

उत्पल दत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्पल दत्त
सन् २०१३ को एक स्ट्याम्पमा उत्पल दत्त
जन्म(१९२९-०३-२९)२९ मार्च १९२९
बरिसाल, ब्रिटिस्ट भारत
(हाल बङ्गलादेशमा)
मृत्यु१९ अगस्ट १९९३(1993-08-19) (उमेर ६४)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
पेशाअभिनेता, निर्देशक
कार्यकालसन् १९४७–१९९३
जीवनसाथी
सोभा सेन
(
वि १९६०⁠–⁠१९९३)
सन्तानविस्णुप्रय दत्त

उत्पल दत्त (listenⓘ) (जन्म:२९ मार्च १९२९-१९ अगस्ट १९९३) एक भारतिय अभिनेता र चलचित्र निर्देशक थिए। दत्त उनको सुरुवाती कार्यकालमा मूलतया बङ्गाली चलचित्रका एक अभिनेता थिए भने पछि उनी आधुनिक भारतीय चलचित्रका अग्रगामी व्यक्ति बनेका थिए जब उनले सन् १९४९ मा लिटिल थिएटर ग्रुप नामक एक संस्थाको सुरुवात गरे। यस समूहले तात्कालिक समयमा विभिन्न अङ्ग्रेजी लेखक र साहित्यकाहरूको कृतिमा आधारित छोटो चलचित्रको निर्माण गर्ने गरेको थियो। उनको नाटक उनको मार्क्सवादी विचारधाराको अभिव्यक्तिले बनेको थियो जसमा उनले एक समाजिक र राजनैतिक विषयलाई नाटकमा ल्याउने गरेका थिए। यस्ता विषयहरूमा आधारित नाटकहरू; कलोल (सन् १९६५), मुन्सर अधिकार, लोहा मानव (सन् १९६४), महा-विद्रोह आदि रहेका छन्। ४० वर्ष सम्मको चलचित्र कार्यकालमा दत्तले भारतिय र बङ्गाली सहित १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए भने उनका मृणाल सेनको भूवन सोम (सन् १९६९), सत्यजित रायको आगन्तुक (सन् १९९१), गौतम घोसको पद्म नाधिर माझी (सन् १९९३) र हरिसकस मुखर्जीको केही हास्यवेङ्ग्य चलचित्रहरू जस्तै गोल माल (सन् १९७९) र रङ्ग बिरङ्गी (सन् १९८३) आदि रहेका छन्। दत्तले १९९० को दशकमा उनको निधन हुनु भन्दा केही वर्ष अघि उनले एक नाटकमा मूर्तीकारको पनि भूमिका निभाएका थिए।[१][२][३][४]

दत्तलाई सन् १९७० मा उत्कृष्ट अभिनेताको रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरियो र ३ फिल्मफियर उत्कृष्ट हास्यवेङ्ग्य अवार्ड पनि प्रदान गरिएको थियो। सन् १९९० मा सङ्गीत नाटक सङ्घ, भारतिय राष्ट्रिय एकेडेमीले उनलाई परस्कृत गरेका थिए।

बाल्यकाल र शिक्षा

[सम्पादन]

उत्पल दत्त बङ्गलादेशको बरिसाल स्थित एक हिन्दस कासासा परिवार मा २९ मार्च १९२९ मा जन्मेका थिए। उनले प्रारम्भिक रूपमा सेन्ट एडमण्ड स्कूल, शिलगोंगमा अध्ययन गरे र पछि सन् १९४५ मा उनले सेन्ट जभियरको कलेजियट स्कूल, कोलकाताबाट म्याट्रिक्युलेसन पूरा गरेका थिए। सन् १९४९ मा उनले अङ्ग्रेजी साहित्यमा कलकत्ता स्थित विश्वविद्यालय कलकत्ता सेन्ट जेवियर कलेजबाट स्नातक गरेका थिए। उत्पल दत्तको बुवाको नाम गिरीजरञ्जन दत्त हो।[५]

कार्यकाल

[सम्पादन]

व्यक्तिगत जीवनी

[सम्पादन]

सन् १९६० मा दत्तले बङ्गाली नाटक र चलचित्र अभिनेत्री शोभा सेनसित विवाह गरे। उनीहरूको एउटै छोरी, विस्णुप्रिय दत्त नयाँ दिल्ली, जवाहरलाल नेहरू विश्वविद्यालय 'थियेटर र प्रदर्शन अध्ययन' स्कूल 'कला र सौंदर्यशास्त्र विभाग' अन्तर्गत प्रोफेसर हुन्।[६]

मृत्यु

[सम्पादन]

१९ अगस्ट १९९३ का दिन दत्त एसटीकेएम अस्पताल, कलकत्ता, पश्चिम बङ्गालबाट घर फर्किसकेपछि हृदयघातका कारण उनको मृत्यु भएको थियो।[७]

पुरस्कार र उपाधिहरू

[सम्पादन]
  • सन् १९९०
  • उत्कृष्ट अभिनेताको रूपमा राष्ट्रिय चलचित्र पुरस्कार – विजयी
    १९७० भूवन शोम – भूवन शधम
  • फिलिमफियर उत्कृष्ट हास्यवेङ्ग्य पुरस्कार – विजयी
    सन् १९८० गोल माल – भवानी शङ्कर
    १९८२ नरम गरम – भवानी शङ्कर
    सन् १९८७ रङ्ग बिरङ्गी – प्रहरी जवान
  • बङ्गाली चलचित्र अवार्ड : उत्कृष्ट अभिनेता अवार्ड – विजयी
    सन् १९९३ आगन्तुक – मनोमोहन मित्र
  • फिलिमफियर उत्कृष्ट सहायता अभिनेता पुरस्कार – मनोनीत
    सन् १९७५ अमानुस – महिम घोसाल
    १९८० गोल माल – भवानी शङ्कर
    सन् १९८६ सहाव – बदिर प्रसाद शर्मा

चलचित्रहरू

[सम्पादन]
वर्षचलचित्रचरित्रटिप्पणी
१९८४लाखों की बातमगन भाइ
१९८३रङ्ग बिरङ्गीपुलिस इनिस्पेक्टर
१९८२अङ्गुरराज तिलक, अशोकको बुवा
१९७९गोल मालभवानी शङ्कर
१९७९कर्तव्यदीवान धनपति राय
१९७८जय बाबा फेलुनाथमगनलाल मेघराज
१९७७ईमान धर्मबलबिर सिंह, फौजी
१९५६शुभलग्नबङ्गाली चलचित्र
१९५४विक्रम उर्वशीबङ्गाली चलचित्र
१९५०माइकल मधुसूदनबङ्गाली चलचित्र
१९५०विद्यासागरबङ्गाली चलचित्र

निर्देशक गरेका चलचित्रहरू

[सम्पादन]
वर्षचलचित्रटिप्पणी
सन् १९८४इन्काबल के बाद
१९८३माँबङ्गाली चलचित्र
१९८१बैशाखीबङ्गाली चलचित्र
१९७९झोर
१९६५घूम भङ्गर गानबङ्गाली चलचित्र
१९६१मेघबङ्गाली चलचित्र

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ अभिनेताको दिमाग भित्र मिन्ट पत्रिका, ३ जुलाई २००९
  2. ↑ उत्पल दत्तलाई सम्झना गरिँदै[स्थायी मृत कडी] उत्पल दत्त, स्क्रिन पत्रिका, २० अगस्ट २००४
  3. ↑ बङ्गाली चलचित्र क्षेत्र फ्रन्टलाइन पत्रिका, २२ जुन २००१
  4. ↑ मानिस फलामको मुकुट सहित द टेलिग्राफ (कलकत्ता), २६ अगस्ट २००६
  5. ↑ उत्पल दत्त द इण्डिपेण्डेण्ट, २१ अगस्ट १९९३
  6. ↑ उत्पल दत्त, द हिन्दु, २६ अक्टोबर २००७
  7. ↑ "गुगल समूह", ग्रुप्स डट गुगल डटकम, अन्तिम पहुँच २३ डिसेम्बर २०१५।

बाह्य कडीहरू

[सम्पादन]