उरिदू ओमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उरिदू ओमान
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापितसन् २००४ (नवरासको रूपमा); सन् २०१४ (उरिदूको रूपमा) इरान चार्ल्स डेञ्च (कार्यकारी)
केन्द्रीय कार्यालय,
ओमान
कर्मचारी सङ्ख्या
+१०००
वेबसाइटwww.ooredoo.om

उरिदू ओमान (पूर्व नवरास) मध्य पूर्वमा अवस्थित राष्ट्र ओमानको एक अग्रणी दूरसञ्चार कम्पनी हो जून कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको नियन्त्रणमा रहेको छ। यो ओमानको पहिलो निजी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो। यसले सन् २०१० सम्ममा २० लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। यसले दोस्रो पुस्ता, तेस्रो पुस्ता, वाइम्याक्स र फाइबर बीचमा आवाज तथा डाटा सेवाहरू बिक्री वितरण गर्दछ।

सन् २०१० यता, यसलाई ओमानको एक मात्र सेयर बजार मस्कट सेयर बजारमा सूचीबद्ध गरिएको छ।[१] बजार पूँजीकरणका हिसाबले यो चौथो ठूलो दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय ओमानको राजधानी मस्कटमा अवस्थित छ। यसको स्थापना सन् २००४ मा नवरासको रूपमा भएको थियो।[१] नोभेम्बर २०१४ मा, नवरास आधिकारिक रूपमा उरिदू ‌ओमानमा पुनर्गठित भएको थियो। अक्टोबर २०१५ मा उरिदू ओमान, ओमानको शीर्ष २० उत्कृष्ट सक्रिय कम्पनीहरूको रूपमा ५ वर्ष लगातार घोषित भएको थियो।

सेवाहरू[सम्पादन गर्नुहोस्]

व्यापारीक तथा आवासीय ग्राहकहरूका लागि उरिदू ‌ओमानले ल्याण्डलाइन आवाज सेवा प्रदान गर्दछ। यसले प्रिपेड तथा पोष्टपेड मोबाइल फोन योजना तथा विस्तृत पट्टि इण्टरनेट सेवाको (दुबै घर तथा मोबाइलका लागि) विस्तारित क्षेत्रमा सेवा प्रदान गर्दछ।[२] उरिदू ओमानले हालसालै पूर्ण सुविधा सम्पन्न गृह मनोरञ्जन दूर्दशन सेवाको सुरुवात गरेको छ जसमा यसले घरको लागि सेट टप बक्स र एन्ड्रोइड तथा आइओएस उपकरणहरूका लागि मोबाइल अनुप्रयोगको प्रयोग गर्दछ। यो मध्य पूर्वमा दूरदर्शन सेवा सञ्चालन गर्ने पहिलो दूरसञ्चार कम्पनी हो जसमा यसले बहु सामग्री प्रदायकहरू मार्फत ओटिटि प्रविधिको प्रयोग गरी प्रत्यक्ष दूर्दशन च्यानल तथा माग भएको श्रव्य दृश्य प्रदान गर्दै आइरहेको छ। यसले आफ्ना मोबाइल ग्राहकहरू र प्रतिस्पर्धीका मोबाइल ग्राहकहरूमा पनि यो सेवा प्रदान गर्दछ। ओरिदु ओमान एक समाज केन्द्रित कम्पनी हो। यसले ओमानमा सामाजिक तथा आर्थिक विकासमा योगदान गरेको छ। [२][३]

यसको दूर्दशन सामग्री प्रदायकहरूमा ष्टार्ज प्ले, युप टिभी, अल्ट बालाजी, ब्लु टिभी, अल जरिरा, युरो न्युज, फ्रान्स टिभी, इरोज नाउ, फिल्म बकस, होप्सटर, स्पुल लगायतका अन्तर्राष्ट्रिय दूर्दशन प्रदायकहरू समावेश छन् भने यसले अन्य च्यानलहरूको न्यून समयको अन्तरालमा थप्दै आइरहेको छ। गृह विस्तृत पट्टि तथा आवाज सेवा वाइम्याक्स प्रविधि मार्फत (माइक्रोवेव पहुँचको लागि विश्वव्यापी अन्तरक्रियाशीलता) प्रदान गरिएको छ। ओरिदु ओमान तेस्रो पुस्ताको सञ्चालन तथा सुरुवात गर्ने ओमानको पहिलो दूरसञ्चार कम्पनी हो भने वाइम्याक्स सेवा लागू गर्ने एकमात्र मोबाइल सञ्जाल सञ्चालक हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ समूह, अक्सफोर्ड व्यापार (२०१४-०१-१५), The Report: Oman 2014 (अङ्ग्रेजीमा), अक्सफोर्ड व्यापार समूह, आइएसबिएन 9781907065965 
  2. २.० २.१ "Ooredoo Oman achieves 9.5% growth in net profit" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०८-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०७ मिति
  3. "Ooredoo Oman to invest more than $150 million in network expansion", अन्तिम पहुँच २०१६-०८-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]