उल्लापाडा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उल्लापाडा

উল্লাপাড়া
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २४°१९.२′उ॰ ८९°३४′पू॰ / २४.३२००°N ८९.५६७°E / 24.3200; 89.567निर्देशाङ्कहरू: २४°१९.२′उ॰ ८९°३४′पू॰ / २४.३२००°N ८९.५६७°E / 24.3200; 89.567
देशबङ्गलादेश
विभागराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा४१४.४३ किमी (१६०.०१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा५४०,१५६
 • घनत्व१,३००/किमी (३,४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
[६७६०]
वेबसाइटhttp://ullapara.sirajganj.gov.bd/

उल्लापाडा (बाङ्ला: উল্লাপাড়া) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

उल्लापाडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१२' देखि २४°२६' उत्तर अक्षांश र ८९°२४' देखि ८९°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। उल्लापाडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४१४.४३ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई राईगञ्ज उपजिल्लाले उत्तर, शाहजादपुर उपजिल्लाले दक्षिण, बेलकुचिकामारखन्द उपजिल्लाले पूर्व, भाङ्गुडाताडाश उपजिल्लाले पश्चिमबाट घेरेको छ। कारटोया, गोअोला र बिलसुरुया आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

यस थनामा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो। यस थानामा सन् १९२२ मा यहाँका किसानहरूले मौलाना अब्दुर रसिद ताडकबागिसको नेतृत्वमा किसान आन्दोलन शुरू भएको थियो। मौलाना थाडकबागिसलाई पछि पक्राउ गरि ६ महिनाका लागि थुनामा राखिएको थियो। इतिहासमा यस अान्दोलनलाई सलङ्गा अान्दोलनले पनि चिनिन्छ। २० अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको घाटिना पुलमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा ५० बङ्गलादेशी लडाक र सर्वसाधारणहरूको मृत्यु भएको थियो भने १५ पाकिस्तानी सेना पनि मारिएका थिए। २३ अप्रिलका दिन पाकिस्तानी सेनाले यस उपजिल्लाका थुप्रै मानिसहरूको हत्या गरेका थिए भने सेनाले महिला माथि दुर्ववहार र घरटहरामा आगजनी समेत गरेका थिए। २५ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाका चरिया सिका र चरिया काली बाडीका थुप्रै सर्वसाधारणहरूलाई गोली हानी हत्या गरेका थिए। १४ डिसेम्बर १९७१ का दिन यस उपजिल्ला स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४४९२४३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २३१७४६ छ भने महिलाको जनसङ्ख्या २१७४९७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४२७९८६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २१२०५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५२ रहेको छ। यस उपजिल्लामा सन्थल र उराँव जनजातिहरू बसोबास गर्छन्।[३] यस उपजिल्लामा ७७१ मस्जिद, ८५ हिन्दु मन्दिर, ४ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९२.११% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३०% ले पोखरी, ०.४१% ले टुटी र ७.१८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा २ अस्पताल, १ शिशु हेरचाह तथा स्वस्थ्य जाँच केन्द्र, ११ परिवार नियोजन केन्द्र, ६ रोग लक्षण सम्बन्धित स्वास्थय केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १२.९४% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, प्याज, हरियो खुर्सानी, तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, तोरी, मुसुरो, रुख कटहर तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ६२ माछापालन केन्द्र, १९६ दुग्ध सङ्कलन केन्द्र तथा, २८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५९.०३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४% मजदुरीमा, उद्योगमा ७.०५%, वाणिज्यमा १३.६५%, सञ्चार र यातायातमा ३.२१%, निर्माण क्षेत्रमा १.०३%, सुविधामा ५.१२%, धार्मिक सेवामा ०.२२%, वैदेशिक रोजगारी तथा भाडामा ०.४८% र अन्यमा ६.२१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय उल्लापाडा थानाको स्थापना सन् १८७५ मा भएको थियो भने सन् २ जुलाई १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३९.६१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.८१% छ भने महिलाको साक्षरता दर ३४.०९% रहेको छ। यस उपजिल्लामा १९ क्याम्पस, ७१ माध्यमिक विद्यालय, २५१ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालय, २० बाल उद्धान केन्द्र र ८२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बाडा पाङ्शी उच्च विद्यालय (सन् १८९८), उल्लपाडा पाइलट उच्च बहुभाषिक उच्च विद्यालय (सन् १९०६), मोहनपुर केएम शिक्षण संस्था (सन् १९१५), सालोप उच्च विद्यालय (सन् १९०५), झाकिरा बन्दर नमुना सरकारी प्राथमिक विद्यालय (सन् १९०३), अली अकबर क्याम्पस, मोमिना आली बिगन विद्यालय, उद्हिनिया मानिकजान उच्च विद्यालय, उल्लापाडा अादर्श उच्च विद्यालय, श्रीबाडी हरिभङ्गा सरकारी प्राथमिक विद्यालय, कायरा फजिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ জুলাই ২০১৪), "এক নজরে উল্লাপাড়া উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "उल्लापाडा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস।", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]