एनएनआइपीए उत्कृष्ट खेलाडी २०७४
| एनएनआइपीए वर्ष उत्कृष्ट खेलाडी | |
|---|---|
| मिति | २०७५ पौष १३, शुक्रबार |
| स्थान | ललितपुर महानगरपालिका, पाटन |
| देश | |
| आयोजक | एनएनआइपिए |
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ(एनएनआइपिए) ले २०७५ पौष १३ गते एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरेको थियो । जस अन्तर्गत दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका थिए । सर्वोत्कृष्ट दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
ललितपुर महानगरपालिकाको वडा नं १६ सहआयोजनामा पौष १३ गते शुक्रबार पाटनमा भएको पुरस्कार वितरण कार्यक्रममा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी घोषित गदै पुरस्कृत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा सामेल २९ खेल सम्बन्धित खेल संघको सिफारिसमा २०७४ को प्रदर्शनका आधारमा उनीहरू उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
उत्कृष्ट खेलाडीहरू
[सम्पादन गर्नुहोस्]सबै खेलका उत्कृष्ट सबै खेलाडीहरूले एनएनआइपिएबाट ५ हजार र सम्बन्धित खेलको संघबाट ५ हजार गरी कुल जम्मा १० हजार रुपैयाँ प्राप्त गरेका थिए[१] ।
| खेलाडी | खेल |
|---|---|
| रमेश भट्टचन | आर्चरी |
| विश्वरूपमा बुढा | एथलेटिक्सकी |
| नङ्सल तामाङ | ब्याडमिन्टन |
| मनीषराज राजोपाध्याय | बास्केटबलका |
| बिमला श्रेष्ठ | बक्सिङ |
| स्व. नारायणगोपाल महर्जन | साइक्लिङ |
| फेन्सिङ | जंगा गिरी |
| साबित्रा भण्डारी | फुटबल |
| टंकबहादुर कार्की | गल्फ |
| बन्दना राई | ह्यान्डबल |
| मनोज चौधरी | हक्की |
| मनिता श्रेष्ठ प्रधान | जुडो |
| नागेश्वर थारु | कबड्डी |
| अनु अधिकारी | कराँते |
| सन्तोष बोहोरा | खोखो |
| प्रनभ खनाल | लन टेनिस |
| सुनिता तामाङ | नेसनल तेक्वान्दो |
| रुपेश सुनुवार | सेपाकताक्रो |
| सुस्मिता | सुटिङ |
| युकेश योञ्जन | सफ्ट टेनिस |
| भावना सुनुवार | स्क्वास |
| गौरिका सिंह | पौडी |
| स्यान्टु श्रेष्ठ | टेबल टेनिस |
| अस्मिता खड्का | तेक्वान्दो |
| बसन्त थारु | ट्रायथोलन |
| इम रानामगर | भलिबल |
| कमलबहादुर अधिकारी | भारोत्तोलन |
| माया लाहोर | कुस्ती |
| अमर सुनार | उसु |
आदर्श खेल व्यक्तित्व
[सम्पादन गर्नुहोस्]पुरस्कार कार्यक्रममा भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ता गजराज आदश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सर्वाधिक पदक जितेको खेल भारोत्तोलन रहेको थियो । देश भित्र भारोत्तालन विकासमा गुप्ताको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । गुप्त हाल नेपाल भारोत्तलन सङ्घका महासचिव समेत हुन् ।
उत्कृष्ट पत्रकार
[सम्पादन गर्नुहोस्]दुई दशक भन्दा लामो समय देखि खेलकुद पत्रकारितामा सक्रिय खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई खेलाडी संघले एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो । २०५२ सालमा समाचार पत्रबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी हाल बिबिसी नेपाली सेवामा कार्यरत छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष राजवंशी एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) का कोषाध्यक्ष हुन् ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ खेलकुद "करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व", अन्तिम पहुँच शुक्रबार, पौष १३, २०७५।[स्थायी मृत कडी]