गौरिका सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गौरिका सिंह
१२औँ दक्षिण एसियाली खेलकूदमा कास्य पदक जितेपछि, गौरिका
व्यक्तिगत विबरण
पूरा नाम:गौरिका सिंह
राष्ट्रियता:नेपाली
जन्म: (२००२-१०-२६) २६ अक्टोबर २००२ (उमेर १६)[१]
उचाइ:१५५ सेमी[१]
तौल:४५ किग्रा
खेल
खेल:पौडी
स्ट्रोक(हरू)फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, मेड्ली
क्लबबार्नेट कोप्टहल क्लब
प्रशिक्षकरेज गोर्म्ली
क्रिस्टिन ग्रिन

गौरिका सिंह (अङ्ग्रेजी: Gaurika Singh) नेपालको महिला पौडी खेलाडी हुन्। उनले २०१६ दक्षिण एसियाली खेलमा पौडी खेलमा रजत पदक जितेकी थिइन् ।[२][३][४] उनी २०१६ ओलम्पिकमा पौडीमा नेपालको तर्फबाट सहभागि हुने उनी २०१६ ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी पनि हुन् । [५]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खेल जीवन[सम्पादन गर्ने]

आठौं राष्ट्रिय खेलकुद २०७५-७६[सम्पादन गर्ने]

आठौं राष्ट्रिय खेलकुद: राष्ट्रिय खेलकुदमा पहिलोपल्ट सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर कीर्तिमान बराबरी गरेकी छन् । बि. सं. २०६५ सालमा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा करिस्मा कार्कीले १२ स्वर्ण जितेको कीर्तिमान गौरिकाले बराबरी गरेकी हुन् ।[६]
आठौंमा गौरिकाले स्वर्ण जितेको इभेन्ट र टाइमिङ[७]
पदक प्रकार स्पर्धा समय
स्वर्ण ८०० मिटर फ्रिस्टायल ९ मिनेट ३९.२२ सेकेण्ड
स्वर्ण ५० मिटर ब्याकस्ट्रोक ३०.८५ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४०० मिटर फ्रिस्टायल ४ मिनेट ४४.८१ सेकेण्ड
स्वर्ण १०० मिटर फ्रिस्टायल ५९.६२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण २०० मिटर ब्याकस्ट्रोक २ मिनेट ४१.२५ सेकेण्ड
स्वर्ण २०० मिटर फ्रिस्टायल २ मिनेट ०९.१९ सेकेण्ड
स्वर्ण १०० मिटर बटरफ्लाई १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४ गुणा १०० मिटर मिड्ले रिले ४ मिनेट ५१.८९ सेकेण्ड
स्वर्ण २०० मिटर इन्डिभिजुएल मिड्ले रिले २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ५० मिटर फ्रिस्टायल २७.५९ सेकेण्ड (कीर्तिमान)
स्वर्ण १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४ गुणा १०० मिटर फ्रिस्टायल रिले ४ मिनेट २१.४१ सेकेण्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Gaurika Singh. rio2016.com
  2. "Singh claims historic individual medal in swimming - The Himalayan Times", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०१६-०२-०८ 
  3. "Nepal bag 5 more medals in SAG, Gaurika Singh sets national record in swimming - The Himalayan Times", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०१६-०२-०८ 
  4. "Nepal adds one each silver and bronze to medal count", kathmandupost.ekantipur.com, अन्तिम पहुँच २०१६-०२-०९ 
  5. http://www.myrepublica.com/news/3186
  6. गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर-कान्तिपुर दैनिक
  7. पहिलोपोस्ट, गोल्डेन स्विमर गौरिका pahilopost.com,प्रकाशित मिति: 24th April 2019, 07:27 pm | ११ बैशाख २०७६

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]