एन्ड्र्यु गारफिल्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ड्र्यु गारफिल्ड
जन्मएन्ड्र्यु रस्सल गारफिल्ड
२० अगस्ट १९८३
लस एन्जेलस, क्यालिफोर्निया
पेशाअभिनेता
कार्यकाल२००४ - हाल

एन्ड्र्यु रस्सल गारफिल्ड[१] (जन्म २० अगस्ट, १९८३) एक ब्रिटिश-अमेरिकी[२][३][४] अभिनेता हुन जो थुप्रै रेडियो, टेलिभिजन, चलचित्र, तथा नाटकमा प्रस्तुत भएका छन। उनको पूर्व भूमिकाहरूमा चलचित्र लायन्स फर ल्याम्बस, द ईम्याजिनेरियम अफ डक्टर पारन्यासस, र बोइ ए पर्दछन र 'बोइ ए'का लागि उनलाई २००७मा बाफ्टा पुरस्कार (सर्वश्रेष्ठ अभिनेता) प्राप्त गरेका छन।

गारफिल्डले २०१०को चलचित्र द सोसियल नेटवर्कमा एड्वार्डो साभरिनको भुमिका निभाए पछि व्यापक नाम र समालोचकहरूको प्रशंसा प्राप्त गरे। यसको लागि उनले दुई बाफ्टा र एक गोल्डेन ग्लोब नामांकन पनि प्राप्त गरे। गारफिल्डसँग संयुक्त राज्य अमेरिकायुनाइटेड किंगडमको दोहोरो नागरिकता छ।[५] उनी २०१२को सुपर हिरो चलचित्र द अमेजिन्ग स्पाइडर-म्यानमा स्पाइडर-म्यानको मुख्य भुमिका निर्वाह गर्दैछन।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

गारफिल्ड लस एन्जलसमा जन्मिएका हुन। उनको आमा एसेक्सकी एक ब्रिटिश नागरिक हुन भने पिता क्यालिफोर्नियाका अमेरिकी।[६][७] उनको परिवार उनी तीन वर्षको हुँदा इङ्ल्यान्ड सरेका थिए।[६] गारफिल्ड एक यहूदी[८] हुन र "मध्यम वर्ग"को घरमा उनी हुर्किएका थिए।[८] उनको माता पिताले सानो इन्टेरियर डिजाइनिन्गको व्यापार गर्दथे; उनको पिता, रिचर्ड, गिल्डफोर्ड सिटि स्विमिन्ग क्लबको प्रमुख प्रशिक्षक बने र उनको आमा एक नर्सरी स्कुलमा शिक्षण सहायक छिन। उनको एक ठुलो दाइ पनि छन जो एक डाक्टर हुन।[९][१०] गारफिल्ड सर्रि, इङ्ल्यान्डमा हुर्किएका थिए र आफ्नो प्रारंभिक वर्षमा एक जिम्निस्ट थिए।[७][१०] उनले बानस्टेडमा प्रायरी प्रिपरेटरी स्कुल र पछि नजीकै एशटेडमा सिटि अफ लन्डन फ्रिमेन्स स्कुलमा पढेका हुन। उनले सेन्ट्रल स्कुल अफ स्पिच एन्ड ड्रामाबाट प्रशिक्षण लिएर सन् २००४मा स्नातक गरे।[१०][११]

करियर[सम्पादन गर्नुहोस्]

गारफिल्ड बाह्र वर्षदेखि नै गिलफोर्डमा अभिनयको कक्षाहरू लिन शुरू गरेका थिए र सानै उमेरमा "बग्सी मालोन" भन्ने नाटकमा पनि खेलेका थिए।[९] उनले एप्सोममा एक युवा थिएटर कार्यशाला समूहमा समावेश भए र मुख्य रूपले स्टेज अभिनेताको रूपमा काम गर्न शुरू गरे। २००४मा उनले म्यान्चेस्टर रोयल एक्सचेन्ज थिएटरमा "केस" भन्ने नाटकमा आफ्नो प्रदर्शनको लागि "अ मेन थिएटर" र २००६मा सर्वश्रेष्ठ नवागन्तुक "ईभनिन्ग स्ट्यान्डर्ड थिएटर" पुरस्कार जिते।[१२]

गारफिल्डले आफ्नो ब्रिटिश टेलिभिजन शुरुवात २००५मा च्यानल ४को किशोर नाटक "सुगर रश"बाट गरे।[१२] २००७मा डक्टर हुको तेश्रो शृङ्खलामा एपिसोड "डालेक्स ईन म्यान्ह्याट्न" र "ईभोल्युशन अफ द डालेक्स"मा देखा परेर उनले सबैको ध्यान खिचे। अक्टोबर २००७मा भराईटिले उनलाई आफ्नो "१० एक्टर्स टु वाच"मा समावेश गरेको थियो[१३] र उनी नोभेम्बर २००७मा "लायन्स फर ल्याम्ब्स" नामक नाटकमा एक अमेरिकी विश्वविद्यालयको छात्रको भुमिकामा देखिए। त्यहि महिना उनी च्यानल ४को चलचित्र "बोइ ए"मा देखिए जसको लागि उनले २००८को सर्वश्रेष्ठ अभिनेता - बाफ्टा जिते। २००८मा उनले "द अदर बोलेन गर्ल"मा सानो भुमिका गरेका थिए[१३]बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भविष्यको उदयिमान कलाकार मध्ये एक घोषित भएका थिए।

गारफिल्ड भोग पत्रिकाको डिसेम्बर २००९ अकंमा "ह्यान्सेल एन्ड ग्रेटल" शीर्षक फोटो शुटमा मोडेल पनि बने। त्यहि वर्षमा गारफिल्डले टेरि गिलियमको चलचित्र "द ईम्याजिनेरियम अफ डक्टर पार्न्यासस्"[८] र द रेड राईडिंग टेलिभिजन शृङ्खलामा सहायक भूमिका निभाएका थिए। २०१०मा उनले जापानी मूलका ब्रिटिश लेखक काजुओ इशिगुरोको उपन्यासमा आधारित चलचित्र "नेभर लेट मि गो"[१४] र डेभिड फिन्चरको फेसबुकका संस्थापकहरूको बारेमा आधारित चलचित्र "द सोसियल नेटवर्कमा" अभिनय गरेका थिए। त्यो चलचित्रको लागि उनले दुईवटा बाफ्टा अवार्ड("सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेता" र "बाफ्टा राइजिंग स्टार") र गोल्डेन ग्लोब अवार्ड (सर्वश्रेष्ठ सहायक अभिनेता)को नामांकन प्राप्त गरे।[१५] १४ डिसेम्बर २०१० मा, "द सोसियल नेटवर्क"ले ६८ औँ वार्षिक गोल्डन ग्लोब अवार्डमा छवटा नामांकन प्राप्त गर्‍यो जस मध्ये यसले १६ डिसेम्बर २०११मा चारवटा पुरस्कार जित्न सफल भयो।

५ जनवरी २०१०मा गारफिल्ड म्याडिसन स्क्वेर गार्डेनमा द आर्केड फायर वेबकास्टको पूर्व-शोमा टेरि गिलियमको सहायकको रूपमा देखा परे। १२ सेप्टेम्बर २०१० मा, उनी जेस्से आईजेनबर्गजस्टिन टिम्बरलेकसँग २०१० एमटिभि भिएमएको सह-प्रस्तोता पनि भए।[१६]

मार्च २०१० मा, एन्ड्र्युले आफ्नो ब्रडवे डेब्यु एथेल ब्यारिमोर थिएटरमा माइक निकोल्सद्वारा निर्देशित नाटक "डेथ अफ अ सेल्सम्यान"मा बिफ लोह्म्यानको भुमिकाबाट गरे।[१७]

गारफिल्ड एम्मा स्टोनसँग मार्क वेबको "द अमेजिन्ग स्पाइडर म्यान"मा स्पाइडर म्यानको मुख्य भुमिका खेल्न छानिएका छन।[१८][१९][२०] यस चलचित्रको छायाङ्कन डिसेम्बर २०१०मा शुरू भएको थियो र ३ जुलाई २०१२मा रिलिज हुने निर्धारित छ।

कामहरूको सूची[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

शीर्षक वर्ष भुमिका टिप्पणी
लायन्स फर ल्याम्बस २००७ टड हेएस
बोइ ए २००७ ज्याक बरिड्ज / एरिक विल्सन ब्रिटिश अक्याडेमि टेलिभिजन अवार्ड: सर्वश्रेष्ठ अभिनेता
अदर बोलिन गर्ल, दद अदर बोलिन गर्ल २००८ फ्रान्सिस वेस्टन श्रेय मात्र
ईम्याजिनेरियम अफ डक्टर पारन्यासस, दद ईम्याजिनेरियम अफ डक्टर पारन्यासस २००९ एन्टन
रेड राईडिन्ग २००९ एडि डन्फर्ड
नेभर लेट मि गो २०१० टम्मि
सोसियल नेटवर्क, दद सोसियल नेटवर्क २०१० एड्वार्डो साभरिन

नामांकित – टिन चोईस अवार्ड: चोईस मुभि सिन स्टीलर मेल
आई एम हियर २०१० शेलडन लघु चलचित्र
अमेजिन्ग स्पाइडर-म्यान, दद अमेजिन्ग स्पाइडर-म्यान २०१२ पिटर पार्कर / स्पाइडर-म्यान निर्माणको क्रममा
गारफिल्ड सेप्टेम्बर ११, २०१०को टोरोन्टो फिल्म महोत्सवमा

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भुमिका टिप्पणी
२००५ स्विन्गिन्ग विभिन्न भुमिकाहरू
सुगर रश टम
२००६ सिमोन शामाज पावर अफ आर्ट: काराभागियो केटा
२००७ डक्टर व्हु फ्र्यान्क भाग: "डालेक्स ईन म्यानह्याटन"
भाग: "ईभोलुशन अफ द डालेक्स"
फ्रिजिन्ग किट
ब्याश
ट्रायल एन्ड रेट्रिब्युशन एक्स आई: क्लोजर मार्टिन डगलस
२००९ रेड राईडिन्ग एडि डनफर्ड
२०११ स्याटरडे नाईट लाईभ क्यामियो

भिडियो गेम्स[सम्पादन गर्नुहोस्]

शीर्षक भूमिका वर्ष
द अमेजिन्ग स्पाइडर-म्यान पिटर पार्कर / स्पाइडर-म्यान (आवाज) २०१२

स्टेज[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
२००४ मर्सी डेक्कि सोहो थिएटर
केस[९] बिल्लि म्यान्चेस्टर रोयल एक्सचेन्ज
२००५ द लरामि प्रजेक्ट विभिन्न पात्रहरू साउन्ड थिएटर
रोमियो एन्ड जुलियट रिमियो म्यान्चेस्टर रोयल एक्सचेन्ज
२००६ बिउटिफुल थिन्ग जेमि साउन्ड थिएटर
बर्न / च्याटरुम / सिटिजेन्सिप बर्डम्यान/जिम/स्टिफन रोयल नेशनल थिएटर
द ओभरव्हेल्मिन्ग जोफ्रि युके टुर
२०१२ डेथ अफ अ सेल्सम्यान बिफ लोमन ब्रडवे रिभाइभल

रेडियो[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भुमिका टिप्पणी
२००५ चर्च रबर्ट
सिजर एन्टिनस रेडियो शृङ्खला; अतिथि भुमिका

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Baftas: The Actors", Metro, अप्रिल १५, २००८, अन्तिम पहुँच डिसेम्बर २८, २००९  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १३, २०१० मिति
  2. Los Angeles Times http://herocomplex.latimes.com/2010/11/16/spider-man-star-andrew-garfield-who-cast-this-english-fool-tobey-maguire-is-genius/ |url= शीर्षक नै (सहायता) 
  3. Donaldson, Brian (फेब्रुअरी १५, २००९), "Rising Star", The Sunday Herald, अन्तिम पहुँच जुलाई १५, २०१० 

    "Q: You were born in California but moved to Britain at the age of three. How American do you feel?

    Andrew Garfield: ... I feel equally at home in both places. I don't feel any more or less either one, but enjoy having a varied cultural existence."

  4. Paskin, Willa (डिसेम्बर २५, २००९), "The New Leading Man: Andrew Garfield", Black Book Magazine, अन्तिम पहुँच जुलाई १६, २०१०  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २९, २००९ मिति

    Andrew Garfield: I have two nationalities, so I can be either here or there, so it doesn’t really matter. I’m ok with being kind of slightly nomadic.

  5. Associated Press (अगस्ट १, २००८), "Andrew Garfield: From unknown to ‘Boy A’", MSNBC, अन्तिम पहुँच मे २७, २०१० 
  6. ६.० ६.१ Shenton, Mark (मे १५, २००६), "Andrew Garfield", Broadway.com in London, मूलबाट फेब्रुअरी ७, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ८, २००७ 
  7. ७.० ७.१ Fielder, Miles (नोभेम्बर १, २००७), "Andrew Garfield", The List, अन्तिम पहुँच नोभेम्बर ८, २००७ 
  8. ८.० ८.१ ८.२ Carnevale, Rob (११/०७), "Lions For Lambs – Andrew Garfield interview", IndieLondon, अन्तिम पहुँच नोभेम्बर १२, २००७ 
  9. ९.० ९.१ ९.२ Albiston, Isabel (अक्टोबर २७, २००७), "Andrew Garfield: ready for take-off", The Daily Telegraph (London), अन्तिम पहुँच नोभेम्बर ८, २००७ 
  10. १०.० १०.१ १०.२ Singh, Anita (जुलाई २, २०१०), "Andrew Garfield as Spider-Man: who is he?", The Daily Telegraph (London), अन्तिम पहुँच जुलाई २, २०१० 
  11. http://www.yourlocalguardian.co.uk/news/local/epsomnews/9069069.Priory_Preparatory_celebrates_90_year_anniversary/  |title= रितो (सहायता)
  12. १२.० १२.१ Graham, Jane (अक्टोबर ७, २०१०), "Andrew Garfield: our No 1 hottest young British movie talent", London: The Guardian, अन्तिम पहुँच अक्टोबर २५, २०१० 
  13. १३.० १३.१ Idelson, Karen (नोभेम्बर १२, २००७), "Andrew Garfield: 'Lions' actor certainly not a lamb anymore", Variety, अन्तिम पहुँच अक्टोबर १९, २००७ 
  14. Jaafar, Ali (मार्च १, २००९), "Keira Knightley set for 'Never'", Variety, अन्तिम पहुँच मे १६, २००९ 
  15. UKPA (डिसेम्बर १४, २०१०), "Firth film leads Golden Globe nods", The Press Association, अन्तिम पहुँच डिसेम्बर २५, २०१० [dead link]
  16. "Andrew Garfield", TVGuide.com, सेप्टेम्बर ९, २०१०। 
  17. "Death of a Salesman, Starring Philip Seymour Hoffman and Andrew Garfield, Opens on Broadway", Broadway.com, मार्च १५, २०१२। 
  18. "It's Official! Andrew Garfield to Play Spider-Man!", ComingSoon.net, CraveOnline, जुलाई १, २०१०, अन्तिम पहुँच जुलाई १, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे ९, २०२२ मिति
  19. "British actor Andrew Garfield cast as new Spider-Man", BBC, जुलाई २, २०१०, अन्तिम पहुँच जुलाई ५, २०१० 
  20. Dave, Itzoff (जुलाई २, २०१०), "New ‘Spider-Man’ Finds Its New Spider-Man", The New York Times, अन्तिम पहुँच जुलाई ५, २०१० 
  21. "Firth, Garfield, Ahmed compete at Evening Standard Awards", ScreenDaily, २०११, अन्तिम पहुँच जनवरी २१, २०११ 

बाह्य लिन्कस्‌हरू[सम्पादन गर्नुहोस्]