एन्ड्र्यु गारफिल्ड
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एन्ड्र्यु गारफिल्ड | |
|---|---|
एन्ड्र्यु २०११को सान डिएगो कमिक-कन ईन्टरनेशनलमा | |
| जन्म | एन्ड्र्यु रस्सल गारफिल्ड २० अगस्ट १९८३ लस एन्जेलस, क्यालिफोर्निया |
| पेशा | अभिनेता |
| कार्यकाल | २००४ - हाल |
एन्ड्र्यु रस्सल गारफिल्ड[१] (जन्म २० अगस्ट, १९८३) एक ब्रिटिश-अमेरिकी[२][३][४] अभिनेता हुन जो थुप्रै रेडियो, टेलिभिजन, चलचित्र, तथा नाटकमा प्रस्तुत भएका छन। उनको पूर्व भूमिकाहरूमा चलचित्र लायन्स फर ल्याम्बस, द ईम्याजिनेरियम अफ डक्टर पारन्यासस, र बोइ ए पर्दछन र 'बोइ ए'का लागि उनलाई २००७मा बाफ्टा पुरस्कार (सर्वश्रेष्ठ अभिनेता) प्राप्त गरेका छन।
गारफिल्डले २०१०को चलचित्र द सोसियल नेटवर्कमा एड्वार्डो साभरिनको भुमिका निभाए पछि व्यापक नाम र समालोचकहरूको प्रशंसा प्राप्त गरे। यसको लागि उनले दुई बाफ्टा र एक गोल्डेन ग्लोब नामांकन पनि प्राप्त गरे। गारफिल्डसँग संयुक्त राज्य अमेरिका र युनाइटेड किंगडमको दोहोरो नागरिकता छ।[५] उनी २०१२को सुपर हिरो चलचित्र द अमेजिन्ग स्पाइडर-म्यानमा स्पाइडर-म्यानको मुख्य भुमिका निर्वाह गर्दैछन।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]गारफिल्ड लस एन्जलसमा जन्मिएका हुन। उनको आमा एसेक्सकी एक ब्रिटिश नागरिक हुन भने पिता क्यालिफोर्नियाका अमेरिकी।[६][७] उनको परिवार उनी तीन वर्षको हुँदा इङ्ल्यान्ड सरेका थिए।[६] गारफिल्ड एक यहूदी[८] हुन र "मध्यम वर्ग"को घरमा उनी हुर्किएका थिए।[८] उनको माता पिताले सानो इन्टेरियर डिजाइनिन्गको व्यापार गर्दथे; उनको पिता, रिचर्ड, गिल्डफोर्ड सिटि स्विमिन्ग क्लबको प्रमुख प्रशिक्षक बने र उनको आमा एक नर्सरी स्कुलमा शिक्षण सहायक छिन। उनको एक ठुलो दाइ पनि छन जो एक डाक्टर हुन।[९][१०] गारफिल्ड सर्रि, इङ्ल्यान्डमा हुर्किएका थिए र आफ्नो प्रारंभिक वर्षमा एक जिम्निस्ट थिए।[७][१०] उनले बानस्टेडमा प्रायरी प्रिपरेटरी स्कुल र पछि नजीकै एशटेडमा सिटि अफ लन्डन फ्रिमेन्स स्कुलमा पढेका हुन। उनले सेन्ट्रल स्कुल अफ स्पिच एन्ड ड्रामाबाट प्रशिक्षण लिएर सन् २००४मा स्नातक गरे।[१०][११]
करियर
[सम्पादन गर्नुहोस्]गारफिल्ड बाह्र वर्षदेखि नै गिलफोर्डमा अभिनयको कक्षाहरू लिन शुरू गरेका थिए र सानै उमेरमा "बग्सी मालोन" भन्ने नाटकमा पनि खेलेका थिए।[९] उनले एप्सोममा एक युवा थिएटर कार्यशाला समूहमा समावेश भए र मुख्य रूपले स्टेज अभिनेताको रूपमा काम गर्न शुरू गरे। २००४मा उनले म्यान्चेस्टर रोयल एक्सचेन्ज थिएटरमा "केस" भन्ने नाटकमा आफ्नो प्रदर्शनको लागि "अ मेन थिएटर" र २००६मा सर्वश्रेष्ठ नवागन्तुक "ईभनिन्ग स्ट्यान्डर्ड थिएटर" पुरस्कार जिते।[१२]
गारफिल्डले आफ्नो ब्रिटिश टेलिभिजन शुरुवात २००५मा च्यानल ४को किशोर नाटक "सुगर रश"बाट गरे।[१२] २००७मा डक्टर हुको तेश्रो शृङ्खलामा एपिसोड "डालेक्स ईन म्यान्ह्याट्न" र "ईभोल्युशन अफ द डालेक्स"मा देखा परेर उनले सबैको ध्यान खिचे। अक्टोबर २००७मा भराईटिले उनलाई आफ्नो "१० एक्टर्स टु वाच"मा समावेश गरेको थियो[१३] र उनी नोभेम्बर २००७मा "लायन्स फर ल्याम्ब्स" नामक नाटकमा एक अमेरिकी विश्वविद्यालयको छात्रको भुमिकामा देखिए। त्यहि महिना उनी च्यानल ४को चलचित्र "बोइ ए"मा देखिए जसको लागि उनले २००८को सर्वश्रेष्ठ अभिनेता - बाफ्टा जिते। २००८मा उनले "द अदर बोलेन गर्ल"मा सानो भुमिका गरेका थिए[१३] र बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भविष्यको उदयिमान कलाकार मध्ये एक घोषित भएका थिए।
गारफिल्ड भोग पत्रिकाको डिसेम्बर २००९ अकंमा "हेन्सल र ग्रेटल" शीर्षक फोटो शुटमा मोडेल पनि बने। त्यहि वर्षमा गारफिल्डले टेरि गिलियमको चलचित्र "द ईम्याजिनेरियम अफ डक्टर पार्न्यासस्"[८] र द रेड राईडिंग टेलिभिजन शृङ्खलामा सहायक भूमिका निभाएका थिए। २०१०मा उनले जापानी मूलका ब्रिटिश लेखक काजुओ इशिगुरोको उपन्यासमा आधारित चलचित्र "नेभर लेट मि गो"[१४] र डेभिड फिन्चरको फेसबुकका संस्थापकहरूको बारेमा आधारित चलचित्र "द सोसियल नेटवर्कमा" अभिनय गरेका थिए। त्यो चलचित्रको लागि उनले दुईवटा बाफ्टा अवार्ड("सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेता" र "बाफ्टा राइजिंग स्टार") र गोल्डेन ग्लोब अवार्ड (सर्वश्रेष्ठ सहायक अभिनेता)को नामांकन प्राप्त गरे।[१५] १४ डिसेम्बर २०१० मा, "द सोसियल नेटवर्क"ले ६८ औँ वार्षिक गोल्डन ग्लोब अवार्डमा छवटा नामांकन प्राप्त गर्यो जस मध्ये यसले १६ डिसेम्बर २०११मा चारवटा पुरस्कार जित्न सफल भयो।
५ जनवरी २०१०मा गारफिल्ड म्याडिसन स्क्वेर गार्डेनमा द आर्केड फायर वेबकास्टको पूर्व-शोमा टेरि गिलियमको सहायकको रूपमा देखा परे। १२ सेप्टेम्बर २०१० मा, उनी जेस्से आईजेनबर्ग र जस्टिन टिम्बरलेकसँग २०१० एमटिभि भिएमएको सह-प्रस्तोता पनि भए।[१६]
मार्च २०१० मा, एन्ड्र्युले आफ्नो ब्रडवे डेब्यु एथेल ब्यारिमोर थिएटरमा माइक निकोल्सद्वारा निर्देशित नाटक "डेथ अफ अ सेल्सम्यान"मा बिफ लोह्म्यानको भुमिकाबाट गरे।[१७]
गारफिल्ड एम्मा स्टोनसँग मार्क वेबको "द अमेजिन्ग स्पाइडर म्यान"मा स्पाइडर म्यानको मुख्य भुमिका खेल्न छानिएका छन।[१८][१९][२०] यस चलचित्रको छायाङ्कन डिसेम्बर २०१०मा शुरू भएको थियो र ३ जुलाई २०१२मा रिलिज हुने निर्धारित छ।
कामहरूको सूची
[सम्पादन गर्नुहोस्]चलचित्र
[सम्पादन गर्नुहोस्]| शीर्षक | वर्ष | भुमिका | टिप्पणी |
|---|---|---|---|
| लायन्स फर ल्याम्बस | २००७ | टड हेएस | |
| बोइ ए | २००७ | ज्याक बरिड्ज / एरिक विल्सन | ब्रिटिश अक्याडेमि टेलिभिजन अवार्ड: सर्वश्रेष्ठ अभिनेता |
| द अदर बोलिन गर्ल | २००८ | फ्रान्सिस वेस्टन | श्रेय मात्र |
| द ईम्याजिनेरियम अफ डक्टर पारन्यासस | २००९ | एन्टन | |
| रेड राईडिन्ग | २००९ | एडि डन्फर्ड | |
| नेभर लेट मि गो | २०१० | टम्मि |
|
| द सोसियल नेटवर्क | २०१० | एड्वार्डो साभरिन |
नामांकित – टिन चोईस अवार्ड: चोईस मुभि सिन स्टीलर मेल |
| आई एम हियर | २०१० | शेलडन | लघु चलचित्र |
| द अमेजिन्ग स्पाइडर-म्यान | २०१२ | पिटर पार्कर / स्पाइडर-म्यान | निर्माणको क्रममा |
टेलिभिजन
[सम्पादन गर्नुहोस्]| वर्ष | शीर्षक | भुमिका | टिप्पणी |
|---|---|---|---|
| २००५ | स्विन्गिन्ग | विभिन्न भुमिकाहरू | |
| सुगर रश | टम | ||
| २००६ | सिमोन शामाज पावर अफ आर्ट: काराभागियो | केटा | |
| २००७ | डक्टर व्हु | फ्र्यान्क | भाग: "डालेक्स ईन म्यानह्याटन" भाग: "ईभोलुशन अफ द डालेक्स" |
| फ्रिजिन्ग | किट | ||
| ब्याश | |||
| ट्रायल एन्ड रेट्रिब्युशन एक्स आई: क्लोजर | मार्टिन डगलस | ||
| २००९ | रेड राईडिन्ग | एडि डनफर्ड | |
| २०११ | स्याटरडे नाईट लाईभ | क्यामियो |
भिडियो गेम्स
[सम्पादन गर्नुहोस्]| शीर्षक | भूमिका | वर्ष |
|---|---|---|
| द अमेजिन्ग स्पाइडर-म्यान | पिटर पार्कर / स्पाइडर-म्यान (आवाज) | २०१२ |
स्टेज
[सम्पादन गर्नुहोस्]| वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
|---|---|---|---|
| २००४ | मर्सी | डेक्कि | सोहो थिएटर |
| केस[९] | बिल्लि | म्यान्चेस्टर रोयल एक्सचेन्ज | |
| २००५ | द लरामि प्रजेक्ट | विभिन्न पात्रहरू | साउन्ड थिएटर |
| रोमियो एन्ड जुलियट | रिमियो | म्यान्चेस्टर रोयल एक्सचेन्ज | |
| २००६ | बिउटिफुल थिन्ग | जेमि | साउन्ड थिएटर |
| बर्न / च्याटरुम / सिटिजेन्सिप | बर्डम्यान/जिम/स्टिफन | रोयल नेशनल थिएटर | |
| द ओभरव्हेल्मिन्ग | जोफ्रि | युके टुर | |
| २०१२ | डेथ अफ अ सेल्सम्यान | बिफ लोमन | ब्रडवे रिभाइभल |
रेडियो
[सम्पादन गर्नुहोस्]| वर्ष | शीर्षक | भुमिका | टिप्पणी |
|---|---|---|---|
| २००५ | चर्च | रबर्ट | |
| सिजर | एन्टिनस | रेडियो शृङ्खला; अतिथि भुमिका |
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Baftas: The Actors", Metro, अप्रिल १५, २००८, अन्तिम पहुँच डिसेम्बर २८, २००९। अभिलेखिकरण अप्रिल १३, २०१० वेब्याक मेसिन
- ↑ Los Angeles Times http://herocomplex.latimes.com/2010/11/16/spider-man-star-andrew-garfield-who-cast-this-english-fool-tobey-maguire-is-genius/
|url=शीर्षक नै (सहायता)। - ↑ Donaldson, Brian (फेब्रुअरी १५, २००९), "Rising Star", The Sunday Herald, अन्तिम पहुँच जुलाई १५, २०१०।
"Q: You were born in California but moved to Britain at the age of three. How American do you feel?
Andrew Garfield: ... I feel equally at home in both places. I don't feel any more or less either one, but enjoy having a varied cultural existence." - ↑ Paskin, Willa (डिसेम्बर २५, २००९), "The New Leading Man: Andrew Garfield", Black Book Magazine, अन्तिम पहुँच जुलाई १६, २०१०। अभिलेखिकरण डिसेम्बर २९, २००९ वेब्याक मेसिन
Andrew Garfield: I have two nationalities, so I can be either here or there, so it doesn’t really matter. I’m ok with being kind of slightly nomadic.
- ↑ Associated Press (अगस्ट १, २००८), "Andrew Garfield: From unknown to ‘Boy A’", MSNBC, अन्तिम पहुँच मे २७, २०१०।
- 1 2 Shenton, Mark (मे १५, २००६), "Andrew Garfield", Broadway.com in London, मूलबाट फेब्रुअरी ७, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ८, २००७।
- 1 2 Fielder, Miles (नोभेम्बर १, २००७), "Andrew Garfield", The List, अन्तिम पहुँच नोभेम्बर ८, २००७।
- 1 2 3 Carnevale, Rob (११/०७), "Lions For Lambs – Andrew Garfield interview", IndieLondon, अन्तिम पहुँच नोभेम्बर १२, २००७।
- 1 2 3 Albiston, Isabel (अक्टोबर २७, २००७), "Andrew Garfield: ready for take-off", The Daily Telegraph (London), अन्तिम पहुँच नोभेम्बर ८, २००७।
- 1 2 3 Singh, Anita (जुलाई २, २०१०), "Andrew Garfield as Spider-Man: who is he?", The Daily Telegraph (London), अन्तिम पहुँच जुलाई २, २०१०।
- ↑ http://www.yourlocalguardian.co.uk/news/local/epsomnews/9069069.Priory_Preparatory_celebrates_90_year_anniversary/।
|title=रितो (सहायता) - 1 2 Graham, Jane (अक्टोबर ७, २०१०), "Andrew Garfield: our No 1 hottest young British movie talent", London: The Guardian, अन्तिम पहुँच अक्टोबर २५, २०१०।
- 1 2 Idelson, Karen (नोभेम्बर १२, २००७), "Andrew Garfield: 'Lions' actor certainly not a lamb anymore", Variety, अन्तिम पहुँच अक्टोबर १९, २००७।
- ↑ Jaafar, Ali (मार्च १, २००९), "Keira Knightley set for 'Never'", Variety, अन्तिम पहुँच मे १६, २००९।
- ↑ UKPA (डिसेम्बर १४, २०१०), "Firth film leads Golden Globe nods", The Press Association, अन्तिम पहुँच डिसेम्बर २५, २०१०।[मृत कडी]
- ↑ "Andrew Garfield", TVGuide.com, सेप्टेम्बर ९, २०१०।
- ↑ "Death of a Salesman, Starring Philip Seymour Hoffman and Andrew Garfield, Opens on Broadway", Broadway.com, मार्च १५, २०१२।
- ↑ "It's Official! Andrew Garfield to Play Spider-Man!", ComingSoon.net, CraveOnline, जुलाई १, २०१०, अन्तिम पहुँच जुलाई १, २०१०। अभिलेखिकरण मे ९, २०२२ वेब्याक मेसिन
- ↑ "British actor Andrew Garfield cast as new Spider-Man", BBC, जुलाई २, २०१०, अन्तिम पहुँच जुलाई ५, २०१०।
- ↑ Dave, Itzoff (जुलाई २, २०१०), "New ‘Spider-Man’ Finds Its New Spider-Man", The New York Times, अन्तिम पहुँच जुलाई ५, २०१०।
- ↑ "Firth, Garfield, Ahmed compete at Evening Standard Awards", ScreenDaily, २०११, अन्तिम पहुँच जनवरी २१, २०११।