एमटिएन इरानसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरानसेल
व्यवसाय प्रकार
अर्ध निजी
उद्योगदूरसञ्चार
स्थापितसन् २००५
केन्द्रीय कार्यालयतेहरान, इरान
मुख्य व्यक्ति
साइद अलि जरिया
(कार्यकारी)
उत्पादनहरूसम्पूर्ण दूरसञ्चार सेवा
वेबसाइटwww.irancell.ir

इरानसेल एसियाली राष्ट्र इरानको दूरसञ्चार प्रदायक कम्पनी हो। दक्षिण अफ्रिकाको अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एमटिएन (४९%) र इरानको इलेक्ट्रोनिक विकास कम्पनी (५१%) मिलेर संयुक्त पूँजी कम्पनीको रूपमा यसलाई सन् २००५ मा स्थापित गरेका थिए।[१]

यसले इरानमा दोस्रो, तेस्रो र चौथो पुस्ता सञ्जाल सेवाहरू सञ्चालन गर्दै आइरहेको छ।[२] आर्थिक वर्ष १९९२ मा ४.५ बिलियन अमेरिकी डलर राजस्व सङ्कलन गरेको थियो जसले गर्दा यो इरानको सबैभन्दा ठूलो कम्पनीहरूको सूचीमा ३२अौँ स्थानमा आएको थियो।

३ डिसेम्बर २०१४ मा, इरानसेलले आधिकारिक रूपमा इरानका ९ वटा सहरहरूमा ४ जी एलटीई सञ्जालको सुरूवात गरेको थियो। अनुमति पत्र राष्ट्रिय आधारमा दिइएको थियो जसले इरानको समग्र भौगोलिक क्षेत्रहरू समावेश गर्दछ।

६ नोभेम्बर २००५ मा, इरानको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो सञ्चार विनियमक आयोगले दोस्रो दूरसञ्चार प्रदायकको रूपमा कार्य सञ्चालन गर्नको लागि अनुमतिपत्र प्रदान गरेको थियो। इजाजतपत्र प्राप्त गरेको छोटो समयमै, इरानसेलले आफ्नो सञ्जाल पूर्णरूपमा विस्तार गरेको थियो। अनुमतिपत्र प्राप्त गरेको ९ महिना नबित्दै २८ अगष्ट २००६ मा, यसले आफ्नो सञ्जालको परीक्षण गरेको थियो। २१ अक्टोबर २००६ मा, इरानसेलले आफ्नो सञ्जाल राजधानी तेहरान, ताबरिन र मासहादमा आधिकारिक रूपमा सञ्चालनमा ल्याएको थियो। यसको सञ्जालले प्रयोगकर्ताहरूलाई उन्नत पुस्ताको विश्वव्यापी मोबाइल सञ्चार प्रणाली प्रदान गरेको थियो।

सेयरधनीहरू[सम्पादन गर्नुहोस्]

इरानस्लका स्थापना देखि हालसम्मनै दुईवटा शेयरधनीहरू छन् जसमा अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एमटिएन (४९%) र इरानको इलेक्ट्रोनिक विकास कम्पनी (५१%) पर्दछन्। [३] इरानको इलेक्ट्रोनिक विकास कम्पनी (आइइडिसी) (५१%) का मुख्यतया दुईवटा शेयरधनीहरू छन्:

१) मोस्ताजाफान कोष

२)इरान इलेक्ट्रोनिक्स उद्योग, साइरनको रूपमा चिनिने

इण्टरनेट दूरदर्शन[सम्पादन गर्नुहोस्]

इरानसेलले आफ्ना ग्राहकहरूलाई इण्टरनेट दूर्दशन सेवा प्रदान गर्दछ। यो सेवा लेञ्ज एप जामक अनुप्रयोगको रूपमा उपलब्ध छ जसले प्रयोगकर्ताहरूलाई मनपर्ने चलचित्र, नाटक, दूर्दशन कार्यक्रम आदी प्रदान गर्दछ। यो अनुप्रयोग मार्फत इरानसेलका प्रयोगकर्ताहरूले मनपर्ने सामग्रीहरू नि:शुल्क रूपमा डाउनलोड गर्न सक्छन्। (फारसी विकि)

आर्थिक सहयोग[सम्पादन गर्नुहोस्]

इरानसेल निगमले, खेलकुद, व्यवस्थापन तथा प्रविधिलाई सहयोग गर्ने घोषण गरेको थियो र यसका साथसाथै इमाम खोमिनी राहत समिति, देशको कल्याणकारी सङ्गठन र इरान इस्लामिक गणतन्त्रको रेड क्रस समाजलाई पनस सहयोग गर्ने घोषण गरेको थियो। इरानी व्यवसायीक फुटबल लिगको प्रायोजन रहेको खाडी प्रमियर लिगलाई पनि प्रायोजन गरेको थियो जसको नाम इरानसेल कप राखिएको थियो।

आलोचना[सम्पादन गर्नुहोस्]

प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

रेउटर्सको अनुसार, कम्पनीले संयुक्त राज्य अमेरिकाले लगाएको आर्थित प्रतिबन्धको बाबजुद पनि संयुक्त राज्य अमेरिकाको प्रविधिहरू प्राप्त गरेको थियो।[४]

मोबाइल वेब मूल्य निर्धारण[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१४ मा इरानसेलले सेवा सञ्चालन मूल्यमा दोब्बरले वृद्धि गरेको थियो त्यसपछि केही प्रयोगकर्ताहरूले यसको विरोध सामाजिक सञ्जाल मार्फत गरेका थिए। [५] ३१ डिसेम्बर २०१४ मा, कम्पनीले विरोध गर्ने प्रयोगकर्ताहरूलाई तिनिहरूको सिम कार्ड एकमुष्ठ रूपमा हटाइदिने निर्णय लिएको थियो। [६]

ग्राहकहरूको गोपनियताको चुहावट[सम्पादन गर्नुहोस्]

इरानसेल यसको गोपनियता नितिको लागि आलोचित हुँदै आइरहेको छ। जुलाई २०१६ मा, एक एमटिएनको रूपमा चिनिने यन्त्रमानवले लाखौं प्रयोगकर्ताहरूको निजी आँकडा सामाजिक सञ्जाल टेलिग्राममा चुहावट गरेको थियो।[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "۱۰۰ شرکت برتر ایران", سازمان مدیریت صنعتی, अन्तिम पहुँच नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०७ मिति
  2. "تم إطلاق الشبكة تجاريًا", आइसिएनए, २०१४-१२-०३, अन्तिम पहुँच २०१२-१२-०७ 
  3. "الشركات التابعة - الشركة الإيرانية للتنمية الإلكترونية", सिना निगम, मूलबाट २०१२-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१२ मिति
  4. ष्टेकलो, ष्टिभ; George, मार्कस; रेसटल, सिल्भिया (जुन ४, २०१२), "Exclusive: Iranian cell-phone carrier obtained banned U.S. tech", in माइकल विलियम, रेउटर्स, अन्तिम पहुँच नोभेम्बर २१, २०१४ 
  5. "مشترکین در حال تبدیل ایرانسل?", सार्गा (फारसीमा) (2198), ३० डिसेम्बर २०१४, पृ: १५। 
  6. "Iran mobile company indicted for "insulting Sunnis"", बिबिसी विश्व सेवा, २२ जुलाई २०१३, अन्तिम पहुँच २९ डिसेम्बर २०१४ 
  7. "ایرانسل هشدار داده شد", آژانس خبری کار ایران (फारसीमा), २४ नोभेम्बर २०१७, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  8. "Irancell Data Leak Raises Security Questions", फाइनान्सिएल ट्रिब्युन, १८ जुलाई २०१६, अन्तिम पहुँच १९ अगस्ट २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]