एयरटेल श्रीलङ्का
| airtel | |
मौलिक नाम | भारती एयरटेल लङ्का प्राइभेट लिमिटेड |
व्यवसाय प्रकार | निजी कम्पनी |
| उद्योग | दूरसञ्चार |
| स्थापित | २००९/०१/१२ कोलम्बो, श्रीलङ्का |
| केन्द्रीय कार्यालय | विश्व व्यपार केन्द्र कोलम्बो, श्रीलङ्का |
मुख्य व्यक्ति | जिनेस हेजी (प्रमुख कार्यकारी अधिकृत / प्रबन्ध निर्देशक) |
| उत्पादनहरू | मोबाइल सञ्चार |
| मूल सङ्गठन | भारती एयरटेल |
| वेबसाइट | www |
एयरटेल श्रीलङ्का (सिन्हाला: එයාටෙල් ; तामिल: ஏர்டெல்) भारतीय एयरटेलको स्वामित्वमा रहेको श्रीलङ्काको एक मोबाइल दूरसञ्चार कम्पनी हो । कम्पनीले सन् २००६ मा एक मोबाइल फोन सञ्चालन अनुमतीपत्र प्राप्त गरेपनि एसको प्रारम्भिक २००७ मा सञ्चालन सुचारु गर्ने भनेता कम्पनीले १२ जनवरी २००९ सम्ममा सेवा सुरु गरेको थियो । जनवरी २०१३ का अनुसार कम्पनीको सक्रिय प्रयोगकर्ता १.७ मिलियन भन्दा बढी छन् । [१]
इतिहास
[सम्पादन गर्नुहोस्]एयरटेल लङ्का लिमिटेड (एयरटेल श्रीलङ्का) भारतीय एयरटेलको स्वामित्वमा रहेको एक दूरसञ्चार कम्पनी हो ।[२] भारतीय एयरटेल कम्पनी संसरकै सबैभन्दा दोश्रो ठूलो मोबाइल प्रदायक कम्पनी हो जसको सेप्टेम्बर २०१५ का अनुसार ३२५.९० मिलियन प्रयोगकर्ताहरू रहेका छन् यस कम्पनीलाई फोर्ब्सले एसियाकै सबैभन्दा उत्कृष्ट ५० कम्पनीको दर्जामा राखेको छ । यस कम्पनीलाई बाल स्ट्रिट जर्नलेले भारतको सबैभन्दा लोकप्रिय र रुचाईएको कम्पनी रूपमा राखेको छ ।
एयरटेल लङ्का लिमिटेडले सन् २००९ जनवरी १३ देखि श्रीलङ्कामा सेवा दिन सुरुवाट गरेको थियो र यसले सन् २००७ मा मोबाइल अपरेटर लाईसेन्स प्राप्त गरेको थियो । यो कम्पनीलाई श्रीलङ्का सरकार र लगानी कोशहरूले सुरुवाती चरणमा सहयोग गरेका थिय भने सरकारले अनुमतिपत्र प्रदान गरेको थियो । हाल कम्पनीले सेवाग्राहीहरूलाई डिजीटल मोबाइल सेवा दिएको छ र साथसाथै मोबाइल जिएसएफ , युटिएफएल , भ्वाइस काल आदी सेवाहरू दिँदै आएको छ । यो कम्पनीको नेटवर्क श्रीलङ्का भरी सबै तिर फैलिएको छ र राम्रो रहेको छ । [३]
एयरटेलका सुविधाहरू
[सम्पादन गर्नुहोस्]एयरटेल श्रीलङ्काले कुल क्षेत्रको ३० प्रतिशत क्षेत्रमा थ्रीजी सेवा प्रधान गरेको जसमा कोलम्बो ,निगम्बो ,अम्पारा ,मतरा ,गाल ,जाफना ,क्यान्डी जस्ता प्रमुख शहरहरू रहेका छन् भने कोलम्बोमा भने थ्रीजी भन्दा पनि माथिल्लो मोबाइल सुविधा प्रधान गरेको छ । एयरटेलले आफ्नो जिएसएफ सुविधाको देशव्यापी रूपमा कायम गर्दै आएको छ । हाल एयरटेलको टुजी सेवाको १६०० भन्दा बढी र थ्रीजीको ६५० भन्दा बढी स्टेशनहरू रहेका छन् । एयरटेलले उत्तरी श्रीलङ्कामा सन् २०१० अक्टोबर देखि सुविधा प्रधान गरेको थियो भने त्यसपछि सन् २०११ अगस्टमा विषेश इन्टरनेट चलाउन प्रयोग गरिने सुचना प्रव्रिदी सुविधा जाफना जिल्लामा सुचारु गरेको थियो । एयरटेलले सन् २०१४ मा थ्रीजी सुविधाको गुणस्तर सुधार गर्नको निमित्त २० मिलियन भन्दा बढी रकम खर्च गरेको थियो ।[४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "एयरटेल नेटवर्क", डेल्ली न्युज, २० जनवरी २००९, अन्तिम पहुँच १० फेब्रुअरी २००९।
- ↑ भारतीय एयरटेलले १०० मिलियन भन्दा बढी प्रयोगकर्ता बनाएको छ
- ↑ "एयरटेल श्रीलङ्काले सेवा प्रधान गरेको क्षेत्रहरूको नक्शा", एयरटेल श्रलङ्का। अभिलेखिकरण २०१७-१२-०१ वेब्याक मेसिन
- ↑ "एयरटेल श्रीलङ्काले २० मिलियन रकम खर्च गरेको छ", १८ डिसेम्बर २०१३, अन्तिम पहुँच १० अगस्ट २०१४। अभिलेखिकरण १२ अगस्ट २०१४ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट अभिलेखिकरण २०१८-११-०५ वेब्याक मेसिन