एस शङ्कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्कर
Shankar
जन्मशङ्कर शानमुगम
(1963-08-17) १७ अगस्ट १९६३ (उमेर ६०)[१]
कुम्भकोणम, तमिलनाडु, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
राष्ट्रियताभारतीय
पेशाचलचित्र निर्देशक, चलचित्र निर्माता, पटकथा लेखक
कार्यकाल१९९३–वर्तमान
जीवनसाथीईश्वरी शङ्कर
सन्तानऐश्वर्या शङ्कर
अदिति शङ्कर
अरजीत शङ्कर

शङ्कर शानमुगम (जन्म १७ अगस्त १९६३), शङ्करको रूपमा लोकप्रिय, एक भारतीय चलचित्र निर्देशक र निर्माता हुन्। शङ्कर मुख्य रूपमा तमिल चलचित्रहरू निर्देशन गर्ने गर्छन्। उनलाई तमिल चलचित्र क्षेत्रमा सबैभन्दा पहिले एसए चन्द्रशेखरले पहिचान गरेका थिए। उच्च बजेटको तमिल चलचित्रहरू निर्देशन गरेर उनले यस चलचित्र क्षेत्रमा आफ्नो एक छुट्टै पहिचान बनाउन सफल भएका छन्। जेन्टलम्यान (१९९३)बाट उनले आफ्नो निर्देशन करियरको सुरुवात गरेका थिए। उनको पहिलो चलचित्रले उनलाई फिल्मफेयर सर्वश्रेष्ठ निर्देशक पुरस्कारसर्वश्रेष्ठ निर्देशनको लागि तमिलनाडु राज्य चलचित्र पुरस्कार हासिल गर्न सफल भएका थिए। उनी भारतको सबैभन्दा बढी भुक्तानी लिने चलचित्र निर्माता र निर्देशकहरू मध्ये एक हुन्।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

शङ्करको जन्म १७ अगस्त १९६३ मा कुम्भकोणम , तमिलनाडुमा एक तमिल परिवारमा भएको थियो। चलचित्र क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले उनले सेन्ट्रल पोलिटेक्निक कलेजबाट मेकानिकल इन्जिनियरिङमा आफ्नो स्नातक पुरा गरेका थिए ।[१] शङ्कर र उनको समूहद्वारा गरिएको रङ्गमञ्च नाटक कार्यक्रम देखेर तमिल चलचित्र निर्देशक एसए चन्द्रशेखरले शङ्करलाई उनको चलचित्रमा पटकथा लेखकको रूपमा कार्य गर्न अवसर दिए। शङ्कर सुरुमा अभिनेता बन्न चाहन्थे, तर पछि गएर उनी आफुलाई एक निर्देशकको रूपमा स्थापित गर्न सफल भए।

करियर[सम्पादन गर्नुहोस्]

१९९० को दशक[सम्पादन गर्नुहोस्]

शङ्कर एस ए चन्द्रशेखरपविथ्रान जस्ता चलचित्र निर्देशकहरूको सहायकको रूपमा आफ्मो करियर सुरु गरेका थिए ।[१] हिन्दी चलचित्रहरूमा उनलाई पहिलो अवसर राजेश खन्नाद्वारा निर्मित जय शिव शङ्करमा एसए चन्द्रशेखरको सहायक निर्देशकको रूपमा प्राप्त भएको थियोे । सन् १९९३ मा, उनी जेन्टलम्याननामक चलचित्रको माध्यमबाट आफ्नो निर्देशनको सुरुवात गरेका थिए।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

शङ्करको परिवारमा उनको बुवा शानमुगम, आमा मुथुलक्ष्मी, उनको स्वास्नी ईश्वरी, दुई छोरी र एक छोरा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Director Shankar — Director, Producer, Writer, picture, biography, profile, info and favourites", Nilacharal.com, मूलबाट ३ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१५ मिति
  2. "Demystifying India's highest paid film-maker - the elusive S Shankar", Mumbai Mirror (The Economic Times), ३ अक्टोबर २०१०, अन्तिम पहुँच २ जनवरी २०१७ 
  3. "Director Shankar's Interview", Behindwoods, २० जनवरी २००५, अन्तिम पहुँच ९ नोभेम्बर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]