कक्सबाजार सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कक्सबाजार सदर
কক্সবাজার সদর
कक्सबाजार सदर is located in बङ्गलादेश
कक्सबाजार सदर
कक्सबाजार सदर
बङ्गलादेशको नक्शामा कक्सबाजार उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २१°२७′उ॰ ९१°५९′पू॰ / २१.४५०°N ९१.९८३°E / 21.450; 91.983निर्देशाङ्कहरू: २१°२७′उ॰ ९१°५९′पू॰ / २१.४५०°N ९१.९८३°E / 21.450; 91.983
देश बङ्गलादेश
विभागचट्टग्राम विभाग
जिल्लाकक्सबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा२२८.२३ किमी (८८.१२ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा२५३,७८८
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटকক্সবাজার সদর এর সরকারী মানচিত্র

कक्सबाजार सदर (बङ्गाली: কক্সবাজার সদর) बङ्गलादेशको दक्षिण भागमा पर्ने जिल्ला कक्सबाजार एक उपजिल्ला हो। यो उपजिल्ला चट्टग्राम विभाग अन्तर्गत पर्दछ।[२][३]

भूगोल[सम्पादन गर्नुहोस्]

कोक्सबाजार उपजिल्ला बङ्गलादेशको दक्षिण भागमा पर्छ भने यो उपजिल्ला २१°२४' देखि २१°३६' उत्तर अक्षांश र ९१°५९' देखि ९२°०८' पूर्वी देशान्तरमा अवस्थित छ। कोक्सबाजार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२८.२३ वर्ग किलोमिटर ओगटेको । यस उपजिल्लालाई चकरिया उपजिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्यले र रामु उपजिल्लाले दक्षिण, रामु जिल्लाले नै पूर्व र भारतको पश्चिम बङ्गाल राज्य र महेशकाली उपजिल्ला पश्चिमबाट घेरेको छ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मार्च २९ मा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाका वकिल जेनेन्द्रलाल चौधरीलाई एस उपजिल्लाको एक पुरानो घरमा हत्या गरेका थिए। पाकिस्तानी सेनाले अन्य दुई बङ्गलादेशी लडाकुलाई पनि बदर मोकाम क्षेत्रमा गोली हानि हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३४८०७५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १८६१५१ छ भने महिलाको जनसङ्ख्या १६१९२४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१४५६३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २७०३७ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १९९, इसाई धर्मको ६२४४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३० रहेको छ। यस उपजिल्लामा २९६ मस्जिद, २१ मन्दिर र ५ गृजाघर, १७ बौद्ध गुम्बा र ५ चिहानहरू रहेका छन्। यस जिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू यस प्रकार छन्; कक्सबाजार मध्य जामे मस्जिद, बदर मोकाम जामे मस्जिद, बाराबाजार कालिबाडी मन्दिर, कोक्सबाजार सरस्वती -बाडी मन्दिर, शाह अलादिन, पिटन शाह, कालू शाहको चिहान आदि।[५][६]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लामा ३१.६८% कृषि योग्य जमिन रहेको छ भने बाकीँ भागहरू पानीले घेरेका छन्। यस जिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेका सखरखण्ड र उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, केरा, भुइँकटर, बदाम आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा २५० माछापालन केन्द्र, २४ दुग्ध सङ्कलन केन्द्र, १९७ कुखुरा पालन केन्द्र, २० चल्ला उत्पादन केन्द्र आदि रहेका छन्।[७]

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३४.०१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.९७% मजदुरी, व्यापार र उद्योगमा १.०४%, वाणिज्यमा २३.८२%, सञ्चार र यातायातमा २.५६%, रेमिटेन्समा ४.९५%, निर्माण क्षेत्रमा २.११%, सुविधा १०.०७%, धार्मिक सेवा ०.३०% र अन्य १५.८३% रहेका छन्।[८]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय कोक्सबाजार थानाको स्थापना सन् १८५४ मा गरिएको थियो भने सन् १९५९ मा यसलाई सहर समिति परिवर्तन गरिएको थियो।[९] सन् १९७२ मा यस सहर समितिलाई नगरपालिकामा परिणत गरिएको थियो। यस नगरपालिकालाई सन् १९८३ मा उपजिल्लामा परिणत गरिएको थियो।[१०] यो नगरपालिका सन् १९८९ मा दोस्रो श्रेणीबाट तेस्रो श्रेणीमा घटुवा भएको थियो। हाल कोक्सबाजार सदर उपजिल्लामा १० सङ्घ, १० वडा, ४० मौजा, ४० महल्ला र १४० गाउँहरू रहेका छन्।[११][१२]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३९.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४४% छ भने महिलाको साक्षरता दर ४३.७% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; कक्सबाजार सरकारी कलेज (सन् १९६२), कोक्सबाजा, सरकारी उच्च विद्यालय (सन् १८७४), इदगाउँ नमुना उच्च विद्यालय (सन् १९२८), मेजपारा सरकारी प्राथमिक विद्यालय (सन् १९३०), कोक्सबाजार अलि मदरसा (सन् १९५२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "এক নজরে কক্সবাজার সদর - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०५ मिति
  2. বদিউল আলম (सन् २०१२), "কক্সবাজার সদর", in সিরাজুল ইসলাম, আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "উপজেলার ঐতিহ্য - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१८ मिति
  4. "নদ নদী - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१० मिति
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. "হোটেলওআবাসনেরতালিকা - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd 
  7. "ব্যবসা বানিজ্য - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१८ मिति
  8. "হাট বাজারের তালিকা - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd 
  9. "পদ্মাসেতুর এপার-ওপারসহ নতুন ৭ থানা, বিশ্বনাথ পৌরসভা", banglanews24.com, বাংলানিউজ২৪.কম, ২১ অক্টোবর ২০১৯।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२१ मिति
  10. "কক্সবাজারের ঈদগাঁও ও দক্ষিণ রাঙ্গুনিয়ায় হচ্ছে নতুন থানা", dainikazadi.net, দৈনিক আজাদী, ২২ অক্টোবর ২০১৯।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-२६ मिति
  11. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  12. "ইউনিয়ন সমূহ - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা", www.sadar.coxsbazar.gov.bd  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]