कबड्डी

कबड्डी खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो भने भारतलाई यो खेलको जनक मानिन्छ । पश्चिम भारततिर "हु तु तु ...", पूर्वी भागमा "हा डु डु...", दक्षिण भारतमा "च्नेदुगु..." नामले खेलिने खेलले नै पछि गएर कबड्डी नाम पाएको विश्वास गरिन्छ । नेपाल तथा बङ्गलादेशको यो राष्ट्रिय खेल पनि हो साथै यो भारतको तमिलनाडु, महाराष्ट्र, बिहार, आन्ध्र प्रदेश, तेलङ्गाना र पञ्जाब राज्यको राज्य खेल पनि हो ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
कबड्डी खेलको नियम १९१८ मा तयार गरिएको थियो भने यस नियमको लिपिबद्ध प्रकाशन १९२३ मा गरिएको थियो । अखिल भारत कबड्डी सङ्घको स्थापना १९५० मा भएपछी भारतमा नियमित रूपमा राष्ट्रियस्तरमा प्रतियोगिताहरू आयोजना हुन थाले । १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Gofran Faroqi (२०१२), "Kabadihear", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।

विकिमिडिया कमन्समा कबड्डी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।