कबड्डी

कबड्डी वा कपर्ती खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो भने दक्षिण भारतबाट यो खेलको सुरुवात भएको मानिन्छ। पश्चिम भारत तिर "हु तु तु ...", पूर्वी भागमा "हा डु डु...", दक्षिण भारतमा "च्नेदुगु..." नामले खेलिने यो खेललाइ नेपालका अधिकांश ग्रामीण क्षेत्रमा कपर्ती वा हु तु तु भनिन्छ भने यसको नियम र औपचारीक नाम लीपीबद्ध गरीएपछि औपचारीक रुपमा कबड्डी भन्न थालीएको हो । नेपाल को यो पुर्व राष्ट्रिय खेल हो भने बङ्गलादेशको यो राष्ट्रिय खेल पनि हो साथै यो भारतको तमिलनाडु, महाराष्ट्र, बिहार, आन्ध्र प्रदेश, तेलङ्गाना र पञ्जाब राज्यको राज्य खेल पनि हो ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]कबड्डी खेलको नियम सन् १९१८ मा तयार गरिएको थियो भने यस नियमको लिपिबद्ध प्रकाशन सन् १९२३ मा गरिएको थियो । अखिल भारत कबड्डी सङ्घको स्थापना सन् १९५० मा भएपछी भारतमा नियमित रूपमा राष्ट्रियस्तरमा प्रतियोगिताहरू आयोजना हुन थाले । सन् १९८५ मा दक्षिण एसियाली खेलमा र सन् १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ ।
नेपालमा कबड्डी
[सम्पादन गर्नुहोस्]अखिल नेपाल कबड्डी संघ
[सम्पादन गर्नुहोस्]नेपालमा कबड्डी खेलको विकास, प्रवर्द्धन र व्यवस्थापन गर्ने आधिकारिक राष्ट्रिय खेल संस्था हो। यस संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कबड्डी प्रतियोगिताहरू आयोजना गर्नुका साथै खेलाडी, प्रशिक्षक र निर्णायकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपालमा कबड्डीलाई व्यवस्थित र लोकप्रिय बनाउने दिशामा अखिल नेपाल कबड्डी संघको योगदान उल्लेखनीय रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gofran Faroqi (२०१२), "Kabadihear", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
- ↑ अखिल नेपाल कबड्डी संघ - अनलाईन खबर