कमलामाई मन्दिर
कमलामाई मन्दिर | |
---|---|
![]() कमलामाई मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | कमलामाई नगरपालिका |
सम्बन्धन | हिन्दू |
जिल्ला | सिन्धुली |
प्रदेश | बागमती प्रदेश |
देश | नेपाल |
कमलामाई मन्दिर नेपालको सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित एक ऐतिहासिक हिन्दू मन्दिर हो।[१] यो कमला नदीको किनारमा र बागमती प्रदेशको बीपी राजमार्गबाट करिब २०० मिटरको दूरीमा अवस्थित छ। मन्दिर आफ्नो धार्मिक र ऐतिहासिक महत्वका लागि परिचित छ। यो मन्दिरमा शाह वंशले युद्धअघि पूजा गर्दथे। यस मन्दिरमा माछाको समेत बली दिइन्छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संरक्षणको पर्खाइमा कमलामाई", जनचासो खबर (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८०।
- ↑ कुमार चौलागाईँ, "नेपालको एक मन्दिर जहाँ माछाको बलि चढ्छ !", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८०।