कल्याण गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्याण राज गौतम
जन्मनेपाल
राष्ट्रियतानेपाली
अन्य नामडियर कल्याण
पेशा
कार्यकाल१९९६ - वर्तमान
चिनारीको कारणमेरो कथा
जीवनसाथी
संजना गिरि
(
वि २००२)
[१]
सन्तान[१]

कल्याणराज गौतम जो डियर कल्याणको नाम बाट धेरै चिनिन्छन, एक नेपाली कथाकार र रेडियो जकी हुन्। उनको कार्यक्रम मेरो कथा १९९० र २००० को दशकमा नेपालमा सबैभन्दा लोकप्रिय रेडियो कार्यक्रम मध्ये एक थियो। यो सन् १९९६ देखि प्रसारण हुँदै आएको नेपालको सबैभन्दा लामो समयदेखि चल्ने रेडियो कार्यक्रम पनि हो।[१][२]

गौतमले उपन्यास रेडियो छप सलाई लेखेका हुन्, जुन २०१२ मा प्रकाशित भएको थियो [३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

कल्याणराज गौतमले सन् २००२ को सुरुमा आफ्नो एक फ्यान सञ्जना गिरीसँग विवाह गरेका थिएँ। उनीहरूका एक छोरी र एक छोरा छन्। उनकी छोरी पन्ध्र महिनाकी हुँदा अटिजम भएको पत्ता लागेको थियो। उनी २०१० मा संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका थिएँ, र उनको परिवार छ वा सात वर्ष पछि उनीसँग राज्यमा सामेल भयो। अमेरिका गएर पनि चौबीस वर्षभन्दा बढी समयदेखि प्रसारण हुँदै आएको आफ्नो कार्यक्रमलाई उनले निरन्तरता दिएका छन्।[१] यो हाल इमेज एफएम ९७.९ मा हरेक बिहीबार र शनिबार प्रसारण भईरहेको छ र उनको युट्युब च्यानलमा पनि अपलोड हुन्छ।[१][४]

करियर[सम्पादन गर्नुहोस्]

गौतमले सन् १९९६ मा हिट्स एफएममा मेरो गीत मेरो कथा नामक कार्यक्रमबाट रेडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेका थिएँ, जहाँ उनले स्रोतासामु आफूलाई डियर कल्याण भनेर चिनाउनु भयो।[२] शोको अवधारणामा उनका दर्शकहरूद्वारा पठाइएका वास्तविक जीवनका कथाहरू पढ्नु समावेश थियो। उन्ले कथाहरू पढ्‌थे, सत्य हो कि होइन भनी प्रमाणित गर्थे; आवश्यक भएमा यसलाई पुन लेख्थे, र त्यसपछि कार्यक्रममा वर्णन गर्थे। कार्यक्रमले तत्काल मान्यता प्राप्त गर्यो, किनकि त्यो समयका अन्य रेडियो कार्यक्रमहरू भन्दा अवधारणा फरक थियो। पछि यसलाई मेरो कथा नामकरण गरियो। १९९६ देखि पछिका केही वर्षहरूमा गौतमले आफ्ना स्रोताहरूबाट प्रति हप्ता 300 भन्दा बढी पत्रहरू प्राप्त गर्थे।[२] यो कार्यक्रम नेपालको सबैभन्दा लामो समयसम्म चल्ने रेडियो कार्यक्रम बन्यो।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ Thapa, Anuz (२०१८-०३-०९), "Dear Kalyan: The story of a Nepali storyteller and his family in US", onlinekhabar.com (अङ्ग्रेजीमा), मूलबाट २०१९-०५-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-११ 
  2. २.० २.१ २.२ २.३ Khadgi, Ankit (२०२२-०१-२६), "The voice and the talent behind Dear Kalyan", kathmandupost.com (Englishमा), मूलबाट २०२२-०२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-११ 
  3. रेडियो छाप सलाई, Kathmandu, २०१२, अन्तिम पहुँच २०२२-०८-०९ 
  4. "मेरो कथाका डियर कल्याण बिदेश पलायन किन ?", Makalukhabar.com (नेपालीमा), २०१७-०५-२९, मूलबाट २०२२-०८-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]