काठे स्वयम्भु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठे स्वयम्भु श्री घ: चैत्य
काठे स्वयम्भु श्री घ: चैत्य
प्राथमिक विवरण
स्थान:काठमाडौँ
निर्देशाङ्क२७°४२′३२″N ८५°१८′३२″E / २७.७०९°N ८५.३०९°E / 27.709; 85.309निर्देशाङ्कहरू: २७°४२′३२″N ८५°१८′३२″E / २७.७०९°N ८५.३०९°E / 27.709; 85.309
देशनेपाल

काठे स्वयम्भु श्री घ: चैत्य स्वयम्भूनाथमा रहेको एक लघु प्रतिकृति हो। सन् १६५० मा निर्माण गरिएको यो चैत्य नेपालको राजधानी काठमाडौँमा रहेको लोकप्रिय तिब्बती तीर्थस्थल मध्ये एक हो। यो चैत्यलाई 'श्री घ:शान्ति घट वज्रधातु महाचैत्य', 'काठेशम्भु स्तूप' वा 'काशी स्वयम्भू' पनि भनिन्छ।

मुख्य स्तूप तिब्बती मठझै समान सानो चैत्य शिलालेखहरू, मूर्ति र प्राचीन मठले घेरिएको छ। अवलोकितेश्वरको एउटा मूर्ति स्तूपको ठीक अगाडि रहेको छ। यहाँ दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूले स्वयम्भूनाथ मन्दिरको दर्शन गर्न नपाए यस चैत्यको दर्शन गरेर उतिकै लाभ लिन सक्छन्। स्तूपमा चढ्नको लागि बनाइएको १३ खुड्किलाहरूले निर्वाण पुग्नको लागि आवश्यक १३ चरणहरूको सङ्केत गर्दछ।

पौराणिक कथा[सम्पादन गर्नुहोस्]

एक पौराणिक कथाका अनुसार क्वा-बहाका आचार्य वक-वज्रलाई गङ्गा नदीको किनारमा यात्रा गर्दा बनारसका राजाले बनाएको चैत्यको पूजा गर्न भनिएको थियो। वक-वज्रले स्मारकमा गङ्गाबाट पानी छर्केका थिए तर उनको शक्तिलाई राजाले विश्वास गरेनन्। आफ्नो शक्ति प्रदर्शन गर्न, वक-वज्र ध्यानमा बसे र चैत्यलाई उठाएर काठमाडौंको हालको स्थानमा लगेर राखेका थिए। अर्को पौराणिक कथा अनुसार स्वयम्भूनाथ स्तूपको निर्माण सकिसकेपछि बाँकी रहेको सामग्रीको प्रयोग गरि यो स्तूपको निर्माण गरिएको हो। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

यो स्तूपको निर्माण सन् १५५२, (नेपाल सम्वत् ७६२) मा गरिएको एउटा शिलालेखमा उल्लेख छ। शिलालेख अनुसार यो चैत्यको सुनौलो शिखर मेघराजले उनको मृतक छोराको सम्झनामा दान गरेका थिए। उनले वार्षिक स्मरणार्थ एउटा गुठीको समेत स्थापना गरेका थिए। यो गुठी क्वा-बहाका पुजारीहरूसँग सम्बन्धित छ। राजा प्रताप मल्ल (सन् १६२४–७४) को शासनकालमा यो स्तूपको मर्मत कार्य गरिएको थियो। सन् १६४७ मा चैत्यलाई अपवित्र बनाइएको भएपनि सन् १६५३ मा पुन: यसलाई वज्राचार्यहरूले स्थापित गरेर पवित्र बनाएका थिए। [२]

महोत्सव[सम्पादन गर्नुहोस्]

असोजको पूर्णिमामा (सेप्टेम्बर-अक्टोबर) मुख्यतया स्तूप नजिक असनमा बसोबास गर्ने शाक्य समुदायद्वारा एउटा विशेष उत्सव आयोजना गर्ने गरिन्छ। [२]

थप अध्ययन[सम्पादन गर्नुहोस्]

  • लोकी, जोन के- Buddhist Monastaries of Nepal

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kathesimbhu Stupa ~", अन्तिम पहुँच २०२०-०८-२४ 
  2. २.० २.१ "THE SHROUDED HISTORY OF KATHESIMBHU AND ITS CONTESTED OWNERSHIP", Spaces Nepal, २०१७-१२-०८, अन्तिम पहुँच २०२०-०८-२४ [dead link]