कालोटाउके बगेडी
कालोटाउके बगेडी | |
---|---|
पोथी (महाराष्ट्र)मा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | E. melanocephala
|
वैज्ञानिक नाम | |
Emberiza melanocephala स्कोपोली, सन् १७६९ | |
कालोटाउके र रातोटाउके बगेडीको प्रजनन र हिउँ वितरण दायरा | |
पर्याय | |
Granativora melanocephala |
कालोटाउके बगेडी बगेडी प्रजाति अन्तर्गत पर्ने एक चरा हो। यो दक्षिण-पूर्वी यूरोप सहित इरानमा प्रजनन गर्दछ र जाडोमा मुख्यतया भारतमा बसाइँसराई गर्दछ भने यसका केही प्रजातिहरू दक्षिण-पूर्वी एसियामा बसाइँसराइ गर्दछन्। प्रजातिका अन्य सदस्यहरू जस्तै, यो खुला घाँसे मैदानको बासस्थानमा पाइने गर्दछ। वयस्क भालेहरूको तल्लो भाग पहेँलो रङको हुन्छ भने पछाडि तथा टाउकोको कालो रङको हुन्छ।
आगन्तुक चरा कालोटाउके बगेडीलाई ५१ वर्ष पछि काठमाडौँ उपत्यकामा पुनः अभिलेख गरिएको थियो।[२]
विवरण
[सम्पादन गर्नुहोस्]यो चरा १५ सेन्टिमिटर (५.९ इन्च) लामो, सेतोजुङ्गे बगेडी भन्दा ठूलो र लामो पुच्छर भएको हुन्छ। प्रजनन भालेमा चम्किलो पहेँलो तल्लो भाग प्रदर्शनमा आउँछ। पोथीको भने तल्लो भाग तथा टाउको रङको हुन्छ।
कालो र रातो टाउको भएको बगेडीले समान प्रजातिहरूको प्रतिनिधित्व गर्दछ जसले जुरे बगेडीको साथ एक समूह बनाउँदछ।[३]
वितरण र बासस्थान
[सम्पादन गर्नुहोस्]कालोटाउके बगेडीले खेतीयोग्य जमिनलगायत खुला सानो क्षेत्रमा प्रजनन गर्दछ। जाडोयाममा चरा एसियामा बसाइँसराइ गर्दछन् र यसको ठूलो समूह खेतबारी र घाँसे मैदानहरूमा पाइन्छन्। उल्लेखित सबैभन्दा लामो बसाइँसराइ लगभग ७,००० किलोमिटर रहेको छ। बसाइँसराइको समयमा भालेहरू समूहमा बनाउँछन् र पोथीहरू भन्दा पहिले नै जाडो याममा आइपुग्छन्।[४] भारत भित्रको शीतकालीन शृङ्खलाको मुख्य रूप देखि पश्चिमी र उत्तरी भारतमा कर्नाटक सम्म फैलिएको छ। जाडो याममा यो समूहमा बस्छन् र प्रायजसो पीतकण्ठे भँगेराजस्ता अन्य प्रजातिहरूमा सामेल हुन्छन्।[५]
मुख्य प्रजनन क्षेत्र दक्षिण-पूर्वी युरोपदेखि मध्य एसियासम्म फैलिएको छ। हिउँदमा मुख्यतया भारतमा पाइने भएतापनि जापान, चीन, हङकङ, थाइल्यान्ड, लाओस, दक्षिण कोरिया र मलेसियामा पनि पाइन्छन्।[६] ग्रीष्मऋतुमा नर्वेमा पनि यसको प्रजातिहरू पाइन्छन्।
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
-
Breeding male, Belo Polje, Serbia
-
Breeding male, Serbia
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बर्डलाइफ इन्टरनेसनल (२०१२), "Emberiza melanocephala", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ "पाँच दशक पछि कालोटाउके बगेडी काठमाण्डौं उपत्यकामा", मर्दी न्युज (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०।
- ↑ Rasmussen, Pamela C.; Anderton, John C. (२०१२), Birds of South Asia. The Ripley Guide, 2: Attributes and Status (2nd संस्करण), Washington D.C. and Barcelona: Smithsonian National Museum of Natural History and Lynx Edicions, पृ: ५५६, आइएसबिएन 978-84-96553-87-3।
- ↑ Ali, S; Ripley, SD (१९९९), Handbook of the Birds of India and Pakistan. Volume 10 (2nd संस्करण), New Delhi: Oxford University Press, पृ: 217–219।
- ↑ Gururaja, KV (१९९९), "Sighting of Black-headed Bunting Emberiza melanocephala in Shimoga city.", Newsletter for Birdwatchers 39 (1): १४।
- ↑ Dymond, N (१९९९), "Two records of Black-headed Bunting Emberiza melanocephala in Sabah- the first definite occurrence in Malaysia and Borneo.", Forktail 15: १०२, मूलबाट १० जुन २०११-मा सङ्ग्रहित।