कालो जुनबकुल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो जुनबकुल्ला
Ixobrychus flavicollis
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
I. flavicollis
वैज्ञानिक नाम
Ixobrychus flavicollis
(जोन लेथम, १७९०)
पर्याय

Dupetor flavicollis

कालो जुनबकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक पंक्षी हो। यस प्रजातिले पुर्वी जगतका एसिया, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का, चीन इन्डोनेसिया र अस्ट्रेलियाबाट प्रजनन सुरुवात गरेको थियो। यो पंक्षीले विषेशगरी एकैठाँउमा बस्ने गर्छ भने कहिलेकाँही छोटो दुरीमा बसाइँसराइ गर्ने गर्छ।

विवरण[सम्पादन गर्नुहोस्]

यस प्रजातिका बकुल्लाको एक वयस्कको लम्बाई भिन्न भिन्न भएपछि यसको अौसत लम्बाई ६४–६५ सेमी (२५–२६ इन्च) हुन्छ भने यसको तौल २७५–३५८ ग्रा (९.७–१२.६ औंस) हुन्छ। यस पंक्षीको टाउको र घाँटी वरिपरिको भाग गाढा खैरो र हल्का निलो हुन्छ। यस पंक्षीको ठुँड लामो र गाढा खैरो हुन्छ जसमा माथिल्लो भाग गाढा खैरो देखि खरानी रङ्गको हुन्छ भने ठुँडको तल्लो भाग हल्का हरियो हुन्छ तर केही उपप्रजातिमा भने यो भाग हल्ला पहेँलो जस्तो पनि देखिन्छ। यसको आँखाको नानी पहेँलो देखि रातो र खैरो रङ्गको हुन्छ। यस पंक्षीको टाउको तलको भाग, घाँटी र माथिल्लो छाती कालोमा सेतो धर्सा हुन्छ। यसको कालो पुच्छर र पखेटाको माथिल्लो भाग खैरो र कालो हुन्छ। यस पंक्षीको खुट्टा कालो र हल्का खैरो हुन्छ।[२]

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

यो पंक्षी विश्व भरी पाइने प्रजाति भएतापनि यो मुख्यतया भारत, इन्डोनेसिया, फिलिपिन्स, न्यु गीनि, सोमाली टापु र दक्षिण पुर्वी एसियामा पाइन्छ।

बाँके बकुल्लाको बासस्थान भिन्न भिन्न ठाउँमा भएतापनि यी पंक्षी विषेश गरी बाक्लो घाँसे भूमि, तालको छेउछाउ, नदि, नहर, पोखरीमा आदिमा पाइन्छन्। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती पनि एक महत्त्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ। यो पंक्षी सामान्यतया तल्लो भू-भागमा बस्ने भएतापनि यी प्रजातिहरू भारतमा १,२०० मिटर उचाइ सम्म पनि पाइन्छन्। यस पंक्षीले होचो रुखमा गुण बनाउने गर्दछ।

प्रजनन[सम्पादन गर्नुहोस्]

आहारा[सम्पादन गर्नुहोस्]

यस पंक्षीले मुख्यतया साँझ सक्रिय हुने भएकाले यसले साँझ र घाम डुबेपछि सिकार गर्छ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफ्नो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ र त्यसलाई निकैबेर हेर्छ र सिकार यस पंक्षीको नजिक हुँदै आयो भने यसले अचानक हमला गर्छ। जमिनमा भने यसले आफ्नो सिकारलाई विस्तारै हिँडेर र यसले आफ्नो तीखो ठुँडले साकार गर्ने गर्छ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा आदि खाने गर्छ।[३]

स्थित[सम्पादन गर्नुहोस्]

यस पंक्षी विश्व छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२), "Ixobrychus flavicollis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण २०१३.२, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. "कालो जुनबकुल्लोको शारीरिक विवरण", हिरोन कन्जरभेसन 
  3. "कालो जुनबकुल्ला", बर्डस् इन ब्यायार्डस् 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]