कुइकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुइकर
व्यवसाय प्रकार
निजी
उद्योगइन्टरनेट
स्थापितसन् २००८ [१]
स्थापनाकर्ताप्रणय चुलेट [२] र जिवी थोमस [३]
केन्द्रीय कार्यालय,
शाखा सङ्ख्या
भारत
सेवा क्षेत्र
 भारत
मुख्य व्यक्ति
प्रणय चुलेट (सह-संस्थापक र प्रमुख कार्यकारी अधिकृत)
सेवाहरूवर्गीकृत विज्ञापन
वेबसाइटwww.quikr.com

कुइकर एक भारतीय वर्गीकृत विज्ञापन मञ्च हो। यसलाई सन् २००८ मा प्रणय चुलेट र जीबी थोमसद्वारा संयुक्त रूपमा स्थापना गरिएको थियो।[२][३][४] बेङ्गलुरुमा प्रधान कार्यालय रहेको कुइकरले भारतका ९०० भन्दा बढी सहरहरूमा मोबाइल फोन, घरका सामान, कार, रियल ष्टेट, जागिर, सेवा र शिक्षा जस्ता श्रेणीहरूलाई सूचीबद्ध गरेको छ। [५] कुइकरका सामग्रीहरू यसको आधिकारिक वेबसाइटका साथ साथै अनुप्रयोगमा एन्ड्रोइडआइओएस मार्फत पनि उपलब्ध छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कुइकर सुरुमा नोभेम्बर २००६ मा किजीजी भारतको रूपमा शुरू गरिएको थियो। [६] किजीजी डटइनमा स्वामित्व किजीजी अन्तर्राष्ट्रियको रहेको थियो जुन इबे निगमको एक सहायक कम्पनी हो।

सन् २००८ मा, मुम्बईमा आधारित उद्यम पूँजीवादी, म्याट्रिक्स पार्टनर्स इण्डियाले किजीजी भारतमा लगानी गरेको थियो। जस पछि किजीजी भारतलाई किजीजी इण्टनेसनलबाट अधिग्रहण गरिएको थियो र एक स्वतन्त्र कम्पनीको रूपमा पुनर्गठित गरिएको थियो। पछि यसलाई "कुइकर"को रूपमा पुनर्गठित गरिएको थियो, जसमा संयुक्त रूपमा म्याट्रिक्स पार्टनर र इबे निगमको स्वामित्व रहेको थियो।[७]

वित्त[सम्पादन गर्नुहोस्]

कुइकर, किन्नेभिक, म्याट्रिक्स पार्टनर्स इण्डिया , ओमिडियार नेटवर्क, नर्वेष्ठ भेञ्चर पार्टनर्स , नोकिया ग्रोथ पार्टनर्स, वारबर्ग पिनकस र ईबे निगमद्वारा समर्थित छ।[१]

सन् २००९ मा, कुइकरले २० करोड भारु सङ्कलन गरेको थियो।[८] सन् २०१४ मा, कुइकरले लगभग १५० मिलियन अमेरिकी डलर सङ्लन गरेको थियो[९] जसमा यसले ६ करोड अमेरिकी डलर टाइगर ग्लोबलको नेतृत्वमा [१०] र धेरै अवस्थित लगानीकर्ताहरूको सहभागिता र किन्नेभिकको नेतृत्वमा कोष सङ्कलनको चरणमा ९ करोड अमेरिकी डलर उठाएको थियो।[११][१२][१३][१४] सन् २०१४ सम्म कुइकरले सङ्लनको विभिन्न सात चरणमा गरी कुल ३५० मिलियन अमेरिकी डलर उठाएको थियो।[१५]

साझेदारी तथा अधिग्रहणहरू[सम्पादन गर्नुहोस्]

पेपरफ्राइले कुइकरको साथ साझेदारी गरीरहेको छ।[१६]

जनवरी २०१६ मा, कुइकरले रियल ष्टेट पोर्टल कमनफ्लोर डटकमको अधिग्रहण गरेको घोषण थियो र त्यसलाई यसको रियल ष्टेट विभाग कुइकर होम्स साथ समायोजन गरेको थियो।[१७] डिसेम्बर २०१७ सम्म, कुइकरले यसको घर जग्गा व्यवसायको लागि ५ अधिग्रहण पूरा गरिसकेको थियो। [१८]

विशेषता[सम्पादन गर्नुहोस्]

कुइकरले एक अनलाइन वर्गीकृत विज्ञापन मञ्चको प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एक अर्काबाट सामान र सेवाहरूको खरीद वा बिक्रीका लागि सक्षम गर्दछ।[१९] प्रस्तुत गरिएका अन्य सेवाहरूले छुटेका कल सेवा, र तत्काल सन्देश सेवाको समावेश गर्दछ।[२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "कुइकरको बारेमा", अन्तिम पहुँच २०१६-०३-०४ 
  2. २.० २.१ "Meet Quikr CEO Pranay Chulet, IIT-IIM alumnus, who built India's largest online classifieds co", टाइम्स अफ इण्डिया-इकोनोमिक टाइम्स, मूलबाट ७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०३-०४ 
  3. ३.० ३.१ कुल भुसन (३० Nov २०१२), "Quikr co-founder Jiby Thomas quits company to start new internet venture", टेक सर्कल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०३-०४ 
  4. श्रीनिवासन, सुपराजा (२०१८), "Pepperfry partners with Quikr for its furniture exchange program", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २०१८-०१-१६ 
  5. ढाँचा:Cite interview
  6. "eBay Inc. & Matrix Partners India Announce New Partnership - Kijiji India to be jointly owned by eBay & Matrix Partners", इबे (प्रेस विज्ञप्ति), अन्तिम पहुँच २०१६-०३-०४ 
  7. "Classifieds website Kijiji India is now Quikr.com", बिजनेस स्ट्यान्डर्ड, २९ जनवरी २०१३, अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  8. "Quikr Raises Rs 20 Cr In Series-B From Omidyar, Matrix India", भिसिसर्कल, २००९-०७-३०, अन्तिम पहुँच २०१०-०६-२१ 
  9. "Quikr raises Rs 550 crore from group of investors led by Swedish investment company Kinnevik", द इकोनोमिक टाइम्स, २०१४-०३-१२, अन्तिम पहुँच २०१५-०८-२६ 
  10. "Quikr founder shows how to take an old idea and make it new", बिजनेस स्ट्यान्डर्ड, २०१४-०३-१४, अन्तिम पहुँच २०१५-०८-२६ 
  11. "Quikr.com raises Rs. 548 cr in private equity", The Hindu Business Line, २०१४-०३-१२, मूलबाट १६ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२६ 
  12. "Swedish firm Kinnevik to invest in Quikr", The Economic Times, २०१४-०३-११, मूलबाट १६ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२६ 
  13. "Online ads firm Quikr raises Rs 548 crore from foreign investors", The Times Of India, २०१४-०३-१२, अन्तिम पहुँच २०१५-०८-२६ 
  14. "Quikr raises $90 million", The Hindu, २०१४-०३-१३, मूलबाट २४ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२६ 
  15. "Why investors are betting big on Indian e-commerce firms", मिण्ट, २०१४-०३-१३, मूलबाट १५ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२६ 
  16. श्रीनिवासन, सुप्रजा (२०१८), "Pepperfry partners with Quikr for its furniture exchange program", The Economic Times, अन्तिम पहुँच २०१८-०१-१६ 
  17. "Quikr buys CommonFloor in $200-mn all-stock deal", २०१६-०१-०८, अन्तिम पहुँच २०१६-०४-१६ 
  18. शुक्ला, Saloni; श्रीनिवासन, सुप्रजा (२०१७-१२-२१), "Quikr acquires HDFC's digital, realty units in all stock deal", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २०१८-०१-१६ 
  19. "The business savvy of a "missed call"", मूलबाट १६ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण १६ मे २०१५ मिति
  20. "Quikr launches chat service to boost sales", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २६ अगस्ट २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]