कुमार कट्टेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमार कट्टेल
जन्मसोलुखुम्बु, नेपाल
राष्ट्रियतानेपाली
अन्य नाम'जिग्री'
पेशाहास्य कलाकार / निर्देशक / अभिनेता[१]

कुमार कट्टेल एक सक्रिय नेपाली हास्य कलाकार हुन्, जसले हास्यव्‍यंग्य टेलिशृंखला 'सक्किगो नि'को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । 'जेपीटी क्रिएसन' का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला 'भद्रगोल'मा काम गरेका थिए । पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सीताराम कट्टेल (धुर्मुस) का भाइ पनि हुन् । उनी सामाजिक कार्यमा सक्रिय छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]