सामग्रीमा जानुहोस्

कृष्णप्रसाद पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Poet Krishna Prasad Parajuli
कृष्णप्रसाद पराजुली
जन्म१९९२ असार २४ गते
काभ्रेपलाञ्चोक, भ्रमरकोट
मृत्युत्रिवि शिक्षण अस्पताल काठमाडौँ
समाधि स्थलपशुपति आर्यघाट
पेशाभाषा, साहित्य
भाषानेपाली,
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाआचार्य
बच्चाहरू

कृष्णप्रसाद पराजुली (वि.सं. १९९२-२०७०) नेपाली साहित्यकार थिए ।[] उनका बालसाहित्य/कविता/समालोचना/व्याकरण लगायत विभिन्न विधाका ३ दर्जन जति कृति प्रकाशित छन् ।

जन्मः वि० सं० १९९२ असार २४; जुलाई ८, १९३५, भमरकोट, काभ्रे । निधनः वि० सं० २०७० चैत २० गते; शिक्षण अस्पताल, काठमाडाैँ ।

बाबुआमाः पशुपतिप्रसाद पराजुली, महादेवी पराजुली । परिवारः श्रीमती नीरा पराजुली, छोरीहरू शारदा अधिकारी, शान्ता शर्मा, शाम्भवी पौडेल, छोरा शाश्वत र सौजन्य ।

अध्ययन-अनुभवः २००६ सालमा निजामती मध्यमा (११ पास), २०१० सालमा प्रवेशिका (स्वणर्पदक), २०१३ सालमा विशारद, २०२० मा साहित्यरत्न (प्रथम श्रेणी), कृतिगत आ धारमा त्रि०वि० मा प्राध्यापन, विविध कार्यशालामा सहभागी एवं विशेषज्ञ, विभिन्न शोधपत्र तथा सृजनात्मक पत्रको निर्देशन, सयौँ-सयौँ प्रतिभालाई मार्गनिर्देशन ।

कार्य र सेवाः २००५-०६ सालदेखि स्वतन्त्र शिक्षण, २००७-०८ सालदेखि साहित्यिक-शैक्षिक अभियानमा सक्रिय, गाउँ-जिल्लामा विद्यालय-पुस्तकालय आदिको स्थापना र सञ्चालन, नेपाल पुस्ताकालय सङ्घ, साहित्यिक परिवार, नेपाल प्रगतिशील लेखक सङ्घ आदिमा पदाधिकारी तथा कार्यकारी सदस्य । २०५७ सालदेखि विभिन्न रोगले आक्रान्त रहँदै आएको समयमा पनि दर्जनौँ कृतिको लेखन-प्रकाशनद्वारा नेपाली भाषासाहित्यको सेवा साधनामा समर्पित ।

२०१७ देखि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सेवासम्बद्ध, नेपाल राष्ट्रिय विद्यापीठमा प्रधानाध्यापक, प्राचार्य र सहरजिस्ट्रार, त्रिभुवन स्मारक समितिमा सम्पादक, जुद्धोदय मा० वि० मा शिक्षक, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापन—सहप्राध्यापकसम्म र पाठ्यक्रम विकास केन्द्रमा नेपाली विशेषज्ञ, सुनकोसी साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष, विभिन्न साहित्यिक संस्थामा आजीवन तथा सम्मानित सदस्य र सल्लाहकार ।

सम्मानः राष्ट्रिय स्तरमा विभिन्न रूपबाट सयौ“को सङ्ख्यामा सम्मानित तथा अभिनन्दित, २०४४ मा धुलिखेलमा सार्वजनिक अभिनन्दन, २०६४ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित, २०६५ मा काभ्रेको भकुण्डेबेसीमा सार्वजनिक अभिनन्दन तथा अग्रपूजन, २०६६ मा सार्वजनिक पचहत्तरौँ मङ्गलोत्सव, सम्मान र अभिनन्दन, सन् २०१० मा संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतमा सम्मान तथा अभिनन्दन, सुप्रबल गोरखा दक्षिणबाहु ।

कृष्णप्रसाद पराजुली प्रगतिशिल लेखक सङ्घका सदस्य, साहित्यिक परिवारका साहित्य मन्त्री आदि थिए ।

नाला-पानी कविता, महेन्द्र माला, कक्षा-६, प्रकाशित मिति वि.सं २०३६ साल

उनका मौलिक कृतिहरु निम्न रहेका छन -
१) पन्ध्र तारा र नेपाली साहित्य (जीवन सँग्रह, वि.सं. २०२४)
२) नौबेली (कथा सँग्रह, वि.सं. २०२८)
३) सय थुङ्गा फुल (कविता सँग्रह, वि.सं. २०४४)
४) आँखाभरि सपना मुटुभरि गीत (गीत सँग्रह)
५) भाषाको माया (भाषिक अनुसन्धान, वि.सं. २०४४)
६) नेपाली अध्ययन तथा अभिव्यक्ति (भाषा, वि.सं. २०२७)
७) प्रयोगात्मक भाषात्व नेपाली (व्याकरण, वि.सं. २०३५)
८) राम्रो रचना, मीठो नेपाली (व्याकरण, वि.सं. २०२३)
९) नेपाली उखान र गाउँखाने कथा (सँग्रह, वि.सं. २०३९)
१०) पूर्व एक नम्बर (स्थान परिचय, वि.सं. २०२२)
११) बादलका बुट्टाहरू (कविता सँग्रह, वि.सं. २०४५)
१२) फूलपात (निबन्ध र पत्र परिचय, वि.सं. २०४४)
१३) जूनतारा (बालकाव्य, वि.सं. २०४५)
१४) सुनकेस्रा (बालकथा सँग्रंह, वि.सं. २०२८)
१७) सुनौला तीन कुरा (बालकथा सँग्रह, वि.सं. २०२७)
१८) रमाइला नानी (बाल कविता सँग्रह, भाग १ र २- वि.सं. २०२२मा र तेस्रो-वि.सं. २०२७)
१९) हिमाली डाँफे (बालकथा सँग्रह, वि.सं. २०४४)
२०) सात गेडीको कथा (कथा सँग्रह, वि.सं. २०२५)
२१) नेपाली व्यवहारिक व्याकरण (व्याकरण, वि.सं. २०२३)

सम्पादित, अनूदित र फुटकर कृति

[सम्पादन गर्नुहोस्]

पराजुलीद्वारा सम्पादित, अनूदित र फुटकर कृति यी हुन्-
१) नेरावि (सामयिक सङ्कलन, प्रधान सम्पादक)
२) ज्ञान सागर (सामयिक सङ्कलन, सम्पादक)
३) पालुवा त्रैमासिक (सम्पादन)
४) बालक (मासिक, हाल: त्रैमासिक-सम्पादन, वि.सं. २०२७)
८) भञ्ज्याङ्गका सुसेली (कविता, सम्पादन)
९) कलिलो घाम (कविता सँग्रह-सम्पादन, वि.सं. २०२७)
१०) वाङ्मय (अर्द्धवार्षिक, सह-सम्पादन)
११) कविता (त्रैमासिक, सहायक सम्पादन)
१२) नेपाली बृहत शब्दकोष (सम्पादक, वि.सं. २०४०)
१३) अठोट (कविता सँग्रह, सम्पादक, वि.सं. २०४४)
१४) विभिन्न पत्र-पत्रिकाहरूमा कथा, समालोचना, कविता, निबन्ध, आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक

[सम्पादन गर्नुहोस्]

उनले पाएका केही पुरस्कार, मान-सम्मान, पदक यी हुन्-

  • राष्ट्रिय बालकोष पुरस्कार (वि.सं. २०४४)
  • बालहितकारी पुरस्कार (वि.सं. २०४५)
  • कविता प्रतियोगितामा स्वर्ण पदक (वि.सं. २०२२)
  • ने.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत (वि.सं. २०२५)
  • झपट पुरस्कार (वि.सं. २०४६)
  • हरिहरशास्त्री साबित्री देवी पुरस्कार (वि.सं. २०४७)
  • जगदम्बाश्री पुरस्कार (वि.सं. २०६४)
  • विभिन्न व्यक्ति, सङ्घ, संस्थाद्वारा अभिनन्दन (वि.सं. २०४६/३/२४)

पराजुलीको २०७० चैत्र २० गते ७८ वर्षको उमेरमा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा निधन भयो। पराजुली मधुमेहबाट ग्रसित थिए। [] पराजुलीका बारेमा विभिन्न विद्वानहरूको अभिव्यक्ति श्री पराजुलीले नेपाली साहित्यका क्षेत्रमा सेवा गर्न थालेको धेरै भयो औ अझ धेरै कालसम्म नेपाली साहित्यका तथा शिक्षाका क्षेत्रमा आधुनिक रीतिले लेखिएका उहाँका पुस्तकहरू होलान् । … पराजुलीजीको म अभिनन्दन गर्दछु ।

सूर्यविक्रम ज्ञवाली

म कृष्णप्रसाद पराजुलीको मुक्त कण्ठले प्रशंसा गर्दछु । … म विश्वस्त भएर उहाँको सफलता देख्न चाहन्छु ।

बालकृष्ण सम

मलाई कृष्णप्रसाद पराजुलीको मीठो नेपाली मन पर्छ ।

पारसमणि प्रधान

पराजुली आफ्नै खुट्टामा उभिएर आफ्नै परिश्रमले भुइँमा जरा फैलाएका व्यक्ति हुन् । ज्ञान र बुद्धि कसैका पेवा हैनन् । जसले मेहनत र अध्ययन गर्छ, उसैले तिनलाई वरण गर्छ ।

सिद्धिचरण श्रेष्ठ

कृष्णप्रसाद पराजुली रसमाधुर्य आलोकका कवि हुन् । पराजुलीका कविताहरूमा विचार-सौन्दर्यको व्यापक अभिव्यञ्जना भएको छ । उनका सान्ध्य-सङ्गीत लयमा आधारित राग-माधुर्यप्रधान कविताहरू उच्च कोटिका छन् । कवि भाइ पराजुलीको रससिद्ध लेखनीको म प्रारम्भदेखि नै प्रशंसक छु ।

केदारमान व्यथित

पराजुलीजी गाउँघरमा जन्मिएर लोकसाहित्यसँग भिज्ने र नेपाली भाषाको आफ्नै अभिव्यञ्जनाशक्ति बुझ्ने साहित्यकारमध्ये एक हुनुहुन्छ ।

राष्ट्रकवि माधव घिमिरे

श्री कृष्णप्रसाद पराजुली मूर्धन्य साहित्यकार हुनुहुन्छ । नेपाली भाषा-साहित्यले उहाँबाट महŒवपूणर् योगदान पाएको छ । काभ्रे जिल्लाले उहाँलाई पाएर गौरव गरेको कुरा मैले महसुस गरेको छु ।

शैलेन्द्रकुमार उपाध्याय

नेपाली भाषा, कविता, गीत, निबन्ध, कथा र बालसाहित्यका क्षेत्रमा सुपरिचित कृष्णप्रसाद पराजुलीज्यूको छोटो, छरितो र मीठो भाषा तथा सरल, सुबोध र रसिला साहित्यिक कृतिहरूले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको म हार्दिक सराहना गर्दछु ।

महेशकुमार उपाध्याय, पूर्वउपकुलपति, त्रि० वि०

नेपाली भाषा-साहित्यमा निरन्तर साधनारत कृष्णप्रसाद पराजुलीले ‘उदय’ पत्रिकालाई पनि रचना दिएर सहयोग गर्नुभएको थियो । भाषासाहित्यमा समर्पित प्रतिभाशाली पराजुलीको समुन्नतिमा शुभकामना व्यक्त गर्दछु ।

काशीबहादुर श्रेष्ठ

बज्दै रहोस् सधैँ कृष्ण ! तिम्रो मुरली

मुरलीको सुरमा गँुज्यो मीठो नेपाली

जनकविकेशरी धर्मराज थापा

कृष्णप्रसाद पराजुलीलाई म श्रेष्ठतर र सामान्य नेपालीभन्दा पृथक् सृजनशील स्रष्टाका रूपमा स्वीकार गर्छु । उहाँका लेखनीका प्रत्येक शब्दले राम्रा र स्तरीय कविता-काव्यात्मक विचारहरू देशका सामु प्रस्तुत गरेर उहाँको सम्पूणर् जीवनलाई सार्थक तथा गरिमामय तुल्याएका छन् । म जीवनलाई बहुधा स्वीकृतिपरक दृष्टिले हेर्ने गर्छु । श्री पराजुलीले सार्थक र सृजनशील उपलब्धि देखाउनुभएको छ ।

मदनमणि दीक्षित

कृष्णप्रसाद पराजुलीले नेपाली भाषा-साहित्यको जेजति सेवा गर्नुभएको छ, आज कसैले उहाँको बारे लेखोस्-नलेखोस्, मेरो दृष्टिमा उहाँ साहित्यिक दृष्टिले अजर-अमर हुनुहुन्छ ।

पूणर्प्रसाद ब्रा≈मण

पराजुलीज्यूले नेपाली साहित्यका विभिन्न विधामा आफ्नो सीप दर्साउनुभएको छ । भाषाका क्षेत्रमा त उहाँको देन अद्वितीय छ । खास गरी भाषालाई क्लिष्टताको फन्दाबाट जोगाएर सरलताको देउरालीमा तान्ने तपस्वीहरूमध्ये उहाँ अग्रणी हुनुहुन्छ ।

प्रा० बालकृष्ण पोखरेल

सबैभन्दा निपुण र दक्ष देखिन्छन् पराजुलीका भाषिक संरचनाकार । नेपाली वाङ्मयमा उनीबाट सिर्जनात्मक साहित्यले जे-जस्तो पायो त्योभन्दा बढी पाएको छ बालसाहित्यले र बालसाहित्यलाई उनले जे-जति गुन लगाए त्यसभन्दा बढी योगदान पुर्‍याएका छन् भाषिक संरचनाको फाँटमा ।

कृष्णचन्द्रसिंह प्रधान

मलाई सबभन्दा बढ्ता त कृष्णप्रसाद पराजुलीको बालरचना नै मन पर्छ । नेपाली जगत्लाई उहाँले के दिनुभयो भनेर कसैले सोध्यो भने म भन्दछु— मुख्यतः उहाँ नेपाली बालसाहित्यका अमर रचनाकार हुनुहुन्छ । त्यसपछि नेपाली भाषा र साहित्यका क्षेत्रमा उहाँले हिजो र आज पनि दिँदै आएको योगदानको भूमिका महŒवपूणर् म ठान्दछु ।

डा० वासुदेव त्रिपाठी

सारस्वत साधनामा समर्पित व्यक्तिहरूको दृष्टिकोण एकाङ्की नभएर बहुमुखी, व्यापक र विशाल हुन्छ । पराजुलीज्यूका योगदानको फाँट पनि फराकिलो छ । भाषा र व्याकरणबाहेक कथा, कविता, बालसाहित्य र निबन्धको फाँटमा उहाँले उत्तिकै सफलता पाउनुभएको छ र नेपाली वाङ्मयको संवृद्धिमा यस योगदानले भाउ पाएको छ ।

डा० डिल्लीराम तिमसिना

कवि कृष्णप्रसाद पराजुली स्वभावका सरल, शरीरका साधारण र व्यवसायका शुद्ध, शुभ्र र स्नेहशील भएर आफ्नो समस्त जीवन साहित्यको सेवामा समर्पण गरिरहनुभएको छ । यस्ता व्यक्तिको स्वाभिमान राष्ट्रको ठूलो पुँजी हुन्छ ।

डा० तारानाथ शर्मा

कृष्णप्रसाद पराजुली नेपाली भाषा-साहित्य र शिक्षाको क्षेत्रमा एक सुपरिचित नाम हो । उहाँको निश्छल स्वभाव, कमलो मन अनि सजिलो र मीठो बोलीको व्यक्तित्वले साथीभाइका माझ खास ठाउँ ओगटेको छ । उहाँको भाषिक शिल्प र साधना गौरवको कुरा छ ।

डा० बल्लभमणि दाहाल

राम्रो रचना ः मीठो नेपालीका सफल र सुन्दर नमुना नेपाली लोकगीतको आलोकमा पाइन्छ ।

डा० चूडामणि बन्धु

पराजुली मानववादी मूल्यमा आस्था राखी विश्वासका स्वर गुँजाइरहेका छन् भने सङ्घर्ष र विद्रोहका थोत्रा नाराका ठाउँमा गम्भीर र संयत भएर आफ्नो प्रगतिकामी चेतना फिँजाइरहेका छन् । तसर्थ कवि तथा गीतकार पराजुली मानवीय मूल्य र सामाजिक संचेतना भएका संवेदनशील तथा आस्थावान् स्रष्टा हुन् ।

डा० केशव उपाध्याय

कृष्णप्रसाद पराजुली राम्रो रचना र मीठो नेपालीका निम्ति साह्रै राम्रो उदाहरण हुनुहुन्छ । कविता र लेखका विभिन्न विधामा मात्रात्मकका साथै गुणात्मक रूपबाट समेत उहाँले औधी सराहनीय योगदान पुर्‍याउँदै आउनुभएको छ । असल विचारका र निरन्तर साधनारत रहन सक्ने उहाँका गुणबाट हामीले सिक्नै पर्छ । केटाकेटीदेखि प्रौढसम्मका लागि र साधारण शिक्षितदेखि विद्वान्हरूसम्मका लागि अत्यन्त उपयोगी सामग्री निरन्तर दिइरहन सक्नु पनि उहाँको ठूलो विशेषता हो ।

श्यामप्रसाद शर्मा

पराजुली कोमल भावका धनी छन् । उनका कोमल भाव कवितामा मात्र होइन, भाषा-व्याकरणमा समेत रसाएका हुन्छन् । बालसाहित्यमा त उनको नाम अग्रपङ्क्तिमा नै आउँछ । मुक्तक, गीत र खण्डकाव्य पनि यही विशेषताले गर्दा आँखाभरि र मनभरि खेलिरहन पाएका छन् ।

प्रा० ठाकुर पराजुली

जीवनको धेरै नजिकबाट सिर्जेको साहित्य लिएर २००७ सालपछिको दशकमा साहित्याकाशमा देखा परेका कवि-रचनाकारहरूमा पराजुली जिन्दगीका एक जना गायक हुनुका साथै यथार्थवादी चिन्तकका रूपमा प्रतिस्थापित भएका छन् ।

माधवलाल कर्माचार्य

नेपाली लेखक हुनेले जति नै पाका उनी किन नहुन् सधैँ नै नेपाली लेख्न सिकिरहनुपर्छ । सिक्नलाई पढिरहनुपर्ने हुन्छ— बालकृष्ण सम, चक्रपाणि चालिसे, महानन्द सापकोटा, रूपनारायण सिंह, शिवकुमार राई, बालकृष्ण पोखरेल, पारसमणि प्रधान आदिका लेखाइहरूलाई । उनीहरूका लेखाइमा हामी उनीहरूका नेपाली भाषाप्रतिका माया, भक्ति र निरीक्षा पढ्छौँ । यस्तै एक पाठ्यपुस्तक मान्छौँ पराजुलीज्यूलाई ।

इन्द्रबहादुर राई

साहित्यमा बहुआयामिक सृजनशीलता भएका स्रष्टाहरूमा कृष्णप्रसाद पराजुली अग्रिम स्थानमा हुनुहुन्छ । गीत, कविता, कथा, निबन्ध, लोकसाहित्य, बालसाहित्य आदि सबै विधामा उहाँको कलम सशक्त छ । साहित्यमा लोकभावना, सरलता, सुबोधता उहाँका वैशिष्ट्य हुन् ।

मोदनाथ प्रश्रित

पराजुलीको नैसर्गिक सरलता, स्वनिणर्ित लक्ष्यप्रतिको समर्पण र अविभाजित लगनशीलताबाट म प्रभावित भइसकेको हुँ । … जे लेखे पनि उहाँ आफ्नो लेखनदायित्वमा सधैँ निष्ठावान् नै रहनुभयो भन्ने मेरो विश्वास छ ।

डा० दुर्गाप्रसाद भण्डारी

नेपाली वाङ्मयका अनन्य साधक कृष्णप्रसाद पराजुली बहुमुखी प्रतिभासम्पन्न व्यक्ति हुन् । उनको सृजनात्मकता गीत-कविता, कथा, निबन्ध, समालोचना, भाषा-व्याकरण, बालसाहित्य, लोकसाहित्य, शब्दकोश, सम्पादन आदि क्षेत्रमा व्याप्त छ । उनको अथक कलमले सन्देशमूलक, प्रयोजनपूणर् र सार्थक किसिमका सयौँ रचना सिर्जेको छ । भाषा र व्याकरणसम्बन्धी उनको पुस्तक राम्रो रचना ः मीठो नेपाली नेपालीका अत्यन्त लोकप्रिय ग्रन्थमध्ये एक हो ।

प्रा० मोहनराज शर्मा

वास्तवमा पराजुलीजी लेखकका रूपमा जति शुद्ध, मीठो र राम्रो हुनुहुन्छ, मान्छेका रूपमा पनि त्यत्तिकै शुद्ध, मीठो र राम्रो हुनुहुन्छ— त्यो सुनमा सुगन्धको संयोग हो र यो संयोग सदा कायम रहोस् भन्ने कामना गर्दछु ।

डा० कुमारबहादुर जोशी

म ‘उत्साह’ मासिकको कविता-सम्पादक भएर काम गरेको बेला उहाँ पनि ‘उत्साह’ को केही समयसम्म भाषा-सम्पादक रहनुभएको थियो । त्यतिखेर मैले उहाँको सान्निध्यको मौका पाएकी छु । म उहाँलाई जनसंवेदनशील, युवा पिँढीप्रति सहानुभूतिपूणर् र प्रेरक साहित्यकार मान्दछु ।

पारिजात

कृष्णप्रसाद पराजुली नेपाली भाषालाई सरस र सरल बनाउन योगदान गर्ने एक कुशल शिल्पी हुन् । यसबाहेक नेपालको लोकपरम्परामा लोकसाहित्य तथा बालसाहित्यमा उनको उल्लेखनीय योगदान छ । यिनै कुराको लागि नेपाली समाजले उनलाई आदर गर्दछ ।

खगेन्द्र सङ्ग्रौला

पराजुलीज्यू आफ्नै सीप र कलाले, आफ्नै प्रतिभा र साधनाले, आफ्नै योग्यता र क्षमताले, आफ्नै त्याग र तपस्याले आज नेपाली भाषा-साहित्यका एक उज्ज्वल नक्षत्रका रूपमा परिचित हुनुहुन्छ । आफ्नै ज्ञानालोकले आलोकित हुनुहुन्छ ।

प्रा० शिवगोपाल रिसाल

कृष्णप्रसाद पराजुली नेपाली भाषा, साहित्य र संस्कृतिका स्वनामधन्य प्रतिभा हुन् । उनले नेपाली भाषालाई सहज र सरल बनाउन उल्लेख्य प्रयत्न गरेका छन् । नेपाली भाषाको मौलिकतालाई तिक्खर पार्दै यसको अभिव्यक्तिगत तीक्ष्णताको पहिचान गर्दै भाषाको सरल रूप निर्धारण गर्न उनले गरेको योगदान भाषाक्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा भएको छ ।

ग·ाप्रसाद उप्रेती

कृष्णप्रसाद पराजुली स्वावलम्बन, स्वाध्यायन, स्वलेखन, अभ्यास, मनग्य सरल स्वाभिमान आदिजस्ता गुणहरूको अर्को नाम हो । उहाँलाई नेपाली भाषा र साहित्यका श्रद्धेय साधकका रूपमा सहजै सम्बोधन गर्न सकिन्छ ।

आनन्ददेव भट्ट

सुन्दर शब्दशøया र भावस्थापन गर्ने कलामा पराजुली अपराजेय छन् । पराजुलीको गीतको स्वरलहरी नेपाल र नेपालीको मायामा र भाखामा पर-परसम्म पुगेको र मधुर ढङ्गले बजेको सुनिन्छ ।

राममणि रिसाल

नाटकीय प्रभाव दिएर कथाको निर्माण गर्ने कथाकार कृष्णप्रसाद पराजुली नौबेलीमा समाजप्रति सचेष्ट एक गम्भीर द्रष्टाका रूपमा देखिन्छन् । उनका कथाहरूमा समाजको प्रतिविम्ब जीवन्त छ ।

डा० दयाराम श्रेष्ठ

कवि पराजुलीका काव्यकृतिहरूमा एकातिर प्रणयरागको मृदुल स्वर छ त अर्कातिर प्रगतिचेत र राष्ट्र ब्यूँझाइएको तीव्रता । कविको मार्मिक हृदयस्पर्शी भावलाई कोमलकान्त पदावलीले शुद्ध भाषामा अभिव्यञ्जित गरेको पाइन्छ । उनका मृदु र कोमलकान्त पदावली बङ्गलाका रवीन्द्रनाथ र हिन्दीका प्रसाद, पन्त र गेय गुणमा महादेवी वर्मासित कुम जोर्न पुगेका छन् ।

लक्खीदेवी सुन्दास

उहाँको भाषा र साहित्यप्रतिको लगन र सेवासँग त सुरुदेखि नै परिचित छु । उहाँका बालसाहित्य— बालगीत, बालकविता र बालकथाहरूका सुमधुर सङ्गीत र तिनका रूपशैलीको स्वादप्रति म लोभिएको छु । उहाँको भाषा-साहित्यको सेवा र गहिरो निष्ठाबाट म प्रभावित छु ।

रमेश विकल

पराजुली गीत, कविता, मुक्तक लेखेर औपचारिकता व्यक्त गर्न मात्र होइन, व्यावहारिक रूप दिन पनि खोज्छन् । त्यसैले मित्र-मण्डली खडा गरेर नेपाली साहित्यको विकासमा जागरूक हुने युवक कवि मोतीरामकमो व्यक्तित्वसित पराजुलीको व्यक्तित्व तुलना गर्न मन लाग्छ ।

भरतराज पन्त

भाषा-व्याकरणविषयमा कृष्णप्रसाद पराजुली नेपाली पाठकजगत्मा सुपरिचित नाम भएको छ । नेपाली बालसाहित्यको नाम लिँदा पहिलो सङ्ख्या पराजुलीमा नै पुगेर अडिन्छ । नेपाली वाङ्मयका विभिन्न विधामा कलम चलाउन सक्ने प्रतिभा पाएका पराजुलीमा— “नेपाली भाषा र साहित्यलाई सजाउने एउटा सिङ्गै पूmलबारीको आवश्यकता धेरै अघिदेखि अनुभव गरिएको थियो”— भावना जसरी उब्जियो, साँच्चै त्यो पूरा भएको छ ।

डा० तुलसी भट्टराई

पराजुली साहित्य र शिक्षा भनेपछि मरिमेट्नु हुन्छ । अति नै परिश्रमी, साधनारत र लागेको लाग्यै गर्ने उहाँको बानीले उहाँलाई साहित्य र शिक्षाको खानी बनाएको छ ।

टी० आर० विश्वकर्मा

साहित्यिक क्षेत्रको भन्दा व्यक्तिगत सम्बन्धको हिसाबले हामी दुवै जना निकै लामो समयसम्म एउटा काममा लागेका छौँ । सङ्क्षेपमा उहाँको भाषा तथा विषयवस्तुगत सरलता एवं स्पष्टताले मलाई ज्यादै आकर्षित गर्दछ ।

वासु शशी

राम्रो रचना ः मीठो नेपालीको पक्ष लिएर भाषासौन्दर्य र गठिलो प्रबन्धनमा विश्वास गर्ने कवि पराजुलीका आँखाभरि सपना र मुटुभरि गीत सलबलाएका छन् । भावतीक्ष्णता र अभिव्यक्तिगत मिठास यिनको काव्यगत विशेषता हो ।

प्रा० गोपीकृष्ण शर्मा

कृष्णप्रसाद पराजुली नेपाली साहित्यका सुपरिचित स्रष्टा हुन् । नेपाली भाषाको लेखनलाई शुद्ध, स्तरीय र सुरुचिपूणर् बनाउन पराजुलीले व्यक्तिगत र संस्थागत रूपबाट गरेको योगदान अतुलनीय रहेको छ । मातृभाषाको श्रीवृद्धिका निम्ति उनले आफ्नो सम्पूणर् जीवनकै लगानी गरेका छन् भन्नु अत्युक्ति हुँदैन ।

रोचक घिमिरे , सम्पादक, रचना

कृष्णप्रसाद पराजुली !

व्यक्ति एक, व्यक्तित्व अनेक

कवि-लेखक, अनुसन्धाता, शिक्षक-प्राध्यापक,

व्याकरणविद्, साहित्यिक पत्रकार

आफ्ना सबै कर्मक्षेत्रका प्रतिष्ठित

सरल, सहज र मृदुभाषी

भन्छन् नि— आँखामा हाले पनि नबिझाउने

हो, एउटा त्यस्तै दुर्लभ व्यक्तित्व

सर्वोपरि— एउटा असल मान्छे

तिम्रो जय होस् !

नगेन्द्रराज शर्मा, सम्पादक, अभिव्यक्ति

कतिपय साहित्यकारले आफ्नै श्रम, साधना र स्वाध्ययनका भरमा आफ्ना साहित्यिक व्यक्तित्वको निर्माण गरेका हुन्छन्, कवि-प्रतिभाका रूपमा प्रसिद्धि पाएका हुन्छन् । यस्तै साहित्यकारहरूमध्ये पर्छन् कृष्णप्रसाद पराजुली ।

घनश्याम क“डेल

कवि पराजुलीको प्रभावले कथाको गद्य पनि कोमल र कवितात्मक बनाएको छ । … संक्षिप्त कायविस्तार, सरल कथानक संचरना र सरस प्रस्तुतीकरण कथकार पराजुलीका प्राप्ति हुन् ।

प्रा० राजेन्द्र सुवेदी

मिलनशील, हँसमुख र सरल प्रकृतिका पराजुलीसँग दुई-चार कुरा गर्नेबित्तिकै नजिकिन सकिन्छ । समाजसेवा र साहित्यसेवा नै प्रमुख लक्ष्य रहेका पराजुली सबैलाई मित्र बनाउन चाहन्छन् र उनी सबैका मित्र हुन् ।

घटराज भट्टराई

आफ्नो गाउँजिल्लामा पुस्तकालय, विद्यालयको स्थापनामा विशेष सक्रिय हुनुभएका पराजुलीले राजधानीमा पनि नेपाल पुस्तकालय सङ्घको सङ्गठन-सचिव, साहित्यिक परिवारको मन्त्री, प्रगतिशील नेपाल लेखकसङ्घको कार्यकारी सदस्य, त्रिभुवन स्मारक समितिको सदस्य, नेपाल बालसाहित्य समाजको सदस्य आदि पदमा रही तत्तत् क्षेत्रमा आफ्नो उत्साह र योगदान देखाउनुभएको छ ।

गोविन्द गिरी ॅप्रेरणा’

उहाँ दुई ‘प’ हुनुहुन्छ भन्नेचाहिँ थाहा पाएँ । परिश्रमी पराजुली । ‘जिनियस इज् नाइन्टीनाइन परसेन्ट पर्सपिरेशन वन् परसेन्ट इन्सपिरेशन’ भन्ने अङ्ग्रेजी उहाँमा शत प्रतिशत लागू हुन्छ ।

दुर्गाप्रसाद श्रेष्ठ

नेपाली कविताको फाँटमा पराजुली जीवनप्रतिको स्वच्छ आस्था र विश्वास एवं सृजनशीलता र साधनामयतामा उठेका कवि हुन् ।

मोहन सिटौला

नेपाली भाषाव्याकरण र साहित्यका अथक साधक, साहित्यका बहुविध क्षेत्र र विधामा सिद्धहस्त बहुआयामिक व्यक्तित्वका धनी कृष्णप्रसाद पराजुली साहित्य र साधनालाई नै जनता, समाज र राष्ट्रको रूपान्तरण एवं प्रगतिको एउटा सशक्त साधन मानेर इमानदारीका साथ आफ्नो सम्पूणर् जीवन यसैमा समर्पित गर्दै आउनुभएको छ । सुललित, सरल शैली र प्रगतिशील विचारको सटीक एवं कलात्मक विम्बन साहित्यकार पराजुलीको आफ्नै विशिष्ट र मौलिक पहिचान बनिसकेको छ । म उहाँको समुज्ज्वल भविष्य, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।

निनु चापागाईं

सरस, सरल, शीतल, शान्त भावचिन्तनका शालीन धार, कवि कृष्णप्रसाद पराजुलीका काव्यिक सार !

तेजेश्वरबाबु ग्वङ्गः

कृष्णप्रसाद पराजुलीका बालकथाको स्तर र यसप्रति उनको रुचि प्रशंसनीय छ । उनी नेपाली बालकथाको क्षेत्रमा यस्ता समयमा प्रवेश गरेका हुन् जुन बेला बालसाहित्य उपेक्षितप्रायः थियो र यस क्षेत्रमा कलम समाउने मानिसकै पनि अभाव थियो । उनले बसालेकै डोबमा उनीपछिका धेरै बालकथाकारले बालकथा लेख्दै रहे । यो उनका कथाको सफल ग्रहणको उदाहरण हो ।

भिक्टर प्रधान

कृष्णप्रसाद पराजुलीका आस्थाका आयाम ग्रन्थको अनुहार यहाँहरूले देख्नुभएको छ र यस ग्रन्थभित्र जे-जति सामग्री छन्— बौद्धिक सामग्री ती हामी बिस्तारै पढ्दै जानेछौँ ।

दाहाल यज्ञनिधि

कहिले-कहिले हामी जेठको मध्याह्नजस्तो जिन्दगीको अत्यासलाग्दो धूपमा रन्थनिरहेका हुन्छौँ । बस, त्यस बेला एक थाल मनको हरियाली पस्केर हामीमा बाँड, कविताको तरल स्पन्दन गिलासहरूमा भरेर पिउन देऊ । हामी मनहरूले भावनाको अभिषेक गर्नेछौँ तिमीलाई र तिम्रो चिरायुको कामना गर्नेछौँ ।

सुधा त्रिपाठी

कवि पराजुलीको ललित भाषाशैली बालसाहित्यका लागि सहज अनुकरणयोग्य हुनाले उनीहरूलाई सृजनधर्ममा लाग्न पनि कविका कृतिले प्रेरित गरिरहेका छन् । …. समाजका प्रौढ वा वृद्ध संरक्षकले तोते बोलीमा लोली मिलाउँदा वा कोक्रो मच्चाउँदा अनि थैथै गर्दा वा अगेनाका डिलमा बसेर उँघी-उँघी केटाकेटी खेलाउँदा बोलेका कुरा नै नानीको भाषामा लयबद्ध गरेकाले कवि पराजुलीको सफलताले आफ्नो शिखर छोएको छ ।

शिवप्रसाद सत्याल ॅपीठ’

भाषाको माया सरल भाषामा लेखिएको भाषालाई सरल र सुन्दर बनाउने कृति हो, पठनीय र मननीय । नेपाली अङ्ग्रेजी जुनसुकै भाषामा खेल्ने होस्; प्रशासन, शिक्षण जता लागेको व्यक्ति होस्— आफ्नो भाषाप्रति यति संवेदनशील हुनु आवश्यक छ । यो पुस्तक राम्रो रचना ः मीठो नेपालीजस्तै पठनीय छ ।

डा० गोविन्दराज भट्टराई

श्री कृष्णप्रसाद पराजुली र मैले उही वर्ष प्रतिष्ठित पुरस्कार (जगदम्बाश्री र मदन पुरस्कार) पायौँ । पत्रकारहरूले उहाँबारे सोधे— “कस्तो लाग्यो ?” मैले भनेँ— “मैले मदन पुरस्कार पाएको भन्दा बढी खुसी उहाँले जगदम्बाश्री पुरस्कार पाएकोमा लाग्यो ।” उहाँको आजीवन साहित्यसेवा र योगदानप्रतिको मेरो मूल्याङ्कन र श्रद्धा यही हो ।

जगदीश घिमिरे

पराजुलीजी मैले सम्झेसम्म साँच्चै अँध्यारो चिरेर उज्यालोतिर जगमगाउने एउटा नक्षत्र हुनुहुन्छ । अझै गति चलचिरहोस् । प्रगतिपथमा उहाँ लम्किरहनुहोस् । उज्यालो निरन्तर बढिरहोस् !

केवलपुरे किसान

काभ्रेपलान्चोक जिल्लाको भमरकोट गाउँमा जन्मिनुभएका कृष्णप्रसाद पराजुली देशका एक जना चेतनशील लेखक, समाजसेवी र शिक्षणसेवामा समर्पित जिउँदो नाम हो । जिल्लाका दृष्टिकोणले हेर्दा र मूल्याङ्कन गर्दा त्यस्तो प्राज्ञिक र साहित्यिक व्यक्तित्वलाई सशक्त हस्ताक्षर र नेतृत्वदायी व्यक्तिका रूपमा नै स्वकिार्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 बिते साहित्यकार पराजुली, नागरिक दैनिक

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]