केई निशिकोरी
निशिकोरी सन् २०१६ को युएस ओपनमा | |||||||||||
| पुरा नाम | केई निशिकोरी | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| राष्ट्र | |||||||||||
| निवास | फ्लोरिडा, संयुक्त राज्य अमेरिका | ||||||||||
| जन्म दिन | २९ डिसेम्बर १९८९ | ||||||||||
| जन्म स्थान | मात्सुई, शिमेन, जापान | ||||||||||
| उचाई | १.७८ मी (५ फिट १० इन्च) | ||||||||||
| व्यावसायिक खेलाडीको रूपमा | २००७ | ||||||||||
| खेलहरू | दायाँ हाते (दुई हाते ब्याकह्याण्ड) | ||||||||||
| खेल जीवनको पुरस्कार राशी | $ १,५६,५२,३७४ | ||||||||||
| एकल | |||||||||||
| खेल जीवनको रेकर्ड | 301–142 (67.95% ग्रयाण्ड स्ल्याम र एटिपी वर्ल्ड टुरमा र डेभिस कपमा) | ||||||||||
| खेल जीवनको उपाधि | ११ | ||||||||||
| उच्च क्रम | क्र. ४ (२ मार्च २०१५) | ||||||||||
| हालको क्रम | क्र. ५ (२१ नोभेम्बर २०१६) | ||||||||||
| ग्राण्ड स्ल्यामको नतिजा | |||||||||||
| अस्ट्रेलियन ओपन | क्वार्टर फा (२०१२, २०१५, २०१६) | ||||||||||
| फ्रेन्च ओपन | क्वार्टर फा (२०१५) | ||||||||||
| विमबल्डन | चौथौ चरण (२०१४, २०१६) | ||||||||||
| युएस ओपन | फा (२०१४) | ||||||||||
| अन्य प्रतियोगिता | |||||||||||
| टूर फाइनल | सेमीफा (२०१४, २०१६) | ||||||||||
| ओलम्पिक खेल | सेमीफा (२०१६) | ||||||||||
| दोहोरो प्रतियोगिता | |||||||||||
| खेल जीवनको रेकर्ड | २३-२४ | ||||||||||
| खेल जीवनको उपाधि | ० | ||||||||||
| उच्च क्रम | क्र. १६७ (१९ मार्च २०१२) | ||||||||||
| उच्च क्रम | क्र. ८४१ (२१ नोभेम्बर २०१६) | ||||||||||
| प्रमुखमा दोहोरो नतिजा | |||||||||||
| फ्रेन्च ओपन | 2R (२०११) | ||||||||||
| विमबल्डन | 2R (२०११) | ||||||||||
पदक कीर्तिमान
| |||||||||||
| अन्तिम पटक अद्यावधिक: २१ नोभेम्बर २०१६. | |||||||||||
केई निशिकोरी (錦織 圭, Nishikori Kei, [niɕi̥ꜜkoɽi keː]; जन्म २९ डिसेम्बर १९८९) एक व्यवसायिक जापानी टेनिस खेलाडी हुन् । उनी वर्तमान समयमा (२०१६ नोभेम्बर २१ सम्म) टेनिस सङ्घद्वारा जारी एकल पुरुष टेनिस खेलाडीहरूको क्रमाङ्कमा पाँचौ क्रममा रहेका छन् ।[१] उनी एक मात्र जापानी एकल पुरुष टेनिस खेलाडी हुन् जो एटिपी क्रमाङ्क सूचीमा १० स्थान भित्र अटाएका छन् ।
उनी ११ एकल उपाधि जितेका छन् र सन् २०१४ को युएस ओपनको पुरुष विधामा उनी उप-विजेता भएका थिए ।[२] युएस ओपनको फाइनलसम्मको यात्रा तय गर्ने उनी एक मात्र एसियाली पुरुष टेनिस खेलाडी हुन् । उनी सन् २०१६ को युएस ओपनको सेमीफाइनलसम्मको यात्रा तय गरेका थिए । उनी एसियाका एकमात्र पुरुष टेनिस खेलाडी हुन् जसले एटिपी वर्ल्ड टुर टेनिस प्रतियोगितामा छनौट गर्न सफल भएका थिए र सन् २०१४ र सन् २०१६ को प्रतियोगिताको सेमिफाइनल चरण सम्म पुगेका थिए । [३] उनी सन् २०१५ मार्चमा आफ्नो करियरको उत्कृष्ट क्रम सङ्ख्या चौथौ स्थानमा पुगेका थिए ।
जीवनी
[सम्पादन गर्नुहोस्]निशिकोरीको जन्म जापानको शिमाने पर्फेक्चर अन्तर्गत मात्सुनेमा भएको हो । उनको बुवा कियोशी एक इन्जिनियर हुन् र आमा एरी एक पियानो शिक्षिका हुन् । उनको परिवारमा यस वाहेक एक दिदी छिन् जसको नाम रिना हो, उनी टोक्योबाट स्नातक उतिर्ण गरेर त्यहाँ काम गर्दै छिन् ।[४] निशिकोरीले पाँच वर्षको उमेरदेखि नै टेनिस खेल्न आरम्भ गरेका थिए । उनले सन् २००१ मा बाल विधामा अखिल जापान टेनिस प्रतियोगिता जितेका थिए । उनले आओमोरी-यामादा उच्च विद्यालयबाट स्नातक उतिर्ण गरेका थिए । सन् २००४ मा १४ वर्षको उमेरमा निशिकोरी संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित आइएमजी एकेडमीमा प्रवेशको लागि त्यस तर्फ लागे ।[५] टेनिस वाहेक उनी फुटबल, गोल्फ, अध्ययन गर्ने र सङ्गीत सुन्ने गरेका छन् ।[६]
सन् २०१० को डिसेम्बरमा २०११ टेनिस सिजनको लागि ब्र्याड गिल्बर्ट र आइएमजी एकेडमीका दाँते बोत्तिनीद्वारा प्रशिक्षण गराइने घोषणा गरियो ।[७] गिल्बर्टले यसभन्दा पहिले एन्डी मरे र भूतपूर्व विश्व क्रम १ का आन्द्रे अगासी र एन्डी रोडिकलाई प्रशिक्षण गराइसकेका छन् । सन् २०१४ को जनवरी सम्म निशिकोरीलाई भूतपूर्व विश्व क्रम २ का माइकल च्याङले प्रशिक्षण गराएका थिए ।
करियर
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ATP Rankings", ATP World Tour।
- ↑ "Japan erupts in celebration of Nishikori – CNN Video", CNN, ७ सेप्टेम्बर २०१४।
- ↑ "Nishikori into semis on ATP World Tour Finals debut", Sport Asia, १४ नोभेम्बर २०१४।
- ↑ "Kei Nishikori", ATP World Tour।
- ↑ Esfeller, Johnny (२०१४-०९-०४), "Kei Nishikori makes history at U.S. Open on his way to first career Grand Slam semifinal", IMG Academy, अन्तिम पहुँच २०१६-०३-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०७ मिति
- ↑ ITF Profile. Itftennis.com. Retrieved on 31 October 2015.
- ↑ "Kei Nishikori and world renowned tennis coach Brad Gilbert form team", IMG Sports Academy, २० डिसेम्बर २०१०, मूलबाट १७ जनवरी २०१४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१७ मिति