कोसोभारे अस्लानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोसोभारे अस्लानी
अस्लानी डिसेम्बर २०१२ मा सेरिस सेन्ट जर्मेनसँग
व्यक्तिगत जानकारी
पुरा नाम कोसोभारे अस्लानी[१]
जन्म मिति (1989-07-29) २९ जुलाई १९८९ (उमेर ३४)[१]
जन्म स्थान क्रिस्तनस्ताद, स्विडेन[२]
उचाइ १६६ सेमी[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
सिडी टाकोन
सङ्ख्या
युवा करियर
भिमबी आइएफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००७–२००९ लिङसपिङ फुटबल क्लब ३७ (२१)
सन् २०१० सिकागो रेड स्टार्स १३ (२)
सन् २०१०–२०११ लिङसपिङ फुटबल क्लब २६ (७)
सन् २०१२ क्रिस्तनस्ताद दिएफएफ १५ (७)
सन् २०१२–२०१६ पेरिस सेन्ट-जर्मेन[३] ५९ (३९)
२०१६–२०१७ म्यानचेस्टर सिटी १५ (२)
सन् २०१७–२०१९ लिङसपिङ फुटबल क्लब २७ (८)
सन् २०१९– सिडी टाकोन १७ (५)
अन्तर्राष्ट्रिय करियर
सन् २००८– स्विडेन १४०[४] (३७[४])
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ मार्च २०२०
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० मार्च २०२०
अस्लानी (दायाँ), डिसेम्बर २०१२ पेरिस सेन्ट जर्मेनका लागि खेल्दै

कोसोभारे अस्लानी (जन्म २९ जुलाई १९८९)[५] एक स्विडेनी व्यवसायीक महिला फुटबल खेलाडी हुन् जो स्पेनी प्रिमेरा डिभिजन क्लब सिडी टाकन र स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि खेल्दछिन्।[६] उनको उपनाम "कोसो" हो। उनको खेलमा प्रदर्शन गरिएको गति र सीपका आधारमा उनलाई एक कुशल अग्रपङ्क्तिकी खेलाडीको रूपमा पनि लिइन्छ। उनको खेल क्षमताले गर्दा उनलाई गर्दा पूर्व स्विडेन पुरुष राष्ट्रिय टोलीका कप्तान जाल्तन इब्राहिमोभिचसँग तुलना गरिएको छ।[७][८]

अस्लानीले आफ्नो क्लब कार्यकाल भिमबी आईएफबाट सुरु गरेकी थिइन् र दमल्सेभेन्स्कानमा लिङसपिङ फुटबल क्लब र गृहनगर क्लब क्रिस्तनस्टाद डिएफएफका लागि खेलेकी थिइन्।[९] सन् २०१० को संस्करणमा उनले संयुक्त राज्य अमेरिकामा शिकागो रेड स्टार्स महिला व्यवसायीक फुटबल क्लब (डब्ल्यूपिएस)सँग खेलेकी थिइन्।[१०] उनी पहिला पेरिस सेन्ट-जर्मेन, म्यानचेस्टर सिटी र त्यसपछि लिङसपिङमा फर्किन अगाडि उनी स्विडेनमा क्रिस्तनस्टाद फर्किएकी थिइन्।[११][१२]

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

बाल्यकाल र सुरुवाती कार्यकाल[सम्पादन गर्नुहोस्]

अस्लानी कोसोभो र अल्बानिया मूलकी हुन्। उनको जन्म २९ जुलाई १९८९ मा स्वीडेको प्रमुख सहर क्रिस्तनस्टाडमा भएको थियो।[१३] उनका आमाबुवाले कोसोभाबाट स्विडेनमा बसाइसराइ गरेका थिए। अस्लानी दुबै फुटबल र आइस हकी खेल्दै हुर्किएकी थिइन्, तर पछि उनले आफ्नो प्रतिभालाई फुटबलमा केन्द्रित गर्ने गरेकी थिइन्।[९] १५ वर्षको उमेरमा, अस्लानीले आफ्नो कार्यकालको सुरुवात दोस्रो शीर्ष लिगको क्लब भिमबी आइएफबाट गरेकी थिइन्। भिमबीमा उनले ४८ खेलहरूमा ४९ गोलहरू गर्न सफल भएकी थिइन्।[१४] पूर्व प्रशिक्षक सेसिलिया विल्हेल्मसनले अस्लानीको फुटबल प्रतिभा र स्वस्थताको प्रशंसा गरेकी थिइन्। धेरै क्लबहरूबाट प्रस्ताव प्राप्त गरेपछि, अस्लानीले सन् २००७ मा दमल्सेभेन्स्कन टोली लिङसपिङमा फुटबल क्लब प्रस्तावलाई स्वीकारेकी थिइन् जहाँ उनले द्रुत प्रगति गरेकी थिइन्।[१५][१६]

लिङसपिङ फुटबल क्लब[सम्पादन गर्नुहोस्]

अस्लानीको पहिलो संस्करणमा, उनी सामान्यतया खेलको सुरुमै दमल्भेन्स्कानमा उपयुक्त स्थान हासिल गर्नका लागि विकल्पको रूपमा आउने गर्दथिन्। अर्को संस्करणमा, अस्लानीले आफुलाई नियमित खेलाडीको रूपमा स्थापित गरी टोलीको बढ्दो मूल्यवान सदस्यमा रूपान्त्रित भएकी थिइन्।[१७] सन् २००९ मा, उनले लिङसपिङ फुटबल क्लबलाई स्वेन्स्का कपेन र क्लबको पहिलो दमल्सेभेन्स्कन उपाधि जित्न महत्त्वपूर्ण सहयोग गरेकी थिइन्।[१३][१८] som slutade på sjunde plats säsongen 2011. ४ डिसेम्बर २००९ मा अमेरिकी महिला व्यवसायीक फुटबल (डब्ल्यूपिएस) क्लब शिकागो रेड स्टार्सले उनलाई लिङसपिङ फुटबल क्लबबाट आफ्नो क्लबमा भित्राएको पुष्टि गरेको थियो।[१९]

शिकागो रेड स्टार्स[सम्पादन गर्नुहोस्]

अस्लानीले अमेरिकी महिला व्यवसायीक फुटबलमा एक संस्करण मात्र खेलेकी थिइन्।[५] संस्करणको ७ अौँ हप्तामा, शिकागो रेड स्टार्सले एफसी गोल्ड प्राइडलाई पराजित गरेसँगै उनले अमेरिकी महिला व्यवसायीक फुटबलमा साताको उत्कृष्ट खेलाडीको रूपमा पुरस्कार थापेकी थिइन् जसले गर्दा उनी अनुसरणकर्ताहरूका माझ मनपर्ने खेलाडी रूपमा स्थापित हुन पुगेकी थिइन्। रेड स्टार्सको साथ उनको एक संस्करण पछि, अस्लानी स्विडेन र लिङसपिङ फुटबल क्लबमा फर्किएकी थिइन्। [१८]

लिङसपिङमा फिर्ता[सम्पादन गर्नुहोस्]

अस्लानीको उपस्थितिले विशेष गरी युइएफए महिला च्याम्पियन्स लिगमा लिङसपिङलाई बढावा दिन सफल भएको थियो। उनले स्पार्ता प्राहा र आर्सनलको बिरूद्ध गोल गरेकी थिइन्। यद्यपि उक्त संस्करणमा उनलाई चोटले लागेका कारण उनी उक्त संस्करणको अन्त्यमा लिङसपिङबाट निस्किएकी थिइन्।[२०]

क्रिस्तनस्टाड डिएफएफ[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०११ मा, उनी आफ्नो गृहनगर क्रिस्तनस्टाडमा, अघिल्लो वर्षको देमाल्सेभेन्स्कनमा सातौँ स्थान प्राप्त गरेको क्रिस्तनस्टाद डिएफएफसँग खेल्नका बसाईसराई गरेकी थिइन्।

पेरिस सेन्ट-जर्मेन[सम्पादन गर्नुहोस्]

अस्लानीले क्रिस्तनस्तादसँगको सम्झौतामा एक महिना बाँकी रहेता पनि, उनी आफ्नो कार्यकाललाई निरन्तरता दिनका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनमा गएकी थिइन्।[२१] यद्यपि टोलीहरू स्थानान्तरण शुल्कको बारेमा विवादमा रहेको बेलामा अस्लानी पेरिसमा गएकी थिइन् जहाँ उनले सेप्टेम्बर २०१२ मा एक चिकित्सकिय परीक्षण पूरा गरेपछि दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[२२] पेरिस सेन्ट जर्मेनमा अस्लानीलाई खेलकुद निर्देशक लियोनार्डो र खेलाडी जाल्टन इब्राहिमोभिचले सञ्चार माध्यमहरूमा "यदि तपाई जित्न चाहानुहुन्छ भने तपाईलाई स्विडेनी खेलाडीको आवश्यकता पर्दछ" भन्ने प्रस्तुति सहित घोषण गरेका थिए।[२३] अस्लानीले सन् २०१२–१३ डिभिजन १ फेमिनेमा १९ वटा उपस्थिति सहित १७ गोल गरेकी थिइन्, जसमा पेरिस सेन्ट जर्मेन तालिकामा ल्योन पछि दोस्रो स्थानमा रहेको थियो। ४ जनवरी २०१६ मा, अस्लानीले उनको इन्स्टाग्राम खातामा उनले पेरिस सेन्ट-जर्मेनसँगको आफ्नो सम्झौता समाप्त भइसकेको घोषण गरेकी थिइन्। पेरिस सेन्ट जर्मेनमा उनले साढे तीन वर्ष खेलेकी थिइन।[२४]

म्यानचेस्टर सिटी[सम्पादन गर्नुहोस्]

२२ जनवरी २०१६ मा, अङ्ग्रेजी महिला व्यवसायीक फुटबल लिग डब्ल्यूएसएल क्लब म्यानचेष्टर सिटीले अस्लानीले साढे दुई वर्षका लागि उक्त क्लबमा खेल्नका लागि एक सम्झौतामा हस्ताक्षर गरेको खुलासा गरेको थियो।[२५][२६] उनले खेलेका संस्करणमा उक्त अङ्ग्रेजी क्लबको सहभागीका रूपमा उनले दुबै लिग र कप पनि जितेकी थिइन्।[२७][२८]

लिङसपिङमा दोस्रो पटक फिर्ता[सम्पादन गर्नुहोस्]

१० अगष्ट २०१७ मा, अस्लानी साढे दुई वर्षको सम्झौताका साथ दोस्रो पटक स्विडेनी फुटबल क्लब लिङसपिङ फुटबल क्लबमा फर्किएकी थिइन्। उनी १५ जुलाई २०१९ मा आपसी सहमतिबाट क्लबबाट प्रस्थान गरेकी थिइन्।[२९]

सिडि टाकन / रियल म्याड्रिड[सम्पादन गर्नुहोस्]

लिङसपिङ फुटबल क्लबबाट उनको प्रस्थान पछि, अस्लानीले १८ जुलाई २०१९ सिडि टाकन / रियल म्याड्रिडसँग हस्ताक्षर गरेकी थिइन्।[३०] रियल म्याड्रिडले उनीहरूको इजाजतपत्र खरिद गरेपछि, सिडि टाकन सन् २०२० देखि सुरु हुने रियल म्याड्रिडको महिला टोलीको रूपमा काम गरिरहेको छ।[३१] अस्लानी बाहेक स्विडेन महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य सोफिया ज्याकब्सनले पनि सिडि टाकासँग सम्झौता गरेकी थिइन्।[३२]

राष्ट्रिय टोली[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २००८ मा अस्लानीले रोमानियाको विरूद्ध स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि पदार्पण गरेकी थिइन् र सन् २००९ मा उनलाई युइएफए महिला यूरोमा स्विडेनको प्रतिनिधित्व गर्न बोलाइएको थियो।[३३] सन् २०११ फिफा महिला विश्वकपको छनोट चरणको बेलामा अस्लानी राष्ट्रिय टोलीकी एक महत्त्वपूर्ण सदस्य रूपमा रहेकी थिइन् तर प्रशिक्षक थोमस डेनरबीले विवादास्पद रूपमा उनलाई फाइनलको लागि जर्मनी पठाइएको टोलीमा चयन गरेका भने थिएनन्। संयुक्त राज्यको राष्ट्रिय टोलीका स्विडेनी प्रशिक्षक पिया सुन्धागे लगायतका फुटबलका विश्लेषकहरूले अस्लानीको बहिष्कारको बारेमा आश्चर्य व्यक्त गरेका थिए।[३४] डेनरबीले अस्लानीलाई सन् २०१२ लन्डन ओलम्पिकका लागि राष्ट्रिय टोलीमा पुनः आमन्त्रण गरेकी थिइन्।[३५]

अस्लानी स्विडेनको तर्फबाट खेल्दै, सन् २०१२

अस्लानीले सन् २०१६ ग्रीष्मकालिन ओलम्पिकमा स्विडेनका लागि खेलेकी थिइन्, जहाँ टोलीले एक रजत पदक जित्न सफल भएको थियो।[३६] उनले क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकाको विरूद्ध पेनल्टी सुटआउटको क्रममा मात्र एक गोल गरेकी थिइन् जसमा स्विडेन अतिरिक्त समयमा संयुक्त राज्य अमेरिकासँग १-१ ले बराबरी भएपछि स्विडेनले ४-३ ले खेल आफ्नो पक्षमा पारेको थियो।[३७]

सन् २०१७ मा, अस्लानीले राष्ट्रिय टोलीका लागि ९० भन्दा बढी उपस्थिति जनाइसकेकी छिन्।[३८] सन् २०१९ को फिफा महिला विश्वकपमा उनको गोलको सहायताले टोलीले थाइल्यान्डको विरुद्ध ५–१ को सानदार जित निकाल्न सफल भएको थियो।[३९]

विश्वकप र ओलम्पिक प्रतियोगिताहरूमा प्रदर्शनी[सम्पादन गर्नुहोस्]

कोसोभारे अस्लानीले सन् २०१५ क्यानडा र सन् २०१९ फ्रान्स गरी दुईवटा फिफा महिलाविश्व कपमा स्विडेनको प्रतिनिधित्व गरेकी थिइन्। उनी लन्डन २०१२ र रियो २०१६ मा गरी दुईवटा ओलम्पिक प्रतियोगिताका लागि स्विडेनको टोलीमा पनि रहेकी थिइन्। सन् २०१६ को रियो ओलम्पिकमा अतिरिक्त समयमा गोल हुन नसकेपछि अस्लानी उक्त खेलको क्वाटर फाइनल र सेमी फाइनलमा पेनल्टी लिनेहरू मध्ये एक चुनिएकी थिइन्। उनले क्वार्टर फाइनलमा अमेरिकाको विरुद्धमा पेनाल्टी मार्फत गोल गर्न सफल भएकी थिइन्। तथापि, सेमिफाइनलमा ब्राजिलको विरूद्धमा पेनाल्टी प्रहार गरेता पनि उनको उक्त पेनाल्टीलाई ब्राजिली गोलरक्षक बरबाराले जोगाएकी थिइन्। उक्त असफलताको बाबजुद पनि स्विडेनले पेनाल्टी मार्फत खेललाई आफ्नो पक्षमा पारेको थियो र फाइनलमा टोली जर्मनीसँग पराजित भएको थियो।

सन् २०१९ फिफा महिला विश्वकपमा, अस्लानीले सबै स्विडेनी खेलाडीहरूको नेतृत्व गर्न तीन गोल गरेकी थिइन्। उनको टोली चिली विरुद्धको स्विडेनको उद्घाटन खेलको ८३ औँ मिनेटमा प्रतियोगिताको पहिलो गोल गरेको थियो। उक्त प्रतियोगिताको सेमिफाइनलमा उनी अतिरिक्त खेलाडीको रूपमा रहेकी थिइन्। तेस्रो स्थानको खेलमा फर्किदै उनले इङ्ल्यान्ड विरुद्ध गोल गरेकी थिइन् र टोलीले खेल २-१ जितेको थियो।[४०]

सम्मानहरू[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

लिङसपिङ फुटबल क्लब
विजेता: सन् २००९, २०१७
  • सुपर कुपेन:
विजेता: सन् २००९
  • स्भेन्स्का सुपर कुपो:
विजेता: सन् २००८, २००९
म्यानचेस्टर सिटी
  • महिला सुपर लिग
विजेता: २०१६
  • महिला सुपर लिग
विजेता: २०१६

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

स्विडेन

व्यक्तिगत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "खेलाडीहरूको सूची – २०१५ फिफा महिला विश्वकप", फिफा, अन्तिम पहुँच २४ जुन २०१५ 
  2. "Profile", स्विडेन फुटबल सङ्घ (स्विडेनीमा), मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१५ 
  3. "Kosovare Asllani" (फ्रान्सेलीमा), मूलबाट ८ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जनवरी २०१५ 
  4. ४.० ४.१ उपस्थिति तथा गोलहरू
  5. ५.० ५.१ "Asllani blir proffs i Chicago", Sydsvenskan (स्विडेनीमा), २००९-१२-०२, अन्तिम पहुँच २०१७-१२-१४ 
  6. @CD_Tacon (१८ जुलाई २०१९), "🙌 ¡@KosovareAsllani es nueva jugadora del @CD_TACON! #BienvenidaAsllani | #GoTACON" (ट्विट) (स्पेनीमा), अन्तिम पहुँच १८ जुलाई २०१९ट्विटरद्वारा। 
  7. "Asllani slog Zlatans rekord med 1 sekund", अन्तिम पहुँच २० अगस्ट २०१६ 
  8. "Kosovare Asllani", मूलबाट २४ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१३ 
  9. ९.० ९.१ वाल्तिन, Stenåke O. (१० मार्च २००९), "Bittert att missa guldet 2008 – nu tar "Kosse" och LFC ny fart!" (स्विडेनीमा), Svensk Damfotboll, मूलबाट १८ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१३ 
  10. "Asllani: "Ville bryta mot varenda regel"" (स्विडेनीमा), अन्तिम पहुँच २०१८-०३-१९ 
  11. "Kosovare Asllani", ne.se, अन्तिम पहुँच २०१७-१२-१४ 
  12. OS-SILVER FÖR KOSOVARE ASLLANI, Dagens Vimmerby. Publicerat 20 augusti 2016. Läst 1 september 2018.
  13. १३.० १३.१ "Damallsvenskan 2007" (स्विडेनीमा), SvD.se, १० अप्रिल २००७, अन्तिम पहुँच ३० अगस्ट २००९ 
  14. "Damallsvenskan 2008" (स्विडेनीमा), SvD.se, १० मार्च २००९, मूलबाट २ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०११ 
  15. "Allsvensk debut för Asllani" (स्विडेनीमा), Kindaposten.se, १२ अप्रिल २००७, अन्तिम पहुँच ३० अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २०१४ मिति
  16. "Kosovare siktar högt" (स्विडेनीमा), Vimmerbytidning.se, २४ डिसेम्बर २००८, मूलबाट ८ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण ८ अक्टोबर २०११ मिति
  17. "Asllani blir proffs i Chicago", Sydsvenskan (स्विडेनीमा), २००९-१२-०२, अन्तिम पहुँच २०१७-१२-१४ 
  18. १८.० १८.१ http://www.svenskalag.se/news.asp?teamID=4616&newsID=173031&newsYear= वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  19. "Red Stars Sign Sveriges Kosovare Asllani", ४ डिसेम्बर २००९, अन्तिम पहुँच १५ डिसेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण २६ मे २०२० मिति
  20. Martin (२०११-०५-३०), "VM-truppen: Därför petades Asllani - Fotboll", sverigesradio.se, अन्तिम पहुँच २०१७-१२-१४ 
  21. Josefsson, Åsa (२२ सेप्टेम्बर २०१२), "Asllani slumpas till PSG för fyndpris" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच २४ जुन २०१३ 
  22. Frändén, Johanna (२६ सेप्टेम्बर २०१२), "Här presenteras Asllani för Leonardo av Zlatan" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच २४ जुन २०१३ 
  23. "Kosovare Asllani" (फ्रान्सेलीमा), Footofeminin.fr, अन्तिम पहुँच २४ जुन २०१३ 
  24. Kassouf, Jeff (४ जनवरी २०१६), "PSG terminates contracts of Horan, Asllani", The Equalizer, अन्तिम पहुँच २२ जनवरी २०१६ 
  25. "Asllani går igen i svensk klubb", MCFC (स्विडेनीमा), २०१७-०८-१०, अन्तिम पहुँच २०१७-१२-१४ 
  26. Frohm, Mikael (२०१३-०६-१८), "Pia Sundhage – 50 år i damfotbollens tjänst!", Allas.se, मूलबाट २०१७-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१४ मिति
  27. "Asllani till Manchester City", Göteborgsposten, मूलबाट २०१६-०१-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-२३ 
  28. Bressler (२०१५-०५-२०), "Kosovare Asllanis tid i Vimmerby blir barnbok - P4 Kalmar", अन्तिम पहुँच २०१७-१२-१४ 
  29. @LinkopingsFC (१५ जुलाई २०१९), "LFC och Kosovare Asllani har i samförstånd enats om att bryta kontraktet fem månader i förtid." (ट्विट) (स्विडेनीमा), अन्तिम पहुँच ३० जुलाई २०१९ट्विटरद्वारा। 
  30. "Gerhardssons VM-trupp presenterad", svenskfotboll.se, १६ maj २०१९, अन्तिम पहुँच १९ maj २०१९ 
  31. TT (२०१९-०७-०६), "Hjälten Asllani: ”Fick ett medicinskt nej i går”", Aftonbladet, अन्तिम पहुँच २०१९-०८-१५ 
  32. Jesperson, David (२०१९-०८-०१), "”Jakobsson och Asllani målas upp som superstjärnor”", SVT Sport, अन्तिम पहुँच २०१९-०८-१५ 
  33. "Enkel svensk kvalseger mot Rumänien" (स्विडेनीमा), DN.se, २७ सेप्टेम्बर २००८, मूलबाट ३० जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २००९ मिति
  34. "Truppen till EM uttagen – Sverige het medaljkandidat" (स्विडेनीमा), Nyheter24.se, २८ जुलाई २००९, अन्तिम पहुँच ३० अगस्ट २००९ 
  35. "Petningen av Asllani förvånar Sundhage" (स्विडेनमा), fotboll.expressen, ३१ मे २०११, मूलबाट २१ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०११ मिति
  36. "Sweden book place in last 16 of World Cup as Thailand endure another rout", Telegraph, अन्तिम पहुँच १६ जुन २०१९ 
  37. "महिला ओलम्पिक फुटबल प्रतियोगिता लन्डन २०१२ – स्विडेनका खेलाडीहरूको सूची", फिफा, २४ जुलाई २०१२, अन्तिम पहुँच २४ जुन २०१३ 
  38. "Kosovare Asllani's official Manchester City FC Profile", म्यानचेस्टर सिटी, मूलबाट ११ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१७ 
  39. "Sweden's women pipped by Germany in Olympic final", २० अगस्ट २०१६, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  40. "Sweden secures Women's World Cup bronze medal after topping England in third-place game", USA Today, ६ जुलाई २०१९, अन्तिम पहुँच १४ डिसेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]