फिफा महिला विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फिफा महिला विश्वकप
Ecuador women's national team with Women's World Cup trophy (16709236840) cropped.jpg
सन् १९९९ देखि विजेताले पाउने विश्वकपको पारितोषिक
स्थापना१६ नोभेम्बर १९९१; २९ वर्ष पहिले (१९९१-११-16) (फिफा महिला विश्व प्रतियोगिता)
क्षेत्रफिफा
समूह सङ्ख्या२४
वर्तमान विजेतासंयुक्त राज्य अमेरिका अमेरिका
(४औंँ उपाधि)[१]
सबैभन्दा सफल टोलीसंयुक्त राज्य अमेरिका अमेरिका
(४औँ उपाधि)
वेबसाइटफिफा महिला विश्वकप
२०१९ फ्रान्स

फिफा महिला विश्वकप एक अन्तर्राष्ट्रिय वरिष्ठ महिला फुटबल प्रतियोगिता हो जसलाई विश्व फुटबलको नियमनकारी निकाय (फ्रान्सेली: Fédération Internationale de Football Association) फेदेरास्योँ आन्तानास्योनाल द फुत्बोल आसोस्यास्योँ (फिफा)ले सञ्चालन गर्ने गर्दछ।[२] यस प्रतियोगितालाई सन् १९९१ देखि नियमित रूपमा चार वर्षको अन्तरालमा सञ्चालन गरिएको छ जहाँ यसको पहिलो प्रतियोगितालाई चीनले आयोजना गरेको थियो जसको नाम प्रारम्भिक रूपमा फिफा महिला विश्व प्रतियोगिता राखिएको थियो। प्रतियोगिताको हालको ढाँचा अन्तर्गत, विभिन्न देशका महिला राष्ट्रिय फुटबल टोलीहरू मध्ये २३ वटा राष्ट्रिय टोलीहरूले छनोट खेलहरू मार्फत प्रतियोगितामा प्रवेश गर्दछन् भने अन्तिम २४औँ स्थानमा, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।

हालसम्म आयोजना गरिएका ८ वटा फिफा महिला विश्वकपलाई ४ वटा देशका राष्ट्रिय फुटबल टोलीहरूले हात पार्न सफल भएका छन्। प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई मानिन्छ जसले हालसम्म यो प्रतियगिताको ४ वटा संस्करण जितेको छ। यस्तै अन्य विजेताहरूमा, २ उपाधिको साथ जर्मनी र एक-एक उपाधिको साथ जापाननर्वे रहेका छन्।[३]

हालसम्म ६ वटा देशहरूले यो प्रतियोगिताको आयोजना गरिसकेकाका छन्। यो फुटबल प्रतियोगितालाई चीन र संयुक्त राज्य अमेरिकाले दुई दुई पटक आयोजना गरेका छन् भने अन्य आयोजकहरूमा, क्यानडा, जर्मनी, फ्रान्स र स्विडेन समावेश छ जसले यो प्रतियोगितालाई एक एक पटक आयोजना गरेका छन्।

इतिहास[सम्पादन गर्ने]

महिलाहरूको लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुलाई १९७० मा, इटालीमा भएको थियो जुन फिफा महिला विश्वकप समानको खेल थियो।[४] एक वर्ष पश्चात् यस पछिको अर्को अनौपचारिक खेल, मेक्सिकोमा भएको थियो जहाँ डेनमार्कले आयोजक मेक्सिकोलाई हराउँदै उपाधि हात पारेको थियो।[५][६][७] सन् १९८० को मध्य तिर, मुन्दियालितो (अनुवाद: "सानो विश्वकप") इटालीमा भएको थियो जहाँ यस प्रतियोगिताको ४ संस्करणको लागि आयोजना गरिएको थियो। प्रतियोगिताको उपाधि इटाली र इङ्ल्यान्डले समान दुई दुई पटक जितेका थिए।[८]

धेरै देशहरूले सन् १९७० को दशकमा महिला फुटबल माथिको प्रतिबन्ध हटाएका थिए जसले गर्दा युरोप र उत्तर अमेरिका भरि नयाँ राष्ट्रिय टोलीहरूको स्थापना भएको थियो।[९] पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सन् १९७५ मा एसियामा र युरोप सन् १९८४ मा, आयोजना गरिसकेपछि एलेन विलेले महिला खेल प्रवर्द्धन गर्नका लागि फिफा काङ्ग्रेसबाट अझ राम्रो प्रयास चाहेको घोषणा गरेकी थिइन्।[१०] सन् १९८८ मा चीनमा आमन्त्रित प्रतियोगिताको आयोजना हुने निश्चित भएपछि विश्वव्यापी रूपमा फिफा महिला विश्वकप सम्भाव छ या छैन भन्ने बारेमा यस प्रतियोगितालाई परिक्षणको रूपमा लिइएको थियो जहाँ यसको उपाधि नर्वेले कब्जा गरेको थियो।[११] बाह्र राष्ट्रिय टोलीले यस प्रतिस्पर्धामा भाग लिएका थिए जसमा युरोपेली फुटबल सङ्घका ४, एसियाली फुटबल महासङ्घका ३ र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसेनिया फुटबल सङ्घका दुई राष्ट्रहरू समावेश थिए। चीन र क्यानडा बीचको प्रतियोगिताको उद्घाटन खेलमा ४५,००० दर्शकहरूले रङ्गशालामा उपस्थित भएका थिए। प्रत्येक खेलमा, २० हजार भन्दा बढी दर्शकलाई आकर्षित गरेको यस प्रतियोगितालाई सफल मानिएको थियो।[१२] युरोपेली विजेता रहेको नर्वेले फाइनलमा स्विडेनलाई १-० ले हराएको थियो भने ब्राजिलले पेनल्टी सुटआउटमा आयोजक राष्ट्र चीनलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो। यो प्रतिस्पर्धालाई सफल मानिएको थियो र ३० जुन फिफाले आधिकारिक महिला विश्वकपको स्थापनालाई अनुमोदन गरेको थियो, जुन सन् सन् १९९१ मा चीनमा पुन: आयोजित हुने वाला थियो।[१३] पहिलो फिफा महिला विश्वकपमा, बाह्र टोलीले सहभागिता दर्ता गरेका थिए। यस पटक संयुक्त राज्य अमेरिकाले फाइनलमा नर्वेलाई २-१ ले हराउँदै पहिलोपटक उपाधि हात पारेको थियो। मिसेल आकर्सले दुई गोल मार्फत अमेरिका विजेता बनेको थियो।

सन् १९९५ को संस्करणमा, आयोजक राष्ट्र स्विडेनले खेलको ढाँचालाई परिवर्तन गर्दै खेलको समयमा विश्राम समयलाई गरेको थियो। तथापि विश्रामलाई पछि, कटौती गर्दै खेल पश्चाच् मात्र दिइने व्यवस्था गरिएको थियो।[१४] समूह चरणमा १७ गोल गर्न सफल भएको नर्वेले सन् १९९५ संस्करणको फाइनल खेलमा, जर्मनीलाई २-० ले पराजित गर्दै उपाधि उचालेको थियो। [१५]

सन् १९९९ को संस्करणमा, चीन र अमेरिका फाइनल खेल प्रवेश गरेका थिए। उक्त खेलमा, अमेरिकी रक्षापङ्क्तिकी खेलाडी ब्रान्डी चास्टाइनले पेनाल्टी मार्फत ऐतिहासिक निर्णायक गोल गर्दै अमेरिकी टोलीलाई उपाधि प्राप्त गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।[१६] रोज बउल रङ्गशालामा भएको फाइनल खेललाई ९०,१८५ दर्शकहरू प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए जुन महिला खेलकुद कार्यक्रमको हालसम्मकै सर्वाधिक ठूलो उपस्थिति हो।[१७]

सन् १९९९ र सन् २००३ को फिफा महिला विश्वकप अमेरिकामा सम्पन्न भएको थियो। सन् २००३ को प्रतियोगितालाई चीनले आयोजना गर्ने भनिएता पनि सार्स (एक प्रकारको रोग) का कारण यसलाई जर्मनीले आयोजना गरेको थियो।[१८] क्षतिपूर्तिको रूपमा, चीन स्वचालित रूपमा प्रतियोगितामा छनोट भएको थियो भने यसले अर्को संस्करण अर्थात् सन् २००७ को फिफा विश्वकपलाई आयोजना गरेको थियो। अक्टोबर २००७ मा गरिएको मतदान स्वरूप, सन् २०११ को फिफा महिला विश्वकपलाई जर्मनीले आयोजना गरेको थियो। सन् २०१५ को फिफा विश्वकपमा, सहभागी १६ टोलीलाई २४ मा वृद्धि गरिएको थियो।

सन् २०१५ फिफा महिला विश्वकपको बेलामा, ब्राजिलकी फोर्मिगो र जापानकी होमारे सावा छैटौँ पटक फिफा महिला विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए जहाँ यस उपलब्धिलाई हालसम्म पुरुष वा महिला खेलाडीले हासिल गर्न सकेका छैनन्। अमेरिकी फुटबल खेलाडी क्रिस्टिना पियर्सले ४० वर्षको उमेरमा विश्वकपमा खेल खेलेकी थिइन्। सन् २०१५ मा, फिफाले सन् २०१९ को फिफा विश्वकपको आयोजनाको जिम्मेवारी फ्रान्सलाई सुम्पेको थियो।[१९]

पारितोषिक[सम्पादन गर्ने]

प्रतियोगिताको हालको पारितोषिकलाई सन् १९९८ मा, पहिलो विश्वकपको लागि तयार पारिएको थियो। यसको बनावट घुमाउरो पाराको छ जहाँ फुटबलको प्रतिमा यसको सबैभन्दा माथिल्लो भागमा राखिएको छ। यसले खेलकुद, गतिशीलता र अन्तर्राष्ट्रिय महिला फुटबलको सौर्न्दर्य कब्जा गर्ने लक्ष्य राख्दछ। सन् २०१० मा यसलाई सोलीको आकारको आधारमा पुनर्वनोट गरिएको थियो। यसको तल्लो अथवा आधार भागमा, प्रतियोगिताको प्रत्येक अघिल्लो विजेताको नाम कोरिएको छ। पारितोषिकको उचाई ३७ सेन्टिमिटर (१९ इन्च) रहेको झ भने यसको वजन ३.६ किलोग्राम वा १० पाउन्ड रहेको छ। यसलाई २३-क्यारेटको पहेँलो र सेतो सुन सहित चमकदार चाँदीद्वरा बनाइएको छ भने सन् २०१५ मा, यसको अनुमानित मुल्य ३०,००० अमेरिकी डलर रहेको थियो। यसको विपरीत, पुरुषहरूको विश्वकपको पारितोषिक १८-क्यारेट सुनद्वारा बनाइएको छ जसमा प्रयोग गरिएको मूल्यवान धातुको मूल्य १५०,००० अमेरिकी डलर रहेको छ। प्रत्येक महिला विश्व विजेता टोलीले यसलाई गृह देशमा लैजानका लागि एक नयाँ विजेताको पारितोषिक निर्माण गरिएको छ, जबकि पुरुष प्रतियोगिताको लागि एकमात्र पारितोषिक रहेको छ जसलाई फिफाले आफुसँग सुरक्षित राखेको छ भने फिफाले यस समानको प्रतिकृति पारितोषिकलाई विजेताहरूले गृह देशमा लैजानका लागि अनुमति दिएको छ।

सन् २००७ देखि, विजेताहरूलाई फिफाको तक्माद्वारा सम्मान गरिन्छ जसलाई अर्को प्रतियोगिताको विजेताको निर्णय नभएसम्म विजेता टोलीको वर्दीमा लगाइन्छ।

ढाँचा[सम्पादन गर्ने]

छनोट खेल[सम्पादन गर्ने]

छनोट प्रतियोगिता ६ फिफा महाद्वीपीय क्षेत्रहरू (अफ्रिका, एसिया, उत्तर, मध्य अमेरिका र क्यारिबियन, दक्षिण अमेरिका, ओसिनिया, युरोप) भित्र आयोजना गरिन्छ, र उनीहरूको सम्बन्धित फुटबल महासङ्घहरूद्वारा आयोजना गरिन्छ। यसको छनोट खेलमा सम्बद्ध सबै सङ्घका राष्ट्रिय टोलीहरू सहभागी हुन्छन्। युरोपेली फुटबल सङ्घका, एसियाली फुटबल महासङ्घ, उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसिनिया फुटबल सङ्घका राष्ट्रहरूले यसमा भाग लिन पाउनेछन्। फिफाले सङ्घमा आबद्ध टोलीको सापेक्ष बलको आधारमा प्रत्येक महाद्वीपीय क्षेत्रलाई राष्ट्रिय टोलीको सङ्ख्या प्रदान गर्ने निर्णय गर्दछ। आयोजक राष्ट्र प्रतियोगितामा स्वचालित रूपमा छनोट हुन्छ। सन् २०१५ फिफा महिला विश्वकप देखि, प्रवेशीहरूको सङ्ख्यालाई १६ बाट २४ पुर्‍याइएको थि भने यसलाई हाल ३२ मा, वृद्धि गरिएको छ।

अन्तिम प्रतियोगिता[सम्पादन गर्ने]

जर्मनी र स्विडेन बीचको खेल, सन् २००३ फिफा महिला विश्वकप

अन्तिम प्रतियोगितामा सामान्यतया १२ देखि २४ राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्दछन्। खेलमा, दुईवटा चरण हुन्छ जसमा समूह चरण र निस्कासन चरण समावेश छन्।[२०]

समूह चरणमा टोलीहरूलाई चारवटा समूहमा विभाजन गरिन्छ। टोलीहरू राउन्ड रोबिन प्रणालश्र अन्तर्गत एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् जहाँ प्रत्येक टोलीको लागि ३ खेल छुट्याइएको हुन्छ। प्रत्येक समूह खेलको अन्तिम चरणमा सबै चार टोलीहरू बीचको निष्पक्षता बचाउन एकै समयमा तालिकाबद्ध गरिएको हुन्छ। सन् २०१५ को संस्करणमा २४ वटा टोलीहरू मध्ये खेलमा जित हासिल गरेका उक्त समूहको पहिलो र दोस्रो टोलीहरूलाई अघिल्लो चरणमा लगिएको थियो। यस चरणलाई निस्कासन चरण भनेर पनि चिनिन्छ जहाँ बाँकी १६ टोलीहरू मध्येका विजेता ८ टोलीहरू क्वाटरफाइनलका लागि छनोट हुन्छन्। सन् १९९४ देखि, एक जीतको लागि ३ अङ्क प्रदान गरिँदै आएको छ जहाँ खेल बराबरी भएमा १ र खेल गुमाएमा कुनै पनि अङ्क प्राप्त हुँद‌न।

प्रत्येक समूहको प्रत्येक टोलीको वरियता निम्न प्रकारले निर्धारण गरिएको छ:

  1. समूह चरणको खेलमा सर्वाधिक अङ्क
  2. समूह चरणको खेलमा सर्वाधिक गोल अन्तर
  3. समूह चरणको खेलमा सर्वाधिक गोल
  4. यदि माथिका मापदण्डहरू लागू गरेपछि कुनै पनि टोलीहरू समान स्तरमा रहन्छन् भने उनीहरूको वरियता निम्न अनुसार निर्धारण गरिन्छ:[२०]

समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक अङ्क

    1. समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक गोल
    2. समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक गोल
  1. यदि माथिका मापदण्डहरू लागू गरेपछि कुनै पनि टोलीहरू समान स्तरमा रहन्छन् भने उनीहरूको वरियतालाई रेखाचित्रले निर्धारण गर्दछ

निस्कासन चरण एकल निस्कासन प्रतियोगिता हो जसमा टोलीहरू एक-अर्कासँग प्रतिस्पर्धा गर्दछन्। आवश्यक भएको खण्डमा अतिरिक्त समय र पेनल्टी सुटआउट्स प्रयोग गरि विजेतालाई निर्धारण गरिन्छ। यो १६ को चरणबाट (दोस्रो चरण वा समूह चरण पछिको चरण) सुरु हुन्छ। यसपछि क्वाटर फाइनल, सेमीफाइनल, तेस्रो स्थानको खेल (सेमीफाइनलमा पराजित भएका टोलीहरू) र फाइनल खेल हुन्छ।[२०]

उपस्थिति[सम्पादन गर्ने]

  प्रतिस्पर्धा खेलहरू उपस्थिति स्रोत
  जम्मा औसत उच्च
जनबादी गणतन्त्र चीन १९९१ चीन २६ ५१०,००० १८,३४४ ६५,००० [२१]
स्विडेन १९९५ स्विडेन २६ ११२,२१३ ४,३१६ १७,१५८ [२१]
संयुक्त राज्य अमेरिका १९९९ अमेरिका ३२ १,२१४,२०९ ३७,९४४ ९०,१८५ [२१]
संयुक्त राज्य अमेरिका २००३ अमेरिका ३२ ६७९,६६४ २१,२४० ३४,१४४ [२१]
जनबादी गणतन्त्र चीन २००७ चीन ३२ १,१९०,९७१ ३७,२१८ ५५,८३२ [२१]
जर्मनी २०११ जर्मनी ३२ ८४५,७५१ २६,४३० ७३,६८० [२१][२२]
क्यानडा २०१५ क्यानडा ५२ १,३५३,५०६ २६,०२९ ५४,०२७ [२३]
फ्रान्स २०१९ फ्रान्स ५२ १,१३१,३१२ २१,७५६ ५७,९०० [२४]
Flag of Australia.svg अस्ट्रेलिया
Flag of New Zealand.svg न्युजिल्यान्ड[२५] २०२३
६४ घोषणा हुन बाँकी घोषणा हुन बाँकी घोषणा हुन बाँकी

टिप्पणी:

  • सन् २००३ को फिफा महिला विश्वकपलाई चीनले आयोजना गर्ने निर्णय गरिएको थियो तथापि, चीनमा सार्सको महामारी पछि आयोजनाको जिम्मेवार अमेरिकालाई सुम्पिएको थियो।
  • २०१५ फिफा महिला विश्वकपले दर्शको उपस्थितिको आधारमा पुरुष विश्वकपका प्रतियोगिता बाहेकमा अन्य फिफाका प्रतियोगिताहरूलाई उछिन्न सफल भएको थियो।[२३]

आयोजक र नतिजा[सम्पादन गर्ने]

# वर्ष आयोजक बिजेता गोल अन्तर उप बिजेता तेस्रो स्थान गोल अन्तर चौथो स्थान टिमहरु
१९९१  जनबादी गणतन्त्र चीनचीन संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका २–१ नर्वेनर्वे स्विडेनस्विडेन ४–० जर्मनीजर्मनी १२
१९९५  स्विडेनस्विडेन नर्वेनर्वे २–० जर्मनीजर्मनी संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका २–० जनबादी गणतन्त्र चीनचीन १२
१९९९  संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका ०–० (अ.स)
(५–४ पेना.)
जनबादी गणतन्त्र चीनचीन ब्राजिलब्राजिल ०–०[A]
(५–४ पेना.)
नर्वेनर्वे १६
२००३  संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका जर्मनीजर्मनी २–१ (अ.स) स्विडेनस्विडेन संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका ३–१ क्यानडाक्यानडा १६
२००७  जनबादी गणतन्त्र चीनचीन जर्मनीजर्मनी २–० ब्राजिलब्राजिल संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका ४–१ नर्वेनर्वे १६
२०११  जर्मनीजर्मनी जापानजापान २–२ (अ.स)
(३–१ पेना.)
संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका स्विडेनस्विडेन २–१ फ्रान्सफ्रान्स १६
२०१५  क्यानडाक्यानडा संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका ५–२ जापानजापान इङ्ल्यान्डइङ्ल्यान्ड १–० (अ.स) जर्मनीजर्मनी २४
२०१९   फ्रान्स संयुक्त राज्य अमेरिकासंयुक्त राज्य अमेरिका २–०
नेदरल्यान्ड

स्विडेन
२–१
इङ्ल्यान्ड
२४

A  अतिरिक्त समयमा खेलाइएन।[२६]

समग्रमा, ३६ राष्ट्रहरूले कम्तिमा एक पटक फिफा महिला विश्वकप प्रतियोगितामा खेल खेलेका थिए जसमध्ये ४ राष्ट्रहरूले यसको उपाधि चुम्न सफल भएका छन्। चौथो उपाधिको अमेरिकी राष्ट्रिय महिला फुटबल टोल सर्वाधिक सफल टोली हो भने यसले प्रत्येक विश्वकपमा खेल्ने लिने एक मात्र राष्ट्र हो। टोली लगातार सन् २०११, सन् २०१५ र सन् २०१९ को उपाधि हात पारेको छ। [२७]

उत्कृष्ट नतिना ल्याउन सफल राष्ट्रहरूको नक्सा

शीर्ष चारमा पुग्ने टोलीहरू[सम्पादन गर्ने]

शीर्ष चारमा पुग्ने टोलीहरू
टोली उपाधि उप-विजेता तेस्रो स्थान चौथो स्थान जम्मा
 संयुक्त राज्य अमेरिका ४ (१९९९१, १९९९, २०१५, २०१९) १ (२०११) ३ (१९९५, २००३, २००७)
 जर्मनी २ (२००३, २००७) १ (१९९५) २ (१९९१, २०१५)
 नर्वे १ (१९९५) १ (१९९१) २ (१९९९, २००७)
 जापान १ (२०११) १ (२०१५)
 स्विडेन १ (२००३) ३ (१९९१, २०११, २०१९)
 ब्राजिल १ (२००७) १ (१९९९)
 चीन १ (१९९९) १ (१९९५)
 नेदरल्यान्ड १ (२०१९)
 इङ्ल्यान्ड १ (२०१५) १ (२०१९)
 क्यानडा १ (२००३)
 फ्रान्स १ (२०११)

प्रसारण र राजश्व[सम्पादन गर्ने]

सन् २०१७ सम्म, सन् २०१५ फिफा महिला विश्वकपको फाइनल खेलले अमेरिकामा सर्वाधिक अवलोकनको किर्तिमानी कायम गरेको थियो[२८] जहाँ यसले सोही वर्षको एनबिएको फाइनल र स्टानले कपलाई समेत उछिन्दै २ करोड ३० लाख भन्दा बढी दर्शकहरूलाई आकर्षित गरेको थियो। प्रतियोगिताको इतिहासमा यो, स्पेनी भाषाको सर्वाधिक हेरिएको प्रसारण बन्न सफल भएको थियो।[२९] विश्वव्यापी रूपमा यसलाई ६५ करोड भन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए।[३०]

सन् २०१५ को संस्करणले ७ करोड ३० लाख राजश्व उत्पन्न गरेको थियो। तुलनात्मक रूपमा, प्रतियोगिताले अनुमानित ६.१ अर्ब अमेरिकी डलर उत्पन्न गरेको थियो।.[३१]

पुरस्कारहरू[सम्पादन गर्ने]

प्रत्येक विश्वकपको अन्त्यमा, छनोट गरिएका खेलाडी तथा टोलीहरूका उनीहरूको उपलब्धिका लागि पुरस्कार प्रदान गरिन्छ। हाल ७ वटा विधामा पुरस्कार प्रदान हुने गरेको छ।

  • सुनको भकुण्डो प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ जसलाई विभिन्न मतको आधारमा छनोट गरिन्छ। यसलाई पहिलो पटक सन् १९९१ मा प्रदान गरिएको थियो, चाँदीको भकुण्डोपित्तलको भकुण्डोलाई क्रमशः उत्कृष्ट दोस्रो र तेस्रो खेलाडीलाई प्रदान गरिन्छ।
  • सुनको जुत्ता शीर्ष गोलकर्तालाई प्रदान गरिन्छ यसलाई पनि पहिलो पटक सन् १९९१ मा नै प्रदान गरिएको थियो। चाँदी र पित्तलको जुत्ता क्रमशः दोस्रो र तेस्रो शीर्ष गोलकर्ताहरूलाई प्रदान गरिन्छ।
    • यदि दुई वा सो भन्दा बढी खेलाडीले समान सर्वाधिक गोल गर्छन् भने यसलाई निम्न विधिको प्रयोग गरि उनीहरू मध्ये एक जनालाई छानिन्छ:
      • सर्वाधिक गोल गर्नमा सहयोग।
      • कम समय खेलेको।
  • सुनको पञ्जा खेलको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिन्छ जसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ। यसलाई सन् २००७ मा, प्रदान गरिएको थियो।
  • फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार २१ वर्ष भन्दा मुनिको खेलाडीको लागि प्रदान गरिन्छ जसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ। यसलाई पहिलो पटक सन् २०११ मा, प्रदान गरिएको थियो।
  • अनुशासित खेल पुरस्कार खेलमा अनुशासित ढङ्गबाट खेल खेल्ने टोलीलाई प्रदान गरिन्छ। यसलाई फिफाले स्थापना गरेको अङ्क प्रणाली अनुसार निर्धारण गरिन्छ। यसलाई पहिलो पटक सन् १९९१ मा, प्रदान गरिएको थियो।
  • उत्कृष्ट टोली, खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको टोलीलाई प्रदान गरिने एक पुरस्कार हो। यसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ।
  • सपनाको टोली,फिफा डटकमका प्रयोगकर्ताहरूद्वारा छनोट गरिएको उत्कृष्ट खेलाडीहरू समावेश टोली हो। सन् २०१५ मा, पहिलो पटक यसछनोट गरिएको थियो।

अन्तिम प्रतियोगिताको १ हप्ता पछि, प्रदान गरिने अर्को पुरस्कार:

  • प्रतियोगिताको उत्कृष्ट गोल, प्रतियोगितामा प्रहार गरिएका १२ उत्कृष्ट गोलहरूलाई समावेश गरिन्छ जसलाई फिफा डटकमका प्रयोगकर्ताहरूले छनोट गर्दछन् भने ती मध्ये एक सर्वोत्कृष्ट गोललाई फिफाको वेब प्रवन्धकले छनोट गर्दछन्।

पूर्व पुरस्कार:

  • मनोरञ्जनात्मक टोली पुरस्कार खेलमा सर्वाधिक मनोरञ्जन प्रदान गर्ने टोलीलाई दिइन्थ्यो जसलाई साधारण मतका आधारमा निर्धारण गरिन्छ। यसलाई सन् २००३ र सन् २०९७ मा, प्रदान गरिएको थियो।

किर्तिमानी र तथ्याङ्क[सम्पादन गर्ने]

शीर्ष गोलकर्ताहरू[सम्पादन गर्ने]

ब्राजिलकी मार्ता सर्व समयकी महिला विश्वकपकी सर्वाधिक गोलकर्ता हुन्।
मार्ता पछिकी जर्मनेली खेलाडी बिर्गित प्रिन्ज सर्वाधिक गोलकर्ता हुन्।
वरियता खेलाडी गोल
ब्राजिल मार्ता १७
जर्मनी बिर्गित प्रिन्ज १४
संयुक्त राज्य अमेरिका एबी वामबाच
संयुक्त राज्य अमेरिका मिसेल आकेर्स १२
ब्राजिल क्रिस्तियान ११
जनबादी गणतन्त्र चीन सन वेेन
जर्मनी बेतिना विगमान

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "महिला विश्वकप फुटबल : अमेरिका चौथो पटक च्याम्पियन"। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ अक्टोबर २०२० 
  2. Reglamento Copa Mundial Femenina de la FIFA Canadá 2015™ p. 32 art. 21 [१] सङ्ग्रहित वेब्याक मेसिन मा सेप्टेम्बर २५, २०१३
  3. "El Consejo de la FIFA aprueba por unanimidad la ampliación de la Copa Mundial Femenina de la FIFA™ a 32 selecciones", FIFA.com, ३१ de julio de २०१९, अन्तिम पहुँच ३१ de julio de २०१९ 
  4. Garin, Erik (२६ फेब्रुअरी २०१५), "Coppa del Mondo (Women) 1970", RSSSF, अन्तिम पहुँच १४ मे २०१९ 
  5. Wilson, Bill (७ डिसेम्बर २०१८), "Mexico 1971: When women's football hit the big time", बिबिसी, अन्तिम पहुँच १४ मे २०१९ 
  6. Garin, Eric (२९ फेब्रुअरी २००४), "Mundial (Women) 1971", RSSSF, अन्तिम पहुँच १४ मे २०१९ 
  7. Kessel, Anna (५ जुन २०१५), "Women's World Cup: from unofficial tournaments to record-breaking event", द गार्जियन, अन्तिम पहुँच १४ मे २०१९ 
  8. Garin, Erik (११ अप्रिल २०१९), "Mundialito (Women) 1981–1988", RSSSF, अन्तिम पहुँच १४ मे २०१९ 
  9. "Foundation of Asian brilliance", एएफसी, १५ फेब्रुअरी २०१८, अन्तिम पहुँच २१ मे २०१९ 
  10. "Ellen Wille, mother of Norwegian women's football", फिफा, ३० जुन २०११, अन्तिम पहुँच २१ मे २०१९ 
  11. "A green and gold shirt steeped in history", १६ डिसेम्बर २०१५, अन्तिम पहुँच २२ मे २०१९ 
  12. "When Akers and USA got the party started", FIFA.com, १३ डिसेम्बर २०१८, अन्तिम पहुँच २२ मे २०१९ 
  13. "Norway take gold in Sweden", FIFA.com, २२ मार्च २००७, अन्तिम पहुँच २४ मे २०१९ 
  14. "Women's World Cup History", The Sports Network, अन्तिम पहुँच २५ मार्च २००७ 
  15. Koppel, Naomi (३ मे २००३), "FIFA moves Women's World Cup from China because of SARS", USA Today, अन्तिम पहुँच २७ मार्च २००७ 
  16. Molinaro, John F. (३ मार्च २०११), "Canada gets 2015 Women's World Cup of soccer", अन्तिम पहुँच ९ मे २०११ 
  17. "Japan legend Sawa makes cut for sixth World Cup", Reuters, १ मे २०१५। 
  18. "USWNT'S Christie Rampone Is Now The Oldest Player To Appear In The Women's World Cup", Huffington Post, १७ जुन २०१५। 
  19. "France to host the FIFA Women's World Cup in 2019", फिफा, १९ मार्च २०१५। 
  20. २०.० २०.१ २०.२ "Regulations FIFA Women's World Cup Canada 2015", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १२ जुन २०१५ 
  21. २१.० २१.१ २१.२ २१.३ २१.४ २१.५ "२०११ फिफा महिला विश्वकप जर्मनी", फिफा, पृ: १०९–११०, अन्तिम पहुँच ३ अक्टोबर २०१६ 
  22. "फिफा महिला विश्वकप जर्मनी २०११ तथ्याङ्क", फिफा, अन्तिम पहुँच ३ अक्टोबर २०१६ 
  23. २३.० २३.१ "२०१५ फिफा महिला विश्वकपका प्रमुख खेलाडीरू", फिफा, ७ जुलाई २०१५, अन्तिम पहुँच ३ अक्टोबर २०१६ 
  24. "FIFA Women's World Cup France 2019", फिफा, पृ: १४८, अन्तिम पहुँच २२ मे २०१९ 
  25. "२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने"अनलाइन खरब। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  26. "ब्राजिलले तेस्रो स्थान ओगटेको छ", SI/CNN, १० जुलाई १९९९, मूलबाट २८ फेब्रुअरी २००२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०११ 
  27. "महिला विश्वकपको उपाधि अमेरिकालाई"साझा पोस्ट। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  28. "USA femenil impone marca histórica en el ranking de la FIFA" (स्पेनी भाषा)। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  29. Hinog, Mark (६ जुलाई २०१५), "More Americans watched the Women's World Cup final than the NBA Finals or the Stanley Cup 24", SB Nation, अन्तिम पहुँच २७ जुन २०१७ 
  30. "Record-breaking FIFA Women's World Cup tops 750 million TV viewers", फिफा, १७ डिसेम्बर २०१५, अन्तिम पहुँच २७ जुन २०१७ 
  31. "US Women's Soccer Fans Demand 'Equal Pay' After 13-0 Win – Brutally Reminded of Loss to U15 Boys", Pluralist.com, अन्तिम पहुँच ३ जुलाई २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]