फ्रान्स महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्स
उपनाम(हरू)Les Bleues (फ्रान्सेलीमा)
सङ्गठनफ्रान्सेली फुटबल सङ्घ
सङ्घयुरोपेली फुटबल महासङ्घ (युरोप)
प्रमुख प्रशिक्षककोर्निन दियाक्रे
कप्तानआमान्दिन हेनरी
सर्वाधिक उपस्थितिसँद्रिन सुबेरँद (१९८)
सर्वाधिक गोलकर्ताइजुनि ले सोमेर (८६)
फिफा कोडFRA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताह्रास(१६ अप्रिल २०२१)[१]
उच्च वरीयता(डिसेम्बर २०१४ – जुन २०१७, जुन २०१८)
निम्न वरीयता१० (सेप्टेम्बर २००९)
पहिलो अन्तर्राष्ट्रिय
 फ्रान्स २–० इङ्ल्यान्ड 
(म्यानचेस्टर, इङ्ल्यान्ड; अक्टोबर १९२०)
ठूलो विजय
 फ्रान्स १४–० अल्जेरिया 
सेसोँ सेभिङे, फ्रान्स; १४ मे १९९८)
 फ्रान्स १४–० बुल्गेरिया 
(ल माँ, फ्रान्स; २८ नोभेम्बर २०१३)
ठूलो हार
 जर्मनी ७–० फ्रान्स 
(बाद क्रोच्यास्नक्स, जर्मनी; २ सेप्टेम्बर १९९२)[२]
विश्वकप
उपस्थिति४ (पहिलो खेल २००३)
उत्कृष्ट नतिजाचौथो स्थान (सन् २०११)
युइएफए महिला युरो
उपस्थिति६ (पहिलो खेल सन् १९९७)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (सन् २००९, २०१३, २०१७)

फ्रान्स महिला राष्ट्रिय फुटबल टोली (फ्रान्सेली: Équipe de France féminine de football) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्दछ। टोली हाल फ्रान्सेली फुटबल सङ्घको नियन्त्रणमा रहेको छ। टोलीले युरोपेली फुटबल महासङ्घका विभिन्न प्रतियोगिताहरूमा खेल खेल्ने गर्दछ जसमा फिफा महिला विश्वकप, युइएफए महिला युरो, ग्रीष्मकालिन ओलम्पिक, र आल्गार्भे कप समावेश छन्।[३]

फ्रान्स महिला राष्ट्रिय टोलीले सन् १९९७ को युरोपेली प्रतियोगिताको संस्करणको क्वार्टर फाइनलमा पुग्नु भन्दा अगाडि लगातारका तीनवटा फिफा महिला विश्वकप र ६ वटा युरोपेली प्रतियोगिता लागि छनोट हुन असफल बनेको थियो।यद्यपि नयाँ सहस्राब्दीको सुरुदेखि नै फ्रान्स युरोपको सबैभन्दा सबल टोलीहरू मध्ये एक बनेको छ र सन् २००३ मा पहिलो पटक फिफा महिला विश्वकपको लागि छनोट भएको थियो र सन् २००० पछिका युरोपेली प्रतियोगिता मध्ये दुईवटा संस्करणमा क्वार्टर फाइनल सम्म पुगेको थियो। सन् २०११ मा, फ्रान्सले २०११ फिफा महिला विश्वकपमा चौथो स्थान सम्म पुगेको थियो जुन प्रतियोगितामा समग्रमा सबै भन्दा राम्रो समाप्ति हो। अर्को वर्षमा, टोलीले सन् २०१२ साइप्रस कप र महिला ओलम्पिक फुटबल प्रतियोगिताको चौथो स्थान कब्जा गरेको थियो। कोर्निन दायाक्रे ३० अगस्त २०१७ देखि टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा छिन्। टोलीकी कप्तान मध्यपङ्क्तिकी खेलाडी आमात्दिन हेनरी हुन्।[४] यसले सन् २०१९ फिफा महिला विश्वकपको आयोजना गरेको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१ 
  2. "Tous les matchs – FFF", Fff.fr, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१६ 
  3. "Equipe de France A - Toutes les sélectionnées", statsfootofeminin.fr। 
  4. Equipe de France [@equipedefrance] (२४ अक्टोबर २०१७), "Corinne Diacre l'a annoncé après le match #FRAGHA, @amandinehenry6 est la nouvelle capitaine des Bleues ! ©️🇫🇷" (ट्विट) – ट्विटरद्वारा। 
  5. "सन् २०१९ मा हुने महिला विश्वकप फुटबलको लाखौँ टिकट अहिले नै बिक्री"उज्यालो अनलाइन। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]