सामग्रीमा जानुहोस्

फिफा महिला विश्व वरीयता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१६ अप्रिल २०२१ अनुसार फिफा महिला विश्व वरीयता[]
क्रम परिवर्तन टोली अङ्क
Steady  संयुक्त राज्य अमेरिका२२००.३९
Steady  जर्मनी२०८९.२३
 नेदरल्यान्ड२०३८.६१
ह्रास  फ्रान्स२०२९.९३
Steady  स्विडेन२०१६.६३
Steady  इङ्ल्यान्ड१९७३.९८
 ब्राजिल१९७०.७२
Steady  क्यानडा१९६७.७२
ह्रास  अस्ट्रेलिया१९५०.५९
१०New entry  उत्तर कोरिया१९४०
११ह्रास  जापान१९३७.६९
१२ह्रास  नर्वे१९३६.४९
१३ह्रास  स्पेन१९२९.४१
१४  चीन१८७५.०१
१५ह्रास  इटाली१८७४.४२
१६ह्रास  डेनमार्क१८६८.५७
१७ह्रास  आइसल्यान्ड१८२९.०८
१८ह्रास  बेल्जियम१८१४.०६
१९ह्रास  दक्षिण कोरिया१८१०.८९
२०ह्रास  स्विट्जरल्यान्ड१८००.३६
* १८ डिसेम्बर २०२० बाट परिवर्तन
फिफा डटकममा पूर्ण वरीयता

फिफा महिला विश्व वरीयता लाई सन् २००३ मार्चमा स्थापना गरी पहिलो पटक प्रकाशित गरिएको थियो।[] फिफाले एक निश्चित समयमा अन्तर्राष्ट्रिय रूपमा सक्रिय महिला राष्ट्रिय टोलीहरूको तुलना गर्न यस वरियता सूचीलाई प्रकाशन गर्ने गर्दछ।

वरीयता प्रणालीको विशिष्टता

[सम्पादन गर्नुहोस्]
  • फिफा महिला विश्व वरीयता, टोलीले खेलेको हरेक अन्तर्राष्ट्रिय खेलमा आधारित छ। सन् १९७१ मा फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भने फ्रान्सनेदरल्यान्डबीच भएको थियो।
  • फिफा महिला विश्व वरीयताले हालैका नतिजाहरूमा जोड दिदैँ आइरहेको छ।
  • फिफा महिला विश्व वरीयता वर्षमा मत्रै चार पटक प्रकाशित गरिन्छ। सामान्यतया, मार्च, जुन, सेप्टेम्बर र डिसेम्बरमा वरीयताहरू प्रकाशन हुँदै आइरहेका छ। (विश्वकपका वर्षहरूमा, विश्व कप परिणामहरू प्रतिबिम्बित गर्नका लागि मितिहरू समायोजन गरिएको छ।)
  • फिफा महिला महिला विश्व वरीयता प्रणालीबाट पहिलो दुई बिन्दुहरूको परिणाम फुटबलको लागि अनुकूल गरिएको एलो दर्जा प्रणालीमा आधारित छ।

सन् २०१८ मा, निरन्तर आलोचना पछि एलो प्रणालीमा आधारित गर्दै फिफाले पुरुष वरीयता प्रणालीलाई परिमार्जन गरेको थियो। फिफाले टोलीहरूको मूल्याङ्कनलाई सूचीको अन्त्यमा ५ भन्दा कम खेलसँग सूचीबद्ध गरेको छ। साथै कुनै टोलीले १८ महिना सम्म अन्तर्राष्ट्रिय खेल खेलेन भने फिफाले उक्त राष्ट्रिय टोलीलाई वरीयतामा समावेश गरेको छैन।

महिला फुटबल नेतृत्वकर्ता

[सम्पादन गर्नुहोस्]

हालसम्म, फिफा महिलाको श्रेणीमा नेतृत्व लिने जर्मनीसंयुक्त राज्य अमेरिका मात्र दुई टोलीहरू हुन्। उनीहरूले फिफा महिला वरीयताको पाँच प्रकाशनमा शीर्ष दुई स्थानहरू ओगटेका थिए। जर्मनी तेस्रो स्थानमा भएको बेलामा, नर्वे दोस्रो स्थानमा रहेको थियो। पछि, जर्मनीले २००३ फिफा महिला विश्वकप जित्दै उनीहरूलाई पछाडि पारेको थियो। सन् २००९ मार्चमा ब्राजिल दोस्रो स्थानमा थियो र जुन २००९ मा जर्मनी २००८ युरो कप जित्दै शीर्ष दुईमा सामेल भएको थियो र मार्च २०१८ मा, इङ्ल्यान्ड दोस्रो स्थानमा रहेको थियो।

मार्च २००८ देखि डिसेम्बर २०१४, करीव ७ वर्ष सम्म संयुक्त राज्य अमेरिका सबैभन्दा लामो अवधि सम्म शीर्ष स्थानमा रहेको थियो।

वरीयता प्रक्रिया

[सम्पादन गर्नुहोस्]

वरीयता निम्नलिखित सूत्रहरूमा आधारित छ: []

वरीयता तालिका

[सम्पादन गर्नुहोस्]

फिफा महिला विश्व वरीयता १ वर्षको ४ पटक प्रकाशित गरिन्छ र प्रायः शुक्रबार प्रकाशन गरिँदै आइरहेको छ[]

२०१८ को वरीयता तालिका
प्रकाशन मिति
२३ मार्च
२२ जुन
२८ सेप्टेम्बर
७ डिसेम्बर

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१
  2. 1 2 "तथ्या पाना, फिफा महिफा विश्व वरीयता", अन्तिम पहुँच २०१५-०६-०८
  3. "महिला विश्व वरीयता", फिफा/कोका-कोला विश्व वरीयता, फिफा, अन्तिम पहुँच ११ जनवरी २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]