सामग्रीमा जानुहोस्

क्लास-जान हन्टेलार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डर्क जान क्लास "क्लास-जान" हन्टेलार (डच उच्चारण: [ˈklaːs ˈjɑn ˈɦʏn.tə.ˌlaːr]; जन्म १२ अगष्ट १९८३), उर्फ द हन्टर, डच पेशेवर फुटबलर हुन् जो स्ट्राइकरको रूपमा एएफसी एज्याक्स र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिमका लागि खेल्दछन् । हन्टेलार उत्कृष्ट फर्स्ट टचका साथ बहुफलप्रद स्ट्राइकर हुन जसको खेल शैली मार्को भान बास्टेनरूड भान निस्टेलरोय जस्ता दिग्गज खेलाडी सँग तुलना गरिन्छ । नेदरल्यान्डका पुर्व प्रबन्धक लुइस भान गालले उनको बारेमा क्वोट गर्दै भनेका थिए "पेनाल्टी क्षेत्रमा उनी विश्वका उत्कृष्ट खेलाडी हुन् ।"

सन् २००६ मा डच फुटबल ट्यालेन्ट अफ द इयर र एज्याक्स "प्लेयर अफ द इयर" चुनिएका हन्टेलार डच टिमका सदस्य थिए जुन टिमले २००६ युइएफए यु-२१ च्याम्पियनशीप जितेको थियो जहाँ उनी उच्च गोलकर्ता बनेका थिए । सो प्रतियोगितामा उनी युइएफए टिम अफ द टुर्नामेन्टमा समेत परेका थिए । उनी नेदरल्यान्ड यु-२१ राष्ट्रिय टिमका लागि २२ उपस्थितिमा १८ गोलका साथ उच्च गोलकर्ता हुन् । घरेलु प्रतिस्पर्धामा उनले एरिडीभिसी(डच लिग) २००५–०६ र २००७–०८ सिजनमा सम्झनयोग्य खेल खेल्दै उच्च गोलकर्ता बने । साल्के ०४ मा २०१० मा आबद्ध भएर २०११-१२ बुन्डेसलिगाको उच्च गोलकर्ता हुनुअघि हन्टेलारले पिएसभी, डी ग्राफ्सच्याप, एगोभ एपेलडुर्न, हिरेनभिन, एज्याक्स, रियल म्याड्रिड, र एसी मिलानका लागि खेलिसकेका छन् । २०११-१२ सिजनमा उनले बुन्डेसलिगामा २९ गोल गरेका थिए ।

क्लास-जान हन्टेलार
हन्टेलार २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नाम क्लास-जान हन्टेलार[]
जन्म मिति (1983-08-12) १२ अगस्ट १९८३ (उमेर ४३)
जन्म स्थान Voor-Drempt, नेदरल्यान्डस्
उचाइ १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एएफसी एज्याक्स
सङ्ख्या
युवा करियर
१९८८–१९९४ VV H. en K.
१९९४–२००० De Graafschap
२०००–२००२ पिएसभी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२–२००४ पिएसभी (०)
२००३De Graafschap (ऋणमा) (०)
२००३–२००४एजिओभिभि (ऋणमा) ३५ (२६)
२००४–२००६ Heerenveen ४६ (३३)
२००६–२००८ एएफसी एज्याक्स ९२ (७६)
२००९ रियल म्याड्रिड २० (८)
२००९–२०१० मिलान २५ (७)
२०१०–२०१७ साल्के ०४ १७५ (८२)
२०१७– एएफसी एज्याक्स ५६ (२९)
अन्तर्राष्ट्रिय करियर
२००२–२००६ Netherlands U21 २३ (१८)
२००६–२०१५ नेदरल्यान्डस् ७६ (४२)
सम्मान
AFC Ajax
विजेताKNVB Cup2006
विजेताJohan Cruyff Shield2006
विजेताKNVB Cup2007
विजेताJohan Cruyff Shield2007
Schalke 04
विजेताDFB-Pokal2011
विजेताDFL-Supercup2011
 नेदरल्यान्ड
विजेताUEFA Under-21 Championship2006
उप-विजेताFIFA World Cup2010
Third placeFIFA World Cup2014
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११:३०, ७ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १३ अक्टोबर २०१५

सन्दर्भ सामग्री

[सम्पादन]

en:Klaas-Jan Huntelaar

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: २५, अन्तिम पहुँच ११ जुन २०१४ अभिलेखिकरण ६ अगस्ट २०१७ वेब्याक मेसिन