खालिस्तान आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ख़ालिस्तान झण्डा

ख़ालिस्तान आन्दोलन (पञ्जाबी : ਖ਼ਾਲਿਸਤਾਨ ਅੰਦੋਲਨ) एक सिख पृथकतावादी आन्दोलन थियो जसको उद्देश्य सिखहरुको लागी एक अलग सार्वभौम राष्ट्र ख़ालिस्तान ("ख़ालसा भूमि") को निर्माण गर्नु थियो। ख़ालिस्तान को प्रस्तावित राष्ट्र पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चण्डीगढ को वर्तमान भारतीय राज्यहरु शामिल थिए। [१]

एक अलग सिख राष्ट्रको लागी मांग ब्रिटिस साम्राज्य को पतन पछि शुरू भयो। सन् १९४० मा पहिलो पटक खालिस्तानको नाम "ख़ालिस्तान" नामक पम्फलेटमा उल्लेख गरिएको थियो। सन् १९४७ पछि खालिस्तान आन्दोलन भारतीय पञ्जाब राज्यमा आप्रवासी सिखहरुको आर्थिक र राजनैतिक सहयोग र पाकिस्तानको समर्थनमा फस्टायो र सन् १९८० को दशकसम्म आन्दोलन चरम सीमामा पुग्यो। जगजीत सिंह चौहानका अनुसार सन् १९७१ को भारत पाकिस्तान युद्ध पछि पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले जगजित सिंह चौहानसँगको कुराकानीको क्रममा ख़ालिस्तान बनाउन सहयोग गर्ने प्रस्ताव राखेका थिए। [२]

सन् १९८४ को दशकमा विद्रोह सुरु भयो, जो १९९५ सम्म चलेको थियो, यो चरमपन्थीलाई कुच्नको लागी, भारत सरकार र सेनाले अपरेशन ब्लू स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थन्डर र अपरेशन ब्ल्याक थन्डर २ सञ्चालन गरे, यी कार्यहरुका कारण, चरमपन्थ धेरै हदसम्म समाप्त भयो यो भयो तर धेरै नागरिकहरु यसमा मरे र भारतीय सेनालाई मानव अधिकार उल्ल्घनको आरोप लगाइयो। भारी पुलिस र सैन्य कारबाही र यस आन्दोलनसंग एक ठूलो सिख जनसंख्याको निराशाको कारण, आन्दोलन १९९० द्वारा कमजोर हुन थाल्यो, जसको कारण आन्दोलन आफ्नो उद्देश्य सम्म पुग्न असफल भयो र समाप्त भयो।

केही भारतीय सिख र प्रवासी सिखहरु अझै पनि अपरेशन ब्लू स्टार को दौरान नागरिक हताहतको बिरोधमा खालिस्तानको समर्थन गर्छन्। [३] [४] [५] सन् २०१८ को शुरुमा पञ्जाब पुलिसले केही आतंकवादीहरुलाई पक्राउ गरेको थियो। [६] पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले दाबी गरेका थिए कि हालको चरमपन्थीलाई पाकिस्तानको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) र अमेरिका, क्यानडा र बेलायतका "खालिस्तानी अलगाववादी" द्वारा समर्थन गरिएको थियो। [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "BBC News Hindi - BBC Hindi हिंदी में ताज़ा समाचार, ब्रेकिंग न्यूज़, वीडियो, ऑडियो और फ़ीचर. बीबीसी हिंदी डॉटकॉम पर भारत, पाकिस्तान और चीन सहित दुनिया भर की ताज़ा ख़बरें. BBC News Hindi for up-to-the-minute News, Breaking News, Video, Audio and Feature Stories.", BBC News Hindi (en-USमा), मूलबाट १० अप्रैल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-१० मिति
  2. Khalistan Movement Media (India/Transnational) 
  3. Ali, Haider (६ जुन २०१८), "Mass protests erupt around Golden Temple complex as pro-Khalistan sikhs mark Blue Star anniversary", Daily Pakistan, अन्तिम पहुँच २५ जुन २०१८ 
  4. "UK: Pakistani-origin lawmaker leads protests in London to call for Kashmir, Khalistan freedom", Scroll, अन्तिम पहुँच २९ जुन २०१८ 
  5. Bhattacharyya, Anirudh (५ जुन २०१७), "Pro-Khalistan groups plan event in Canada to mark Operation Bluestar anniversary", Hindustan Times, अन्तिम पहुँच ६ जुलाई २०१८ 
  6. "New brand of Sikh militancy: Suave, tech-savvy pro-Khalistan youth radicalised on social media", Hindustan Times 
  7. Majumdar, Ushinor, "Sikh Extremists In Canada, The UK And Italy Are Working With ISI Or Independently", Outlook India, "Q. Is it clear which "foreign hand" is driving this entire nexus? A. Evidence gathered by the police and other agencies points to the ISI as the key perpetrator of extremism in Punjab. (Amarinder Singh Indian Punjab Chief Minister)" 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]