खासा (चीन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खासा
འགྲམ།
शहर
樟木镇
देशचीन
प्रान्ततिब्बत
प्रशासक प्रान्तशिगात्से
काउन्टीन्यालम
समय क्षेत्रयुटिसी+8 (CST)

खासा (चीनीया:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन न्यालम काउन्टीमा नेपाल-तिब्बत सिमामा स्थित छ। यो ठाउँ भोटेकोसी नदीको पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर कोदारी स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।

पारवहन[सम्पादन गर्नुहोस्]

खासा चीन-नेपाल मितेरी पुलको ठीक उत्तरमा छ, जहाँ चीनको राष्ट्रिय राजमार्ग ३१८ आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको अरनिको राजमार्ग शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै काठमाडौँ पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।

Gallery[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: २७°५९′N ८५°५९′E / २७.९९°N ८५.९८°E / 27.99; 85.98

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]