खुजदार जिल्ला
खुजदार जिल्ला | |
---|---|
![]() पाकिस्तानको नक्शामा खुजदार जिल्लाको अवस्थिती | |
देश | ![]() |
प्रदेश | बलुचिस्तान |
स्थापना | १९७४ |
सदरमुकाम | कलात विभाग |
सरकार | |
• प्रमुख आयुक्त | महम्मद हासीम घलाजाय |
• प्रहरी प्रमुख | महम्मद जाफर अली |
क्षेत्रफल | |
• जम्मा | ३५,३८० किमी२ (१३६६० वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | ८०२,२०७ |
• घनत्व | २३/किमी२ (५९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसीलको सङ्ख्या | ४ |
खुजदार जिल्ला (उर्दु: خُضدار ) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो। यस जिल्लाको सदरमुकाम खुजदार सहर हो।
सन् १९७४ यस जिल्लाको स्थापना भन्दा पहिला यो जिल्ला कलात जिल्लाको एक भाग थियो। नोभेम्बर १९९० मा खुजदारको इलाकाको भाग अवारा जिल्ला बनाउनको लागि विभाजित भएको थियो।
जानकारी
[सम्पादन गर्नुहोस्]बलुचिस्तानमा पानीको अभाव, सुख्खा मौसम र प्रचुर मात्रामा बाँझो जमिनका कारण यस प्रदेशको जनसङ्ख्या अन्य प्रदेशको तुलनामा कम हुने गरेको छ। खुजदार जिल्लाको सदरमुकाम सहर खुजदार सहर हो जुन बलुचिस्तानकै सबै महत्त्वपूर्ण सहर को रूपमा रहेको छ। खुजदार सहर पाकिस्तान राष्ट्रिय राजमार्गमा अवस्थित छ जसले पाकिस्तानसँग इरान र टर्कीलाई जोड्छ। यो सहर कराचीबाट ४०० किलोमिटर र क्वेटाबाट ३०० किलोमिटरको दुरीमा पर्छ जुन सहर पाकिस्तानकै दुई प्रमुख सहर हुन्।
अरब शासनको समयमा यस क्षेत्र टुरान प्रदेशको रूपमा स्थापित भयो जसको सदरमुकाम खुजदारलाई राखिएको थियो। यो एक महत्त्वपूर्ण सैनिक आश्रयस्थल बनेको थियो जसलाई अरबी प्रमुखहरूले भारतीय सेनालाई आदेश दिने गरेका थिए। पछि खुजदार कलात प्रदेशको एक भाग बनेको थियो। सन् १८७९ मा यो स्थानमा झलावान जाती र कलातका खानको बिच युद्ध भऐको थियो जुन युद्धमा कलातका शासक मिर खुदा खानको जित भएको थियो। यस शहरको नजिकै अरबहरू द्वारा निर्मित पुरानो किला को खण्डहरू रहेका छन्। १ मार्च १९७४ मा यो सहर विभाजित भएर छुट्टै जिल्ला बनेको थियो। यस जिल्लामा वर्तमान चार तहसीलहरू रहेका छन्। यस जिल्लाका प्रमुख जनजाति बजानो, जाटक, हसनी, सिपाड, मोसियानी जहारी, जरकजाइ, अहमदजी आदि हुन्। खुजदार नजिक सैनिको एक ठुलो आश्रयस्थल रहेकोदछ जुन क्वेटा पछि बलुचिस्तानकै सबैभन्दा धेरै सैनिक भएको सहर हो। खुजदारमा एक विश्वविद्यालय रहेको छ जसको नजिकका एक राष्ट्रिय विमानस्थल रहेको छ।[२]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ५,१७०,०० रहेको छ जसमध्य २८ % मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्छन्। सन् २०१२ मा यस जिल्लाको जनसङ्ख्या ९,२५०,०० रहेको छ भन्ने अनुमान गरेका छन् जसमध्य ९९ % मानिसहरू इस्लामी हुन्। यस जिल्लामा मानिहरू मुख्यतया ब्राहुई भाषा बोल्ने जनजाति बसोबास गर्छन्। १९८१ का जनगणना अनुसार यस जिल्लाको प्रमुख भाषा ब्राहुई रहेको थियो जसमा कुल जनसङ्ख्याको ८२% मानिसहरू रहेका थिए भने १३% मानिसहरू बलूची भाषा बोल्ने गरेको तथ्यााङ्कले जनाएको थियो। सन् १९९८ को जनगणनाले ब्राहुई भाषा बोल्ने मानिको तथ्याङ्क जम्मा गर्न सकेन भने कुल जनसङ्ख्याको ९६.७% मानिसहरू बलूची भाषा बोल्ने र १% पन्जाबी भाषा बोल्ने मानिसको तथ्याङ्क सार्वजनिक गरेको थियो।
शिक्षा
[सम्पादन गर्नुहोस्]पाकिस्तान जिल्ला शिक्षा बरियता २०१७ का अनुसार खुजदार जिल्ला कुल १४१ मा १२२ अौँ स्थानमा रहेको छ। यस बरपयताले जिल्लाको सिक्ने क्रम, लैङ्गकि अनुपातको पनि मापन गर्छ। सन् २०१४-१५ को अनुसार १० वर्ष माथिका मानिसहरूको साक्षरता दर ४५% रहेको छ जसमा महिलाको साक्षरता दर मात्र २६% छ। यस शहरमा उच्च विद्यालयको अभाव छ जसमा प्रथमीक विद्यालय कुल विद्यालयको ८७% रहेको छ भने उच्च विद्यालय मात्र ५% रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनसङ्ख्या", पिबिएस सेन्सस। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ↑ खुजदार विश्वविद्यालय
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- खुजदार जिल्ला
- बलुचिस्तानको आधिकारिक वेबसाइट
- खुजदार जिल्ला वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२६ मिति
- बलुचिस्तान प्रहरीको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०६ मिति