गणतन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गणराज्यबाट अनुप्रेषित)

गणतन्त्र (ल्याटिन बाट: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्र भन्दा फरक हुन्। लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ। आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि छन्। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।[१]

शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "यसरी बन्यो गणतन्त्र नेपाल"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]