गण्डकी गोल्डेन झोलङ्गे पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी गोल्डेन झोलुङ्गे पुल
स्वामित्वनेपाल सरकार
जम्मा लम्बाई५६७ मी (१,८६० फिट)
उचाईं122 m
लामो स्पान567m

गण्डकी गोल्डेन पुल ५६७ मिटर लामो झोलुङ्गे पुल हो। यसले पर्वत जिल्लाको कुस्मा नगरपालिकालाई अदुवाबारीमा बागलुङ जिल्लाको बाग्लुङ नगरपालिका १ बांगेचौरलाइ जोड्छ। [१] [२] यो पुल कालीगण्डकी नदीमा रहेको छ । पुलको उचाइ नदीको सतहबाट १२२ मिटर माथि छ। २०२२मा चेक गणतन्त्रमा स्काई ब्रिज 721 को उद्घाटन पछि यो पुल दोस्रो लामो पुल भयो, यो भन्दा पहिले यो संसारको सबैभन्दा लामो पुल थियो। [३] [४]

विसं २०५९ मा पुलको सम्भाव्यता अध्ययन गरी २०७५ सालको चैतमा निर्माण कार्य सुरु भएको थियो भने २०७७ असारमा सम्पन्न गर्ने तालिका रहेको भएपनि, सन् २०२० जुलाईमा निर्धारित समयभन्दा तीन महिना अगाडि निर्माण सम्पन्न भएको थियो । कोभिड–१९ को महामारीका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको थियो। [१] ८५ मेट्रिक टन क्षमताको यो पुलले एकै समयमा ६१२ जना यात्रु बोक्न सक्छ । [१]

पुलको अनुमानित लागत रु १२२,२००,००० मध्य नेपाल सरकारले रू ६९,१००,००० अनुदान दिएको थियो। [५]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा", Setopati, अन्तिम पहुँच २०२०-०८-०२ 
  2. "Parbat getting 'tallest and longest' bridge at home", myRepublica, ६ जनवरी २०२०, अन्तिम पहुँच १ मे २०२१ 
  3. "आहा ! पर्वत र बागलुङ जोड्ने एसियाकै लामो झोलुङ्गे पुल (फोटो फिचर)", Thaha Khabar, अन्तिम पहुँच २०२०-०८-०२ 
  4. "World's longest suspension bridge opens in the Czech Republic", १३ मे २०२२। 
  5. "बागलुङ र पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न", Saurahaonline.com, मूलबाट २०२१-०५-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०३ मिति