सामग्रीमा जानुहोस्

गण्डकी गोल्डेन झोलङ्गे पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी गोल्डेन झोलुङ्गे पुल
स्वामित्वनेपाल सरकार
जम्मा लम्बाई५६७ मी (१,८६० फिट)
उचाईं१२२ मिटर
लामो स्पान५६७ मिटर

गण्डकी गोल्डेन पुल ५६७ मिटर लामो झोलुङ्गे पुल हो। यसले पर्वत जिल्लाको कुश्मा नगरपालिकालाई अदुवाबारीमा बागलुङ बागलुङ जिल्लाको बाग्लुङ नगरपालिकाको बाङ्गेचौरलाइ जोड्छ।[] [] यो पुल कालीगण्डकी नदीमा रहेको छ। पुलको उचाइ नदीको सतहबाट १२२ मिटर माथि छ। सन् २०२२ मा चेक गणतन्त्रमा स्काई ब्रिज ७२१ को उद्घाटन पछि यो पुल दोस्रो लामो पुल भएको थियो, यो भन्दा पहिले यो संसारको सबैभन्दा लामो पुल थियो।[] []

विसं २०५९ मा पुलको सम्भाव्यता अध्ययन गरी २०७५ सालको चैतमा निर्माण कार्य सुरु भएको थियो भने वि.सं २०७७ असारमा सम्पन्न गर्ने तालिका रहेको भएपनि, निर्धारित समयभन्दा तीन महिना अगाडि निर्माण सम्पन्न भएको थियो। कोभिड–१९ को महामारीका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको थियो। [] ८५ मेट्रिक टन क्षमताको यो पुलले एकै समयमा ६१२ जना यात्रु बोक्न सक्छ। []

पुलको अनुमानित लागत रु १२२,२००,००० मध्य नेपाल सरकारले रू ६९,१००,००० अनुदान दिएको थियो। []