गाइबान्धा सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाइबान्धा सदर
গাইবান্ধা সদর
उपजिल्ला
गाइबान्धा सदर is located in बङ्गलादेश
गाइबान्धा सदर
गाइबान्धा सदर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°१९.५′उ॰ ८९°३७.७′पू॰ / २५.३२५०°N ८९.६२८३°E / 25.3250; 89.6283निर्देशाङ्कहरू: २५°१९.५′उ॰ ८९°३७.७′पू॰ / २५.३२५०°N ८९.६२८३°E / 25.3250; 89.6283
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लागाईबान्धा जिल्ला
क्षेत्रफल
 • जम्मा३२०.२५ किमी (१२३.६५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा४३७२६८[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटगाइबान्धा सदरको आधिकारिक नक्सा

गाइबान्धा सदर बङ्गाली: গাইবান্ধা সদর बङ्गलादेशको गाइबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

गाइबान्धा सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१३' देखि २५°२७' उत्तर अक्षांश र ८९°२६' देखि ८९°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। गाइबान्धा सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२०.२५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सुन्दरगञ्जचार राजीवपुर उपजिल्लाले उत्तर, पलाशबाडी, साघाटाफुलछाडी उपजिल्लाले दक्षिण, दिवानगञ्ज, फुलछाडी उपजिल्ला र ब्रह्मपुत्र नदीले पूर्व, सदुल्लापुरपलाशबाडी उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, बाङ्गाली र जमुना यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ९ डिसेम्बर १९७१ का दिन महबुब इलाही रञ्जुको नेतृत्वमा रहेको १५० बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच युद्ध तथा प्रत्यक्ष गोली हानाहानमा पाकिस्तानी सेनाले हान मानी आत्मसमर्पण गरेका थिए जसका कारण यस उपजिल्ला स्वतन्त्र भएको थियो। यस उपजिल्ला स्वतन्त्र भएपछि बङ्गलादेशी लडाकुले यस उपजिल्लाको स्वाधिनाथ प्राङ्गणमा स्वतन्त्र बङ्गलादेशको राष्ट्रिय झण्डा ठडाएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३९२३११ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १९८७२६ छ भने महिलाको जनसङ्ख्या १९३५८५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३६२४७१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २९१०५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६८३ रहेको छ। यस उपजिल्लामा ५१८ मस्जिद, ३६ हिन्दु मन्दिर र १ चिहान रहेका छन्। यस उपजिल्लाका ८६.२८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२०% ले पोखरी, ५.११% ले टुटी र ८.४१% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४९.४९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। गाइबान्धा सदर उपजिल्लामा २ अस्पताल, ६ गैरसरकारी अस्पताल र ४९ स्वस्थ्य केन्द्रहरू रहेका छन्। [३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, उखु, आलु, बदाम, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, खरबुजा, जुट, गँहु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका जुट, आलसको तेल, उखु र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५२ माछापालन केन्द्र, ४४ दुग्ध सङ्कलन केन्द्र तथा ९० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५५.२३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८०% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.९५% वाणिज्यमा १५.७३%, सञ्चार तथा यातायातमा ५.४८%, निर्माण क्षेत्रमा २.४२%, सुविधामा ७.८४%, धार्मिक सेवामा ०.२४%, वैदेशिक रोजगारी तथा भाडामा ०.३३% र अन्यमा ५.४८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

गाइबान्धा थाना सन् १८५७ भन्दा पहिला एकै सदुल्लापुर थाना र भवानीगञ्ज थानाको अन्तर्गत पर्दथ्यो। यस थानालाई सन् १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १३ सङ्घ परिषद्/वडा, १५० मौजा/महल्ला र १२७ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३९.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.५% छ भने महिलाको साक्षरता दर ३४.८% रहेको छ। यस उपजिल्लामा १० क्याम्पस, १ कानून क्याम्पस, ४८ माध्यमिक विद्यालय, १९६ प्राथमिक विद्यालय, १२ गैरसरकारी शिक्षण संस्था, १६ व्यवसायीक शिक्षण संस्था, १ शिक्षक शिक्षण संस्था, १ कृषि तालिम केन्द्र, ६ अन्य शिक्षण संस्था र २६१ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गाइबान्धा क्याम्पस (सन् १९४७), कृषि तालिम केन्द्र (सन् १९५४), गाइबान्धा छात्र सरकारी उच्च विद्यालय (सन् १८८५), गाइबान्धा इस्लामीया उच्च विद्यालय (सन् १९१४), गाइबान्धा सरकारी कन्या क्याम्प (सन् १९१६), परेरापुर उच्च विद्यालय (सन् १९१७), चापदहा बिएल उच्च विद्यालय (सन् १९१९), तुलसीघाट काशीनाथ उच्च विद्यालय (सन् १९२१) आदि। [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "गाइबान्धा सदर ( (उपजिल्ला), बङ्गलादेश) - तथ्याङ्क", citypopulation.de 
  2. २.० २.१ सबु, अबु जाफर (सन् २०१२), "গাইবান্ধা সদর উপজেলা", in इसलाम, सिराजुल; जामल, आहमेद, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]