गाब्रियल बोरिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाब्रियल बोरिक
सन् २०२१ मा बोरिक
चिलीका राष्ट्रपति
पद बहाली
२०२२ मार्च १

ग्राबियल बोरिक फन्ट (स्पेनी उच्चारण: [ɡaˈβɾjel ˈβoɾitʃ][क]; जन्म: सन् १९८६ फेब्रुअरी ११)[१] चिलीका राजनीतिज्ञ हुन्। उनी सन् २०२१ डिसेम्बर २० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।

बोरिकले चिली विश्वविद्यालयमा कानुन सङ्कायमा अध्ययन गरेका थिए। उनी सन् २०१२ मा चिली विश्वविद्यालय विद्यार्थी महासङ्घका अध्यक्ष पदमा निर्वाचित भएका थिए।[२][३][४] विद्यार्थी प्रतिनिधिको रुपमा, उनी सन् २०११-१३ को चिलीको विद्यार्थी विरोध प्रदर्शनको प्रमुख नेता थिए। बोरिक सन् २०१३ मा मगलानेस क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक स्वतन्त्र सांसद निर्वाचित भएका थिए। सन् २०१७ को निर्वाचनमा दोस्रो कार्यकालमा भने उनी ब्रोड फ्रन्टको तर्फबाट निर्वाचित भएका थिए । ब्रोड फ्रन्ट उनले अन्य कयौं पार्टीसँग मिलेर बनाएको गठबन्धन हो।

बोरिक चिलीको इतिहासको सबैभन्दा युवा राष्ट्रपति हुन्। विश्वको सबैभन्दा युवा राष्ट्राध्यक्षमा उनी दोस्रो स्थानमा छन्। यसका साथै उनी देशको इतिहासमा सबैभन्दा धेरै मात प्राप्त गरेर निर्वाचित भएका राष्ट्रपति समेत हुन्।[५][६]

राजनैतिक स्थान[सम्पादन गर्नुहोस्]

विदेश नीति[सम्पादन गर्नुहोस्]

बोरिकाले क्युवा, निकारागुवाभेनेजुएलाको बामपन्थी सरकारलाई मानव अधिकार उल्लङ्घनको विषयमा बिरोध गरेका छन्। बोरिकले "प्रजातान्त्रिक बामपन्थीहरूले यो बिषयमा दोहोरो मापदण्ड अपनाउन नहुने र आफ्नै नागरिक विरुद्धको मानव अधिकार हननलाई जायज ठहराउन स्व-निर्णयको सिद्धान्तको प्रयोग गर्न नहुने" कुरा बताएका थिए।[७] उनको २०२१ को राष्ट्रपतीय चुनावी अभियानमा, उनले निकारागुवाको आमा निर्वाचनमा धाधली भएको र चिली कम्युनिस्ट पार्टी (उनका एक सहयोगी) लाई डेनियल ओर्टेगाको सरकारलाई समर्थन गरेको बयान फिर्ता लिन आह्वान गरे ।[८]

बोलिभियाको विषयमा, बोरिकले दुई देश बीच सम्बन्ध पुनर्स्थापना गर्ने मनसाय व्यक्त गरेका छन्। चिली र बोलिभियाको सम्बन्ध सन् १९७८ यता नराम्रो छ।[९] उनले फल्कल्यान्ड टापुको विषयमा अर्जेन्टिनाको दावीलाई समर्थन गरेका छन्। [१०]

अरब-इजरायल द्वन्दको विषयमा, बोरिकाले धेरै मौकामा प्यालेस्टाइनको समर्थन गरेका छन्। इजरायली बस्ती, जसलाई अन्तराष्ट्रिय समुदायले अबैध मानेको छ, मा बनेका सामान आयातमा रोक लागाउन बोरिकले विधेयक प्रस्तुत गरेका थिए। ह्युमन राइट वाचमा आधारित यो बिधेयकलाई अमेरिकन काउन्सिल अफ जुदाइजम जस्ता यहुदी संघटनले निन्दा गरेका थिए।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Esparza, Robinson (१७ नोभेम्बर २०११), "Gabriel Boric: El magallánico que quiere desbancar a Camila Vallejo", El Magallanews.cl, Noticias de Punta Arenas y Magallanes, अन्तिम पहुँच ४ अगस्ट २०१५ 
  2. "Nuevo presidente de la FECh se desmarca de "partidos políticos tradicionales" y critica a Gajardo", LaSegunda.com, ७ डिसेम्बर २०११, अन्तिम पहुँच ४ अगस्ट २०१५ 
  3. "Boric tras vencer en elecciones Fech: 'Los adversarios no están en la universidad, están en el gobierno y el parlamento' – Nacional – LA TERCERA", La Tercera, Grupo Copesa, ७ डिसेम्बर २०११, मूलबाट १२ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २०१२ मिति
  4. "Andrés Fielbaum asume presidencia de la FECh", Terra, मूलबाट १ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१५ 
  5. "Leftist Gabriel Boric wins Chile presidential election", BBC News (en-GBमा), २०२१-१२-२०, अन्तिम पहुँच २०२१-१२-२० 
  6. "Leftist lawmaker Boric wins polarized election in Chile, to become nation's youngest president", news.yahoo.com (en-USमा), अन्तिम पहुँच २०२१-१२-२० 
  7. "Boric llama a la izquierda a condenar situación en Venezuela, Cuba y Nicaragua: «No podemos permitirnos continuar con el doble estándar»", El Mostrador (स्पेनीमा), २०१८-०८-१७, अन्तिम पहुँच २०२१-१२-२२ 
  8. "“Yo invito al PC a retractarse”: Boric sale al paso de la declaración de sus socios a favor de Daniel Ortega por elecciones en Nicaragua", El Mostrador (स्पेनीमा), २०२१-११-१२, अन्तिम पहुँच २०२१-१२-२२ 
  9. "Boric buscaría retomar relaciones diplomáticas con Bolivia: "Va depender de la voluntad de la otra parte"", 24Horas.cl (स्पेनीमा), २०२१-१२-०९, अन्तिम पहुँच २०२१-१२-२२ 
  10. "Gabriel Boric y un viejo mensaje sobre las Islas Malvinas que se hizo viral", Perfil (स्पेनीमा), २०२१-१२-२०, अन्तिम पहुँच २०२१-१२-२२ 
  11. "Gabriel Boric se une a “boicot” contra Israel en el Congreso" [Gabriel Boric joins the "boycott" against Israel in Congress], El Dínamo (स्पेनीमा), ६ अक्टोबर २०२१, अन्तिम पहुँच २१ डिसेम्बर २०२१ 
  1. In isolation, Boric is pronounced [ˈboɾitʃ].